गजल – तड्पिएर यादको आगोमा

Sanjay Barma

तड्पिएर यादको आगोमा रुँदै पिइदिए
बेहाल फेरी बेहाल भावनामा हुदैं पिइदिए ।

जुन मन्दिरमा नछुटिने कसम खाए थ्यौ
पल पल त्यै मन्दिरमा छुुँदै पिइदिए ।

एकै पल छुट्नु पर्दा मर्छु भन्थ्यौ तिमी
आज मृत्यु टाढियो अतः जिउँदै पिइदिए ।

धेरै कुरे निन्द्रा लाई आराम गर्न भनि
आएन त निद पनि त्यसैले उँदै पिइदिए ।

अमृत भन्ने तिम्रो बचन विष भइदियो
त्यै भएर यो रक्सि अमृत भन्दै पिइदिए ।।

Sanjay Barma

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button