एक्लो यात्री – आफ्नै बहिनी सँग लभ परेपछि – बिपिन खनाल

एउटा दुर्घटनामा मेरो सारा परिवारको मृत्यु भएपछि म यो संसारमा एक्लिएको थिए । हाम्रो परिवार पहिल्यै देखि नै नाजुक अवस्थामै गुज्रिरहेको थियो । त्यसमाथी यत्रो बज्रपात आइलागेपछी मैले आफुले आफुलाई सम्हाल्नै सकिन । दिन , हप्ता गर्दै महिनौं बित्यो । सायद निकै समय बितेपछि बल्ल बिस्तारै आफुलाई सम्हान कोशिस गर्न थाले । एक्लो ज्यान भएपछी घरमा एक्लै बस्ने मनै भएन । कहाँ जाउ कहाँ जाउ भैराखेको बेला हाम्रै गाउँका तल्लो घरे दाईले बिदेश पठाइदिने कुरा गरे ।

मेरो स्तिथी पनि नाजुक नै थियो । बिदेश जान सिवाय अरु कुनै विकल्प पनि देखिरहेको थिइन मैले । मलाई गाउँमा बस्न मन पनि त थिएन । बिदेश त जाने तर आफ्नो साथमा फुट्या कौडी थिएन । धेरै सोचबिचार गरेपछी भएको घर , खेत बैंकमा धितो राखेर पैसा निकाले र तल्लो घरे दाईलाई बुझाए । पैसा बुझाउँदा मन भारी भएर आयो । सायद मेरो मन भारी भएको चाल पाएर होला दाईले चिन्ता नमान बिपिन सबै ठिक हुन्छ । तेरो पैसा भनेको नि मेरो पैसा जस्तै त होनि म जथाभावी कतै पोख्दिन । बरु एक महिनापछि काठमाडौ आउँनु म सबै चाजोपाजो मिलाएर ठिक्क पार्छु भनेर उनी भोलि पल्ट काठमाडौं हानिए । त्यस पश्चात् त्यो दाइ संग मेरो एकफेर पनि कुरा भएन । मैले फोन ट्राई नगरेको पनि होइन । फोन नै नलागेपछी म के गर्न सक्थे र ।

अब काठमाडौं गएरै भेट्नुपर्ला भनेर दाईले दिएको ठेगाना सम्झिन थाले । म सबै काम कुरो मिलाउछु । मैले काठमाडौंमा चिनेका धेरै साथीहरु छन् । बिपिन तिमी धन्दै नमानन भनेर मलाई उनले सम्झाएका थिए । बरु तिम्रो फोटो र नागरिकताको फोटो कपि चै दि राख भनेर त्यति चै म बाट लिएर गएका थिए । महिना दिन सक्किना साथ काठमाडौं आउनु अनि मलाई भेट्नु । त्यस बिच केही अप्ठ्यारो परे मेरो न. मा फोन गर्नु भन्दै उनले मलाई सम्झाएका थिए । हुन पनि तल्लो घरे दाई बेलाबेला काठमाडौं गैराख्नुहुन्थ्यो । अब आफ्नै गाउँको दाईले नराम्रो किन सोच्थे होला भन्ने सोची म आनन्दले दिन काट्न थाले । दिउँसो यसो गाउँघर डुल्थे । तल्लो घरे दाईकि बुढी ( भाउजु ) संग पनि भेटेर गफगाफ गर्थे । बेलाबेला भाउजुले बिहे गर्ने बेला के बिदेश जान लागेको होला भनेर जिस्काइरहनुहुन्थ्यो । म चै ङिच्च हासेर बिस्तारै गरौंला नि भनेर भाउजुको कुरा टार्थे ।

हेर्दाहेर्दै महिनादिन बित्यो । भाउजू संग पनि बिदा लिएर म गाउँको बसपार्कतिर लागे । ” म कुन देश जाने त दाई भनी मैले एकफेर सोधेको थिए । ” जापान पठाउने हो भाइ तिमिलाई भन्दै दाइ मुस्कुराएका थिए । मलाई जापानको नाम मात्रै सुनेरै पुगिसकेको थियो । मनमनै धेरै ठुला सपना बुन्न थालिसकेको थिए । जापान जाने सपना बोकेर म काठमाडौं आएको थिए । बसपार्कमा ओर्लिएर दाईले दिएको ठेगानातिर लागे । बाटोमा एकफेर फोन पनि ट्र्याई गरे तर फोन लागेन ।

दाईले दिएको ठेगानामा पुगिसकेपछी दाईलाई खोज्न थाले । कतै भेटिन । आखिर कतै नभेटेपछि मन पोल्न थाल्यो । गाउँमा धितो राखी आएको घर , खेत सम्झिए । मुटु कुडिएर आयो । हिम्मत राख्दै पुलिसथाना गए । दाईको फोटो देखाउदै पुरै विवरण सुनाए । निधिखुदी गरेपछी दाई त दलाल पो रहेछन् भन्ने था भो । मलाई जसरी नै अरु थुप्रैलाई पनि ठगेको र अहिले मान्छे नै फरार रहेको कुरा थाहा पाए पछि म त झन् छागाबाट खसेजस्तो भए । जापान जाने सपना जलेर खरानी भयो । त्यो दलालको बारेमा केही जानकारी पाए मलाई खबर गर्नुहोला है भनेर म पुलिसथानाबाट निस्किए ।

काठमाडौं मेरो लागि बिरानो सहर थियो । घर र खेतको झल्झली याद आयो । आँखा बर्सन थालीसकेका थिए । साथमा म संग एकझोला कपडा र अलिकति पैसा थियो । अब त घर , खेत पनि नरहने भयो भनेर म झन् भक्कानिन थाले । दैवलाई दोष दिउ कि आफ्नै कर्मलाई दोष दिउ म लाचार थिए । दिनभरी न त्यो दलालको अनुहारै पो देखिन्छ कि भनेर यताउता भैतारिरहे । जता हेरेपनि बाटैबाटो , जता छिरे पनि बाटैबाटो , एउटा चोक पुगेर हिड्दा हिड्दै कुनबेला अर्कै चोकमा पुगिनेरहेछ पत्तै नहुने । त्यै पनि हार नमानी धेरै खोजे मैले तल्लो घरे दाईलाई । सबैको पैसा खाएर भागेको त्यो पापी दाई किन यति सजिलैरी भेटिन्थ्यो र !

म भौतारिदा भौतारिदै झमक्क परिसकेको थियो । म कहाँ पुगेको थिए मलाई नै थाहा थिएन । त्यहीँ नजिकैको होटलमा गए र त्यहीँ बाँस बस्ने निधो गरे । बिहान देखि पेट भोको थियो । पेटमा मुसो दुगुरे पनि दिनभरि केही खानै मन लागेन । रातपरेपछि भने भोक सहन सकिन । होटलको दुई थाल भात दन्काएपछि बल्ल ज्यान आडिलो भयो । एक दिन – दुई दिन – तीन दिन गर्दै मैले तेस्रो दिन पनि होटेलमै बिताएको थिए ।

गाउँ फर्कौ के भनेर फर्कौ । सहरमा के गरेर बसौं । ३ दिन त होटलमै दिमागमा धेरै कुरा खेलाएर बसे । चौथो दिन भने होटेलको साहु संग आफ्नो दुखेसो पोखे । होटेल साहुले वैट्ररमा काम गर्ने भए राम्रौ होटेलमा काम लाइदिने कुरा गरे । साहुको कुराले मेरो ओठमा अलिकति भएपनी मुस्कान पलायो । साहुले भने बमोजिम म त्यस होटलमा गै त्यहाँको साहुलाई भेटे । हामी बिच अलिक समयको वार्तालापपछि त्यो साहुले मलाई मेरो कोठा देखाइदिए । म रत्नपार्कबाट चाबेल पुगेको थिए । बेलुका कोठा मिलाएपछि भाउजुलाई फोन लगाए र दाईको बारे सब सुनाए । मेरो कुरा सुनेर भाउजु धेरै रुनुभयो र म भोलिपल्टै काठमाडौं आउन्छु बाबू भन्न थाल्नुभयो । भाउजु शहर अहिलेसम्म आउनुभएको थिएन । त्यसैले बेर्थै किन दु:ख दिनु भनेर भाउजुलाई उतै बस्न आग्रह गरे र बेलाबेला फोन गरुला भनेर फोन काटे ।

वेटरको काम त गर्दै गए तर मलाई खोइ किन हो किन  चितै बुझेन । १-२ महिना चुपचाप त्यही काम गरेपछि त्यहाँको काम छाडी अन्तै लागे । दुई महिना काम गरेको पैसा थियो साथमा । अरु काम नपाउन्जेल त्यै पैसाले पुर्याउछु भन्ने सोचेको थिए तर सोचेको जस्तो कहाँ भैदिन्छ र जिन्दगी । निकै दिन भौतारिएपछी दैव सन्जोग एउटा कन्ट्रक्सन साइटमा काम पाए । त्यस पश्चात् भने आफ्नो जिन्दगीको पटरीलाई अर्को दिशातर्फ मोड्ने प्रयास गरे ।

                                                     ——————————–

त्यस साइटका कर्मचारीहरु निकै मिलनसार थिए । हाकिमले पनि मलाई धन्न जागिरमा राखेका थिए ।

त्यहाँ कै कर्मचारीहरुलाई सोधेर मैले अफिस नजिकै एउटा कोठा हेरेको थिए । कोठा ठिकै लागेर म त्यस कोठामा सर्छु । अफिसमा एकदमै इमान्दार भएर काम गर्छु बिस्तारै काम पनि सिक्दै जान्छु । काम सिक्दै गएपछि झन् काम गर्न पनि रमाइलो लाग्दै जान्छ ।

 काम गरेर आएको पैसाले आफ्ना थुप्रै अभावलाई बिस्तारै पूरा गर्दै लाने कोशिस गर्छु । हेर्दाहेर्दै दिन,महिना,बर्ष गर्दै मैले त्यहाँ ४ बर्ष बिताइसकेको हुन्छु । त्यस समय अन्तरालमा आफुले आफुलाई काठमाडौंको माहोलमा पुरै ढाली सकेको हुन्छु । नाजुक अवस्थाबाट साधारण अवस्था सम्म आइपुग्दा मन खुसी नै हुन्छ ।

त्यहाँ काम गर्ने अन्य कर्मचारीहरु संग पनि राम्रै सम्बन्ध बनिसकेको हुन्छ । उनीहरु बिचमा पनि एकदमै मिल्ने साथीका रुपमा मैले राकेश र डम्बरलाई पाएको थिए । साना देखि ठुला कुरा सबै हामी बिच हुने गर्द्थ्यो । एकअर्का प्रति हामी तिनैलाई बिश्वास थियो । परिवार भन्दा पनि माथीका भएका थिए उनीहरु मेरा लागि । रगतको नाता भन्दा भावनाको नाताले हामी बिचको सम्बन्ध झन् दरिलो बनाएको थियो । सधैं एक्लो महसुस गर्ने यो मनले कताकता एक्लोपन बिर्सन थालिसकेको थियो ।

राकेश खान भनेपछि सधैं अघि सर्ने गर्द्थ्यो । उसलाई साधारण मान्छेले खाने गरेको खानकिले पुग्दैन्थ्यो । उसलाई त जे खाए पनि ४-५ प्लेट नै चाहिने गर्द्थ्यो । त्यसैले नै हामीले उसलाई राकेशको सट्टा राक्षस भनेर बोलाउने गर्द्थ्यौ । त्यस्तै डम्बर चाहिँ मोटे र कदले होचो थियो तर निकै मिलनसार थियो । कुनै कुरा गरेपछी गरेको गरै गरेको गरै डमरु जस्तै बजिरहन्थ्यो । त्यसैले उसलाई पनि हामीले डम्बरको सट्टा डमरु भनेर बोलाउथ्यौ ।

 राकेशको र डम्बरको घर भने त्यहीँ  काठमाडौं मै थियो । एकदिन अफिसको काम सकेर कोठा जानै लाग्दा राकेशले झ्याप्प बाइक अगाडि ल्याएर रोक्यो । म त एकछिन खङ्रङ्गै भए ।

मेरो हातमा उसले एउटा कार्ड थमायो र बाइक स्टाट गरेर गयो । डम्बर पनि राकेश संगसंगै निस्कियो । मैले कार्ड पल्टाएर हेरे । ओहो ! राकेशको बिहेको कार्ड पो रहेछ । बिहानै भेट भएको मान्छे बेलुका मात्रै किन कार्ड थमाएर गयो । मैले केही सोच्नै सकिन । सरासर कोठा गए र खाना खाएर सुते ।

म कोठा सर्दाखेरि मेरो साथमा केहिपनि थिएन अलिकती लाउने कपडा बाहेक । घरबेटिकै घरमा फर्निचर पसल पनि खोलेका थिए । मैले त्यहीँबाट एउटा खाट र किचेन र्‍याकको ब्यवस्था गरेको थिए । बिस्तारै सामान थप्दै जादा खाली कोठापनि भरिदै गयो त्यसपछि बल्ल मनलाई आनन्द मिल्यो ।

साच्चै कमता गारो गरि बितेका थिए मेरा समय । जसोतसो आफुलाई सम्हालेर हिडेको थिए ।

“ल बाबु यसरी यहाँ बसेर हुँदैन । आफ्नो भविस्यको बारेमा पनि सोच्नुपर्छ । पछि तिमीलाई नै अप्ठ्यारो हुन्छ । बरु मान्छौ भने म तिमीलाई राम्रो ठाउँमा बाहिरको देश पठाइदिन्छु । बिदेश जाउ , बिदेश गएर चार – पाँच बर्ष काम गर । धनसम्पत्ति साथमा भएपछि गाउँमै आएर बसेपनि भो नत्र सहरतिरै घरजम गरेर बसे पनि भो ।”

आखिर मलाई यसरी जुक्ति दिने उनै दाई त थिए । धन्न भगवानको कृपाले आज सम्म आफुलाई सम्हाल्दै आइरहेको छु ।

आज अफिसमा राकेश संग भेट भएपछि उसलाई हप्काएको जस्तै गरि प्रश्न तेर्स्याए ।

राकेश के हो तेरो पारा ? हामीलाई त बिहे गर्नु हुँदैन । गर्नै परेपनि ढिलो गर्नुपर्छ भन्थिस् त । सुरुमा त आफैले आटिचस् त । पछाडीबाट डम्बर खित्का छाडेर हास्न थाल्यो ।

के गर्नु यार परिवारले केटि मन पराएको र सबैले बिहे गर् कि गर् भन्या भएर मात्रै बिहे गर्न लागेको भन्दै राकेशले अनुहार निन्याउरो पार्दै सुनायो । उसको कुरा सुनेर पछाडी बसिराखेको डम्बर पुनः खितिती हाँस्न थाल्यो । यसपल्ट भने म पनि डम्बर संगै हास्न थाले । म हासेको देखेर राकेश पनि हास्न थाल्यो । हामी एकैसाथ गलल्ल हास्यौ ।

हासो रोक्किएपछि राकेशले आजै बेच्लर पार्टी दिने कुरा निकाल्यो । मैले म त जाडरक्सी खादिन म चै जादिन है भनेर पन्छिन खोजे । उताबाट डम्बर आएर का हुन्छ त्यस्तो तिमी गएनौ भने त राकेशले पार्टी नै दिदैन भन्या छ भनेर कुरा मिलाउन खोज्यो ।

दुवैले अत्ति गरेपछि मैले दुईटा सर्तमा जाने कुरा गरे । एउटा – म जाडरक्सी खादिन मलाई फोर्स नगर्ने सर्तमा  र अर्को मलाई राकेशको हुनेवाला बुढीको फोटो अहिल्यै देखाउनुपर्ने सर्तमा । हो ! राकेश देखाउ म पनि हेर्छु भन्दै डम्बरले पनि मेरो कुरोमा सहमति जनायो ।

राकेशले मोबाइल निकाल्दै फोटो देखायो । आम्मामा के सारो राम्री केटि भेटाएछ यार राकेशले त ! मैले जिस्काउने पाराले राकेशतर्फ मस्किदै बोले । ऊ त लाजले भुतुक्कै भयो । डम्बर र म गल्ल्ल हास्यौ । मोरेले त गतिलै केटि भेटाएछ नि डम्बरले थप्यो । फेरि हामी गल्ल्ल हास्यौ । अफिस टाइम सक्किएपछी हामी दुईजना ब्याच्लर पार्टी खान राकेशको पछिपछि गयौं । उसले हामीलाई एउटा क्लबमा लिएर गयो । राकेशका अन्य साथीहरू संग त्यै क्लबमा भेट गर्यौ र एकअर्काको परिचय दिन थाल्यौ ।

म पहिलो पटक क्लबमा छिरेको थिए । सायद पहिलो पटक नै भएर होला निकै रमाइलो लागेको थियो । राकेशले अन्य आफ्ना साथीहरू संग हाम्रो परिचय गराएपछि हामी पार्टीमा रम्न थाल्यौं । म नाच्न नजान्ने आगन टेडो खालको मान्छे । त्यसैले कसैले नाचौ न भन्यो भने पनि पर जाने भएरै होला राकेशहरु उता फ्लोरमा नाचिरदा म यता बसेर जुस पिउदै थिए ।

उनहरु उता भोड्का र विस्कीमा रमिरहेका थिए । म भने ओरेन्ज जुसमा । ताजा जुस जस्तो चै नहुने रहिछ क्लबको जुस । कस्तो स्वाद नै तितो तितो थियो । त्यै पनि मैले खाने यहि जुस नै त हो भन्दै जुस मागाउदै खादै गर्न थाले । २-३ गिलास जुस भ्याएपछि त्यो तितो स्वाद पनि मीठो लाग्न थाल्यो । अझै मगाउदै खादै गर्न थाले । खै किनकिन जुस जति पियो त्यति मीठो लाग्दै गैरहेको थियो । एकछिन अघि सम्म नाच्दिन भन्ने यो ज्यान किनकिन उठेर नाच्ने मन बनाउदै थियो । अब त आफ्नो ज्यान पनि आफ्नै बस् मा नभएझै लागिरहेको थियो ।

                                                        ——————————–

म सरासर डान्सफ्लोरमा उक्लिए र म पनि म्युजिकको तालमा आफ्ना शरीर हल्लाउन थाले । जिन्दगीमा पहिलो चोटि नाचेको थिए म । सधैं नाच्न भनेपछी निकै पर भाग्ने मान्छे म आज पहिलो चोटि नाच्दै थिए । राकेश र डम्बर कहाँ थिए मलाई वास्तै भएन । बस् म त म्युजिकको तालमा ताल मिलाइरहेको थिए ।

बिपिन ए ! बिपिन !!! भन्दै पछाडीबाट आवाज आयो । म पछाडी फर्किए । ला ! जुस भन्दै राकेशले मेरो अघि जुसको गिलास तेर्स्यायो । ढिला नगरी च्याप्प मैले जुस समाते । डम्बर पनि दुई गिलास भोड्का लिएर आइपुग्यो । के गर्नु त तँ भोड्का खादैनस् । भोड्क नखाने भएपनि हामी तीन जना चेस गरौँन भन्दै राकेश मस्कियो ।

“ल ! ल ! भन्दै मैले सहमति जनाए र हामी तिनैले आ-आफ्नो गिलास एकफेर ठोक्कायौ । ल ! हामी  तीनजनमा कसले चै आफ्नो गिलास छिट्टो रित्याउने ल ! चेलेन्ज गरौं” – डम्बर बोल्यो । ल ! ल ! गर्ने भए गरौं भन्दै म पनि जोस्सिए ।

ल ! १-२-३ भनेर सबैले आफ्नो गिलास संग मुख जोडे । मैले एकै सर्टमा गिलासको जुस सक्काए । केटाहरूलाई हेरे । दुवैको गिलास रित्तिएको थिएन । त्यसपछि म पहिला / म पहिला भनेर एकफेर उफ्रिए । राकेश र डम्बर हास्न थाले । अचानक मेरो घाटि पोल्न थाल्यो । हासीरहेका राकेश र डम्बरलाई ३-४ ठाउँमा देख्न थाले ।

एकफेर आँखा चिम्म गरेर आँखा उघारे । यसपाली झन् सबै दृश्य धमिलो देख्न थाले । बाथ्रुम छिर्न मन लाग्यो । जसोतसो बाथ्रुम पुगे । बाथ्रुमको ढोका खोलेर भित्र छिर्न के लागेको थिए त्यही बाहिरै पछारिए । जेनतेन भित्ताको भर लिएर बिस्तारै उठे र बाथ्रुम छिरे ।

नजिकै रहेको बेसिनमा मुख पखाले ऐना नियाले । मेरा आँखा लालीगुराँस जस्ता राता भएका थिए तर खोइ किन ओठमा भने मुस्कान छाइरहेको थियो । मेरो नजर खुट्टातिर तन्काए खुट्टा कामेको झैँ लागिरहेको थियो तर ओठमा भने मुस्कान छाइरहेको थियो । मेरो शरीर त मै संग थियो तर म अर्कै दुनियाँमा रमाइरहेको थिए । ज्यान मेरो भुईमै थियो तर म हावामा उडिरहेको थिए ।

बल्ल मलाई चेत भयो । केटाहरूले त रक्सी पो ख्वाएछन् मलाई । पुनः ऐनामा हेर्दै बोले – ठिकै छ । रमाइलै भैरा’छ ।

Are You Enjoying Bipin ?

 – Yes Iam Enjoying .

Are You Happy ?

– Yes Iam Happy .

आफैले आफैलाई प्रश्न गर्दै आफैले आफैलाई उत्तर दिदै बसेको थिए म । किनकिन आफ्नो अनुहार हेरेर आफैलाई हासो लागिरहेको थियो आज ।

एकछिनपछि म बाहिर आए र केटाहरूलाई खोजे । अझै पनि मैले देखेका हरेक चिज नाचिरहेका थिए । आँखा ठुलाठुला पारेर उनीहरुलाई खोज्न थाले । धन्न देखीहाले । बिस्तारै बिस्तारै उनीहरुको टेबलमा पुगे र फर्किने होइन भनेर सोधे । अम्म अब त जानुपर्छ भन्दै राकेश जुरुक्क उठ्यो । “जान त जाने तर आज मेरो घर जाऔ । मेरो घरमा कोहिपनि छैन । बहिनी ममि-बुवा मामाघर जानुभा’छ” – डम्बर बोल्यो ।

ल ! ल ! हुन्छ भन्दै हामी दुवैले सहमति जनायौ । अन्य साथीहरू संग बिदावारि भएर हामी निस्कियौ । म डम्बरको बाइकमा गएर बसे । राकेश पनि बाइक लिएर हामी नजिक आइपुग्यो । उनीहरुलाई के भैरहेको थियो मलाई थाहा भएन तर मलाई भने आनन्द आइरहेको थियो । बिपिन मलाई च्याप्प समात है नत्र लड्लास् भन्दै डम्बर एकफेर हास्यो ।

पहिला बाइक स्टाट त गर् म पछाडीबाट बोले ।

ल पख् मै स्टाट गर्छु भनेर मैले मखले भ्भुम् भ्भुम् भ्भुम्

भ्भुम् भ्रुउ ………………. भनेर आवाज निकाले । आखिर बाइकमा बसेर हल्ला गर्दै हामी डम्बरको घर पुग्यौं । मेरो टाउको भने भारी भएर आइरहेको थियो । बेलाबेला ठुस्स गनाउने डकार पनि आइरहेको थियो ।

घरभित्र छिर्ने बित्तिकै डम्बरलाई बाथ्रुम सोधेर बाथ्रुमतिर दुगुरे । बाथ्रुम पुग्नासाथ कम्बडमा गएर मुन्टो निहुराए । ह्वाल्ल्ल्ल ………………. टाउको झन् भारी भयो । एकैछिन टाउको निहुराएर बसे । टाउको अलिक हल्का भएपछि फ्लस गरे र बेसिनमा मुख कुल्ला गरे । मुख धोए अनि बाहिर आएर अलिकति पानी खाए ।

केटाहरू मस्त बसिरहेका थिए । तिमीहरूको काम रैन’छ यार ! जुस भनेर तो भोड्का हो कि रक्सी हो त्यो ख्वाउने ? तिमीहरूले ककटेल गर्दे र मन गारो भा’छ मलाई । भर्खर वान्ता गरेर आ’को – मैले एकैसासमा केटाहरूलाई सुनाइदिए । अरे बिपिन ! नरिसा न यार ! पार्टीमा हल्का ख्वाइदिएको नि । तँलाई रक्सी खा ! भन्याभए खादैन्थीस् । त्यै भएर जुसमा मिसाएर ख्वाएको नि – केटाहरू हास्न थाले ।

म पनि हास्दै बोले – तर जे भए नि मजा चै आइरा’छ यार । हामी तिनैजना गल्ल्ल हास्यौ ।

——————————–

रमाइलो कुरा गर्दागर्दै हामी कतिबेला निदाएछौ खै पत्तै पाइएन । बिहान ठिक ७ बजे मेरो आँखा खुल्यो । म त सोफामा सुतिरहेको रहेछु । जुरुक्क उठेर दायाँबायाँ हेरे कसैलाई पनि देखिन । अर्को कोठा छिरेर हेरे । यिनीहरु त यता पो रैछन् भन्दै मुस्कुराउदै म भान्छा छिरे । फ्रीजबाट कागती निकाले र तीन गिलास कागती पानी बनाएर कोठामा लगे ।

मेरो टाउको त अझै चड्कीरहेको थियो । हिजोको ह्याङओभर अलिकति भएनी कम होला कि भन्ने आशमा मैले कागती पानी बनाएको थिए । केटाहरूलाई उठाएपछी सबैले कागती पानीको चुस्की लियौ । त्यसपश्चात् राकेश र म डम्बरलाई उसकै घरमा छाडेर निस्कियौ । राकेशले मलाई मेरो डेरा बाहिर सम्म आफ्नो बाइकमा छाड्दियो र आफ्नो घर फर्कियो ।

टाउको मेरो अझै नि भारी भैरहेको थियो । कोठाको चिसो पानीले एकलट न्वाएर म फेरि एकैछिन सुते । मोबाइलको अलर्म बजेपछी उठेर लुगा फेरि अफिसतिर लागे । एकैछिन सुतेपछि भने म अलिक फ्रेस जस्तो भएको थिए । अफिसमा हामी तिनैजनाको भेट भयो । दिनभरी काम र चाहिने नचाहिने गफ गरेरै हामीले ड्युटी आवर सक्कायौ ।

दिन पुनः पहिले झैँ गरि बित्न थाल्यो । राकेशको मगनी  पनि मुखैनीर आइसकेको थियो । उसको बुढी अर्थात हाम्रो हुनेवाला भाउजु पनि राम्री हुनुहुन्थ्यो । म जबजब राकेशको हुनेवाला श्रीमती अर्थात् हाम्रो भाउजु सम्झन्थे तबतब मलाई गाउँकि भाउजुको याद आउथ्यो र ती भाउजुको यादले अनायासै आँखाबाट दुई थोपा आँसु झारिहाल्थ्यो । मनलाई सन्तोक पार्न कहिलेकाही भाउजु संग फोनमै भएनी कुरा गर्ने गर्दथे ।

मैले आफ्नो परिवार गुमाउनु भन्दा पहिले हामी सबै त्यै गाउँमा बस्थ्यौ । निकै रमाइलो थियो त्यो बालापनको समय । अब फेरि कहाँ आउँछ होला र घुमेर त्यो मेरो बालापनको उमेर । मलाई अझैपनी याद छ म सानै हुँदा देखि नै तल्लो घरे दाई काठमाडौं आउने जाने गरिरहनुहुन्थ्यो । घर आएको बेला मलाई दाईले बिस्कुट , चकलेट ल्याइदिनुहुन्थ्यो । अनि त्यो बिस्कुट , चकलेट भाउजुले मलाई दिनुहुन्थ्यो । त्यसैबेला देखिनै म भाउजुसंग झ्याम्मिन थालीसकेको थिए ।

मेरा बा – आमाले पनि भाउजुलाई माया गर्नुहुन्थ्यो ।

आज पनि भाउजु संग बोल्न मन भयो र कल लगाए तर कल लागेन । दुई तीन चोटि सम्म प्रयास गरे । जती प्रयास गरेपनी एन्टिसीको दिदिले मोबाइलको स्विच अफ रहेको जानकारी मात्रै दिइराखिन । आखिर कल नलागेपछि मैले कल गर्न छोडे । उताबाट डमरू अर्थात् डम्बरको बरु फोन आयो ।

राकेशको मगनीमा के उपहार दिने हो बिपिन ! भन्न यार । म यताबाट हास्दै बोले – खोइ यार ! के दिने हो । राकेशलाई भन्दा पनि हुनेवाला भाउजुलाई चै उपहार दिनुपर्छ हेर्न केही । यति भनेर म चुप लागे । उताबाट डम्बर यताबाट म दुवै गल्ल्ल्ल हास्यौ ।

आखिर राकेशको मगनी पनि आइपुग्यो । उसले मगनी कार्यक्रम आफ्नै घर नजिकको “फेलिमी होटेल” मा गर्न लागेको थियो । आज बिहान देखि अफिसमा डमरू बजेको बजै थियो । डमरूको एउटै कुरा सुन्दासुन्दा म वाक्क भैसकेको थिए । अरे ! डम्बर चुप लाग्न यार ! मगनीको बेला नि राकेशले कै यस्तो गर्छ त । त्यो सब गर्ने भनेको त बिहे पछि पो हो त । बरु एकफेर तैँले राकेशलाई यै कुरा गरेर चाट्न के भन्दो रहेछ भन्दै म मुस्सुक्क हासे । डम्बर पनि मस्कीहाल्यो ।

आज बेलुकी राक्षसको मगनी कार्यक्रम थियो । अर्थात् राकेशको मगनी थियो । मन त दिनभरी राकेश संगै बस्ने थियो तर अफिस नगई पनि नहुने । त्यसैले ड्युटी आवर सक्काएपछि डम्बर र म मेरो कोठातिर लाग्यौ । डम्बरले आफुसंग एक जोर सुट र भाउजुको उपहार बोकेर बिहानै मेरो कोठामा छाडेको थियो । कुनैबेला मैले पनि  दुईजोर सुट सिलाएको थिए । बिवाह या कुनै कार्यक्रममा जादा काम लाग्छ भनेर । आज आखिर काम लागिहाल्यो ।

डम्बरलाई कोठामै छाडेर म न्वाउन गए । म न्वाएर

आएपछि डम्बर न्वाउन गयो । म निलो सुट र कालो पार्टी सुज टिलिक्क पारेर आँखामा रेवन चस्मा ढल्काई म पनि बेहुला झैँ भएर ठाट्टेर कोठामै बसेको थिए । डम्बर आयो र उसले पनि टिलिक्क टल्किने सुट लगायो र म जस्तै ठाट्टियो । हामी दुवैले एकअर्काको तारिफ गर्यौ र एउटा सेल्फी खिच्यौ ।

हामी राकेशको मगनीमा जानलाई तम्तयार भएर निस्कियौ कोठाबाट । अरु केही होइन अाश दुईथरी  थियो यसरी सज्जीएर जानुको । एउटा पहिलो चोटि हुनेवाला भाउजु भेट्न गइदैछ अलिक टिपटप हुनुपर्छ भाउजुले देख्दा नि आहा देवर बाबु कति राम्रा भन्छिन् कि भनेर र अर्को मलाई पनि मन पराउने मान्छे त्यस मगनीमा भेट्छु कि भनेर ।

मेरो उमेर छिप्पिन लागेपनि मन तन्नेरी नै त थियो । म जाबो ३० को त भएको थिए नि भर्खर का बूढो भएको थिए र । उमेर जति भएपनि मैले आफुले आफैलाई ह्यान्ड्सम नै देख्थे क्यारे । साच्चै डम्बरले पनि एकफेर तारिफ गरेको थियो मेरो । उसै त चुच्चो नाक डम्बरको कुराले झन् चुच्चो भएको थियो ।

हामी “फेमिली रेस्टुरेन्ट” बाहिर पुग्यौं । त्यसपछि ….

                                                     ——————————–

हामी “फेमिली रेस्टुरेन्ट” बाहिर पुग्यौं । त्यसपछि बाइक पार्क गरि होटल भित्र छिर्यौ । डम्बरले भाउजुको लागि के उपहार लिएर आएको थियो थाहै थिएन मलाई । तर त्यस उपहारमा मैले आफ्नो नाम पनि थपेको थिए र अहिले मैले नै झुन्ड्याइरहेको थिए ।

भित्र गएपछि राकेश संग भेट भयो । सबै भित्र आ – आफ्ना तालमा रमिरहेका थिए । राकेश र रिता (भाउजु) संगसंगै उभिए । मैले हतारहातार मोबाइल निकालेर एउटा फोटो झट्ट खिचिहाले । एकैछिनमा मगनी सुरु भयो । हामी सबैजना रमिरहेका थियौं । राकेशले रिता भाउजुलाई र रिता भाउजुले राकेशलाई औँठी लगाइदिएपछि मगनी सम्पन्न भयो ।

डम्बर र म संगै गएर दुवैलाई बधाई दियौं । मैले उपहारको पोको रिता भाउजुतिर लम्काए । डम्बरले पनि उपहारको पोकामा हात लाएजस्तो गर्यो । त्यसपछि छेउपट्टी बसेर हामीले पनि अरुले जस्तै फोटो खिचायौ । फोटो खिचाइसकेपछि हामी खानासेटतर्फ दुग्रुर्यौ । पुलौ तरकारी खादै डम्बर र म गफ गरिरहेका थियौं ।

फोटोमा देखेको भन्दा त रियलमा झनै राम्रो हुनुहुदो रै’छ है रिता भाउजु – म बोले ।

हो नि ! राकेशले बुढी चै गतिलै पाको हो – डम्बर मस्कियो ।

हेर्न ओए डम्बर ! झन् आज यस्तो टिपटप भएर आको कुनै राम्री केटि नै देख्दिन यार । बेकार राम्रो भएर आइएछ – म बोले ।

त्यत्रा मान्छे छन् त ! मन परान एउटा – डम्बर फेरि मस्कियो ।

मैले चारैतिर नजर डुलाए । आँखाले भ्याउने सम्म हेरे तर मनले खाने जस्तो कोहि देखिन ।

पुलौ सक्काएपछि डम्बरलाई म एकफेर फ्रेस भएर आउँछु है भनेर बाथ्रुमतिर लागे । झ्याप्प बाथ्रुमको ढोका खोलेको म नमजैले झस्किए । हतारहतार भित्र रहेकी उनी बाहिर आइन् र अगाडि पार्टीतिर गइन् । म त उनलाई हेरेको हेरै भए । होइन यति राम्रो मान्छे केटाको बाथ्रुममा किन ? मलाई अजीव लागिरहेको थियो । बाथ्रुम छिरेर म पनि हल्का भए र पार्टीतिर छिरे ।

अघि देखेको केटिलाई यताउती मुन्टो घुमाउदै खोज्न थाले । टक्क आँखाले उनको सुन्तला रङ्गको ल्याङ्गा  देखिहाल्यो । लोभी आँखा अब किन अन्त नजर लाउथ्यो र । केवल उनैलाई मात्रै मेरो आँखाले नियाल्न थाले । उनी म भन्दा अलिक परै थिइन् तर मलाई उनको नजिक हुन मन थियो । म नडराई उनी भएतिर आफ्नो पाइला बढाउन थाले ।

सायद उनले मलाई नोटिस गरिराखेकी रैछिन् क्यारे ! त्यसैले एक्कासि म तिर पुलुक्क हेरेर करके नजरको तिर फ्याकिन् । म त झन् घायल नै भए । उनको त्यो करके नजरको तिर सिधै मेरो मुटुमा प्रहार भएको थियो । सायद त्यसैले त होला मेरो मुटु धकधक धकधक गर्न थालेको थियो । जहाँ पुगेको थिए त्यही थपक्क बसे अनि उनलाई परै बाट नियाल्न थाले ।

उनको त्यो बादल जस्तो कालो फुकाएको केश ; उनको त्यो कालो गाजलले सजिएको मिर्गनयनी नसिला  आँखा ; उनको त्यो चुच्चो परेको चुच्चे नाक ; उनका ती पोटिला राता स्याउँ जस्ता गाला ; उनका ती रसिला गुलाबी ओठ ; उनका ती फुक्क फुलेका शरीर ; लोभ्याउने जिउडाल र त्यसमाथी सुन्तला रङ्गको ल्याङ्गा । देख्दै च्याप्प समातेर म्वाई खाउखाउ जस्ती ।।। उनलाई देखेपछि कताकता मन मेरो बहकिन खोज्दै थियो ।

उनलाई हेरिरहेको डम्बरले चाल पाएछ । त्यसपछि त झन् उसलाई के चाहिन्थ्यो र । मलाई जिस्काको जिस्काई गरेर हैरान पार्यो । डमरु त हो बजेको बज्यै गर्न थाल्यो । म चै चुपचाप उनैलाई नियाल्न थाले । अरु बेला यसो उसो गर्छु भनेर धाक लाउने ज्यान आज जाबो एउटा केटि संग बोल्न जान पनि डराइरहेको थियो ।

जसोतसो आट निकालेर उभिन्थे तर उभिनासाथ खुट्टै भारि भएर आउथ्यो । अचानक मैले उनलाई डम्बरको बहिनी संग बोलीरहेको देखे । कतै बहिनीकि साथीलाई त मैले मन पराइन भन्ने सोच मनमा पैदा भयो ।

डम्बर एक नासले बोलिरहेको थियो । पहिले उसलाई चुप गराए र उनीहरु तिर देखाउदै उसको बहिनी र उनको बारे सोधे । ऊ फेरि खितिती हास्न थाल्यो ।

म चुप लागेर बसे । म चुप भएको देखेपछि उ बोल्यो – मेरी बहिनी (ममता)  र उ (जिया)  एउटै कलेजमा पढ्ने साथीहरु हुन् ।

तैँले अघि नै देखि जियालाई हेरिरहेको भएरै त म हासेको नि बिपिन ।

डम्बरको कुरा सुनेर मलाई असजिलो हुन्छ । कतै मलाई पनि जियाले दाइ भनी भने ? यहि प्रश्नले मेरो मुटु पोल्न थाल्यो । अब म के गरु ? कसो गरु ? अनेकौं प्रश्नहरु मेरो दिमागमा नाच्न थाले । डम्बरले मलाई जिया भएतिरै लिएर गयो र हाम्रो एकअर्का बिच चीनजान गरायो ।

जिया सुनन मेरो साथीले तिमीलाई अघि देखि खुब हेरेको हेरै छ । सायद तिमीलाई मन पराउँछ क्यारे । तर मैले तिमीहरु दुई जना एउटै कलेजमा पढ्ने साथी हो भनेदेखि चुप लागेर बस्या छ ।

म अझै चुप नै थिए ।

के चुप लागेर बस्नुभएको होला । मैले पनि हजुरलाई दाइ भनेर बोलाउँछु कि भनेर डराउनु भा होला हैन ?

अब सबैलाई दाइ का बनाइन्छ तनि बिपिन जि ।

हजुर र म साथी बन्ने नि !  हुदैन ?

जियाको कुरा सुनेर मेरो अनुहार चम्कियो । ओठमा मुस्कान ल्याउदै हतारहतार हुन्छ हुन्छ जिया किन नहुनु भन्दै उनी संग बोल्न थाले । मलाई अझै पनि उनी संग बोल्न भने गारै भैरहेको थियो । किनकिन मन भित्रैबाट गाठो परेको जस्तै लागिरहेको थियो ।

एक्कासि मेरो फोनको घण्टी बज्यो । डम्बर र केटिहरुलाई त्यहि छोडी म अलिक पर गए । राकेशले फोन गरेको रहेछ ।

डम्बर र म राकेश र भाउजुलाई भेट्न गयौं । हामी संगै ममता (बहिनी) र जिया पनि आएका थिए । राकेश र रिता भाउजुलाई भेटी हामी फर्कियौ । ममता र जिया त्यतै पार्टी मै बसे । डम्बरले मलाई घर सम्म छाड्दियो र उ फर्क्यो ।  म आफ्नो कोठा भित्र छिरे ।

                                                       ——————————–

रातको ११:०० बजिसकेको थियो । भोलि शनिबार बिदै थियो । भोलि अफिस जानुपर्ने थिएन । खाटमा पल्टिएर एकछिन अघि बेतेका हरेक पलहरु याद गर्न थाले । अनायासै ओठमा मुस्कान छायो । उनैका हरेक कुरा सन्झिदै म मुस्कुराउन थाले ।

अरु बेला छुट्टै बन्द हुने मेरा आँखा आज बन्द हुनै खोजिरहेका थिएनन् या भनौं आज निन्द्रा मेरो सामीप्यमा आएकै थिएन । जिया आहा कति राम्रो नाम भन्दै मैले ४-५ फेर उनको नाम दोहोर्‍याए । मनलाई आनन्द मिल्यो ।

एकफेर भित्ते घडितर्फ आँखा पुर्याए । रातको १२:०० बजिसकेको रहिछ । अब त सुत्नुपर्छ भनेर बत्ती निभाइ खाटमा कोल्टे परेर सुते । अह ! निन्द्रै लागेन । निकै बेरको अथक प्रयास पछि हार खाएर म जुरुक्क उठे र बत्ती बाले । पुनः खाटमा पल्टिए र माथी छततिर टाउको गरेर बसे । मेरो ठिक माथी एउटा माउसुलीलाई देखे । ” कतै यो माउसुली मै माथी खस्यो भने ” मनमा यस्तै प्रश्न तेर्सियो ।

झर्यो भने देखा जाला भन्दै छेउमा रहेको मोबाइल समाते र सामाजिक सञ्जाल फेसबुक खोले । नयाँ फ्रेन्ड रिक्वेस्ट आएको रहेछ । खोली हेरे । फ्रेन्ड रिक्वेस्ट जियाले पठाएकी रहिछे । मैले उनको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरिहाले र हाई भनेर मेसेज पठाए । उनी अनलाइमै रैछिन – मलाई उताबाट हेल्लो भनेर रिप्लाई पठाइन । हाम्रो च्याट ( कुराकानी ) चल्न थाल्यो : –

म : – अनि यतिखेर सम्म सुतेको छैनौं ?

जिया : – उम्म छैन नि ! अनि हजुर चै किन नसुत्नुभएको त ?

म : – के गर्नु निन्द्रै लागेन ।

जिया : – कतै मलाई सम्झिदै बसेको त होइन नि

म : –   कस्तो थापाइदिएको

जिया : – म त ट्यालेन्ट छु नि त !

म : – हो रैछ । मैले थापाए ।

जिया : – अनि सुत्नु हुन्न हजुर ?

म : – निन्द्रै लाछैन । आज नसुत्ने ।

जिया : – साच्चै हजुरलाई पार्टीमा क्या ह्यान्ड्सम देख्याथ्यो ।

म : – हो र ! तिमी पनि स्वर्गकि परिझैँ देखिएकी थियौं नि ।

जिया : – हो र !

म : – हो नि ।

म : – साच्चि एउटा कुरा सोध्छु भन्छेउ ?

जिया : – हुन्छ सोध्नु न ! एउटा मात्रै किन ? १५-२० ओटै सोध्नु ।

म : – तिमी आज जेन्स बाथ्रुममा के गर्दैथ्यौ ?

जिया : – हिहि   लेडिज बाथ्रुम प्याक भएर जेन्स बाथ्रुम छिरेकी ।

म : – ए ! ए !

जिया : – किन ?

म : – त्यसै सोधेको   नरिसाउ है

जिया : – छैन रिसाको । तर थाछ ! मैले हजुरलाई त्या बाथ्रुममा देख्दा मेरो सात्तो गाथ्यो नि ।

म : – ए होर ! तिम्ले मेरो आइ . डि . कसरी थाहा पायौं त ?

जिया : – मैले आफैले खोजेकी नि । बल्लबल्ल भेटेको ।

म : –

जिया : – किन हास्या नि ।

म : – त्यसै ।

जिया : – अनि हजुर एक्लै बस्ने हो यता ?

म : – उम्म एक्लै हो नि ।

जिया : – घर कता हो त हजुरको ? अनि परिवारमा

को – को हुनुहुन्छ ?

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

उनको यो प्रश्नले मन चिरिक्क चर्कायो ।

एकफेर लामो सास फेरे ।

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

म : – घर पहिले गोरखामा थियो । एउटा दुर्घटनामा मैले मेरा सारा परिवार गुमाए । म त एक्लो यात्री हु ।

जिया : – के रे ! के रे ! एक्लो यात्री रे ! हामी छैनौं र ! अब देखि एक्लो नभन्नु है आफुलाई ।

म : – हस्

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

कताकता मेरा आँखाबाट आँसु खस्न खोजिरहेको

थिए ।

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

म : – अनि तिम्रो परिवारमा चै को – को हुनुहुन्छ नि ?

जिया : – अहिले त म र मामु मात्रै छम् । कामको शिलशिलामा बाबा भ्याली बाहिर जानुभाछ ।

म : – ए !

जिया : – एउटा कुरा सोध्छु नरिसाउने भए मात्रै ।

म : – भनन के कुरा हो ।

जिया : – नाईं ! पहिला रिसाउदिन भन्नुस् अनि मात्रै ।

म : – ल बाबा ! रिसाउदिन । अब त भन ।

जिया : – कसम ?

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

साच्चै छोरी मान्छेको नखरै कत्ती हुन्छ यार ।

मनमनै यस्तै कुरा सोच्छु ।

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

म : – कसम ।

जिया : – हजुरले अहिलेसम्म बिहे किन नगर्नुभएको ?

म : –   के गर्नु जिया खोजेको जस्तो कोहि भेटिएन । आफुलाई खोज्न कोहि आएन ।

जिया : – हजुरले कस्ति केटि पाए बिहे गर्नुहुन्छ ?

म : –   तिमी जस्ती ।

जिया : – कत्ती बाठो है ।

म : –

जिया : –

म : – अनि कस्तो भयो आजको पार्टी ?

जिया : – खास्सै रमाइलो भएन नि । हजुर राम्ररी बोलेकै होइन ।

म : – उम्म मलाई सुरुमा जो संग नि बोल्न कस्तो अड् लागेर आउँछ के ।

जिया : – कस्तो छोरी मान्छे जस्तो त ।

म : – के रे ?

जिया : –   केही होइन ।

म : –   छोरा हो कि छोरी प्रुभ गर्नुपर्छ ?

जिया : – हेरहेर कत्ती छिटो जोस्सेको ।

म : – तिमीले नै त्यस्तै कुरा गर्छौं त ।

जिया : – मैले त जिस्काइदिएको नि ।

म : – ए हो र !

जिया : – उम्म ।

म : – अनि अरु भन –

म : – ओए –

म : – किन नबोलेको –

म : – निदाएको हो –

म : – ओए साच्चै निदाएको –

म : – ल ! बाई ! गुडनाइट ! ह्याब ए सुइट ड्रिम्स

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

मैले च्याट बक्स बन्द गरे र उनका फेसबुकका तस्वीरहरु नियाल्न थाले । उनकै तस्वीर हेरेर रात कटाए । बिहानी पख बल्ल आँखा पोलेको फिल भयो । अरु राती सुतेर बिहान उठछन् ( जाग्छ्न ) । म चै रातभरी जागेर बिहान सुते ।

——————————–

दिउँसो २:०० बजेतिर आँखा खुले । बिस्तारै उठे र हातमुख धोएर न्वाउन बाथ्रुम छिरे । न्वाएर फेरि कोठा छिरे । आज शनिबारको दिन । हरेक शनिबार म भैसेपाटी चोक पुग्ने गर्द्थे । अरुबेला बिहानै पुगिसक्थे तर आज अहिले सम्म पनि कोठामै थिए ।

भैसेपाटीमा एउटा मिल्ने दाइ पाएको थिए । त्यसदिन वहाँ संगै बस्ने भएर हो वा हामी दुईको कुरा मिलेर हो त्यो चै थाहा भएन । कपाल कोरेर म कोठाबाट निस्किए । अलिबेरपछि म दाईको पसलमा पुगे । दाईको आफ्नो एउटा फोटो पसल खोल्नुभएको थियो ।

दाईको र मेरो चीनजान भएको पनि डेढ बर्ष भैसकेको थियो । सधैं पसलमा बसेर दाजुभाइ मिलि सानाठुला गफ गरिन्थ्यो । आज पनि एकैछिन बसेर गफगाफ गरियो । कुरै कुरामा दाईले खाजा खाने प्रसङ्ग निकाल्नुभयो ।

म नजिकैको पसलमा गए र २ प्लेट म:म को अर्डर दिएर आए । म फर्केर पसल पुग्नु र म:म पनि आउँनु उस्तैउस्तै भएछ । म:म आइसकेपछि दुवैले म:म खान थाल्यौं । म त झन् बिहान देखि भोको थिए । मैले त निकै स्वाद लि लि म:म सक्काए ।

पुनः हाम्रो गफ चल्यो । बेलुकी भएपछि ६:०० बजेतिर भिन्डीको तरकारी लिएर म कोठा फर्किए । कोठा पुग्ने बित्तिकै तरकारी बनाउने सुरसार गरिहाले । झट्ट जियाको याद आयो । हतारहतार फेसबुक खोले । उनको पाँचवटा मेसेज आएर बसेको रहेछ ।

१. हाई

२. के गर्दै हुनुहुन्छ ?

३. किन अन्लाईन नआउनुभएको ?

४. अझै आउँनु भाछैन ?

५. ओके ! बाई

ओहो ! भन्दै मन खिन्न बनाउदै मेसेजको रिप्लाई फर्काए । उम्म मत भर्खर अन्लाईन आएको । हिजो रातभर सुतिएन आज दिनभर निदाइएछ । हिहि ।

उनले मेसेजको रिप्लाई फर्काइहालिन ।

– झन् आज दिनभरी गफ गरौंला भनेको हजुर अनलाईन नआइदिएर । कस्तो के हजुर त ।

अँ ! सुन्नु त बरु हजुरको न• चाहिँ दिई राख्नुस त मलाई । हजुर अन्लाइनमा नभए पनि फोनमै बोलुला नि ।

म : – हो र ! ९८१८५१६४२५ अनि तिम्रो नि ?

जिया : – मेरो न• पर्खिनु है ।

म : –  ️ ️ ️ ️ ️

जिया : – भर्खरै मिसकल आयो नि । हो त्यै हो है मेरो न•

उनको न• मैले परी भनेर सेव गर्दिए । अनि फेरि उनी संग फेसबुकमा च्याट गर्न थाले । च्याट गर्दागर्दै कतिखेर ८:०० बजिसकेछ पत्तै पाइएन । उनी संग गफमा मज्जैले भुलिएछ । ८:०० बजिसकेको देखेपछि भने मैले राइसकुकरमा खाना बसाले र पुनः उनी संगै गफ्फिन थाले ।

खाना खादा पनि उनी संगै बोलिरहे । राती सुतिसुति पनि उनी संगै बोलिरहे । बोल्दा बोल्दै कुन बेला निदाइयो पत्तो भएन । भोलिपल्ट अफिस गइयो । सबैसँग  भेट भयो । राकेश पुनः बधाई दिइयो । दिनभर अफिसमै बिजि भइन्थ्यो त रातभर जिया संग च्याटमा ।

यसरी नै मेरो दिन र रात कटिरहेको थियो । हेर्दाहेर्दै महिना दिन बित्यो । राकेशको बिहे पनि घाँटी सम्मै आइसकेको थियो । अबको दुई दिन पछि उसको बिहे थियो । अफिसमा मैले एकहप्ताको छुट्टी लिएको थिए ।

आज जिया संग भेट्न मन भयो र उनलाई फोन गरेर मन्जुश्री पार्क भेट्न बोलाए । उनी एक घन्टामा त्यहाँ आइपुगिन । म भने पहिल्यै मन्जुश्री पुगिसकेको थिए । उनी आउने बित्तिकै म उनको नजिक गए । दुवैले एकअर्कालाई घम्लङ्ग अङ्गालो हाल्यौ र तल गणेशथान मन्दिरको दर्शन गर्न गयौं । भगवानको दर्शन पश्चात् हामी पार्क छिर्यौ । पार्कमा मिठामिठा कुरा गर्यौ । दिन त्यही बितायौ र बेलुकी पख आ-आफ्नो घरतिर लाग्यौं ।

२ दिन पछि

राकेशको बिहेमा हामी सबै रमिरहेका थियौं । डम्बरले अनेकौं कुरा गरेर हामीलाई हसाइरहेको थियो । एक प्रकारको माहोल सृजना गरेर राखेको थियो डम्बरले । त्यसैबिच मैले जियालाई देक्छु । उनी भर्खर बिहेमा आइपुगेकी हुन्छिन् । उनलाई मगनीको दिनमा भन्दा आज झन् राम्री देख्छु ।

उनी सन्तले साडिमा सजिएर आएकी हुन्छिन् । उनलाई देखेर म आफैमा फुरुङ्ग हुन्छु । उनलाई तानेर डम्बरको छेउ लिएर जान्छु । डम्बर म र जिया हामी तीन जानै मिलेर जग्गे छेउमै गई राकेश र रिता भाउजुलाई सक्ने जति जिस्काइरहन्छौ । हामीलाई देखेर दुलहा दुलही मुर्छा परेर हास्छन् ।

हामी जग्गे छेउमा बसेर राकेश र भाउजुलाई फुल चडाइरहदा जिया मेरो नजिक आउछे र कानमा खुसुक्क हाम्रो पनि यसरी नै बिहे हुने कहिले होला है भन्दै मस्किन्छे । म पनि उनको मुरा सुनेर मस्किन्छु । बेलुकी बिहे सक्केपछि दारु पार्टी सुरु हुन्छ । अब राकेशको बिहेमा दारु नखाने कुरै आउँदैन । झन् त्यसमाथी राकेश पनि हामी संगै बसेको हुन्छ । राकेश संग हामी सबैले एकएक प्याक खाएपछि राकेशलाई उसको कोठातिर लिएर जान्छौं । भाउजुलाई भित्रै कोठामा देखेपछि हामीलाई लाज लागेजस्तो हुन्छ र राकेशलाई ल मोज गर भनेर कोठा भित्र धकेलेर ढोका लाइदिन्छौ । अनि हामी खितित्त हास्दै बाहिर फर्कन्छौ   ।

राकेश उता भाउजुसंग रमाउन थाल्छ हामी यता रक्सी संग । रक्सी पुउदै गइन्छ  झन् मिठा कुरा निस्कदै जान्छ । धेरै खाएपछि रिगाटा सुरु हुन्छ । डम्बर जो पतर पतर बिलिरहन्थ्यो उ भन्दा बढी त म रक्सी खाएर बोलीरहेको थिए । डम्बर त के डमरु जस्तो बज्नु आज म डमरु जस्तो बजिरहेको थिए । रक्सीकै मातमा जियालाई भुइँमा घुटा टेकेर पर्पोज गर्छु । उनले वास्तै नगरेको जस्तो गर्छिन् । उनको यस्तो पारा देखेर मन मेरो खिसृक्क हुन्छ ।

१-२ घन्टा पछि

 डम्बरले मलाई मेरो कोठा सम्म छाड्दिन्छ । म भित्र छिर्छु अनि जियालाई फोन गर्छु । घन्टी जान्छ तर फोन उठ्दैन । फेरि ४-५ फेर गर्छु तर फोन उठ्दैन । जिया रिसाइछे म संग भनेर फेसबुक खोली – I’m sorry भनेर मेसेज पठाउछु र सुत्छु ।

बिहान उठेर गाउँको भाउजुलाई फोन गर्छु । भाउजुको हालखबर बुझेर भाउजुलाई जियाको बारेमा सबै कुरा सुनाउछु । हामी बिचमा गासिएको प्रेमको गाठोको बारे पनि भाउजुलाई सुनाउछु । मेरो कुरा सुनेर भाउजु खुशी हुनुहुन्छ ।

एकफेर पुलिसथानामा पनि फोन गर्छु र दाईको बारे सोधखोज गर्छु । अझै पनि दाइको कुनै खबर नपाएको कुरा त्यहाँको प्रहरीले सुनाउँछ । दाइ खै कुन दुलामा छिरेका थिए कुन्नी अहिले सम्म भेटिएका थिएनन् । लामो सास फेर्दै फोन राख्छु । जियालाई एकफेर फोन लगाउछु आज पनि उनको फोन उठ्दैन । म निराश भएर खाटमा पल्टिन्छु ।

                                                     ——————————–

खाटमा पल्टिएरै जियालाई सम्झिरहेको हुन्छु । एक्कासि फोनको घन्टी बज्छ । फोनतिर नजर डुलाउछु परिको फोन आइरहेको देख्छु । हतारहतार फोन उठाउछु । जियाले मलाई भैसेपाटी चोकमा भेट्न बोलाउछिन् । म जुरुक्क उठ्छु र हातमुख धोइ भैसेपाटी चोकतिर निस्किन्छु ।

उनको घरपनि भैसेपाटी चोकको आसपास नै थियो । सायद त्यसैले म भन्दा पहिले उनी नै चोकमा आइसकेकी थिइन् । उनलाई देख्ने बित्तिकै परैबाट कान समातेर माफी मागे । उनले मलाई देख्ने बित्तिकै आफ्नो ओठबाट मुस्कान फ्याकिन् । उनको मुस्कानले म भुतुक्कै भैतहाले ।

उनले भेटेपछि बल्ल मनलाई आनन्द मिल्यो । उनले खाजा खान जाने प्रस्ताव राखिन् । मैले उनलाई दाजुभाइ सेलघरमा लिएर गए र दुई ठाउँमा सेल र चिया मगाए । उनी मेरो अगाडीको कुर्सीमा बसेकी थिइन् । मैले उनलाई नियाल्न थाले । सेतो टिसर्ट र क्वाटरपाइन्टमा पनि उनी असाध्यै राम्री देखिएकी थिइन् । साच्चै उनलाई जुन लुगा लगाएपनी स्वाउने रैछ सायद । कत्ती राम्री देखिएकी ।

उनलाई एकोहोर हेरेको देखेर उनले अलिकती असजिलो महशुस गरिछन् क्यार । ए बिपिन कसरी हेरेको भनेपछि बल्ल मैले उनी बाट आफ्नो नजर हटाए । चिया – सेल आइपुग्यो । दुवैले पहिले खाजा खायौं ।  खाजा खाइसकेपछी यताउता हेरे । नजिकै कोहि पनि थिएनन् । त्यसपछि मैले जियासंग पार्टीको अन्त्यमा भएका कुरा कोट्याउन थाले ।

जिया त्यसदिन मैले पिएको थिए । सायद म आफ्नो काबुमा थिइन होला । मेरो उदेश्य तिमीलाई पीडा दिनु थिएन । म तिमीलाई धेरै माया गर्छु जिया । होसमा हुँदा तिमीलाई सजिलैरी भन्न नसकेको कुरा बेहोसीमा भनेछु । मलाई थाहा छ तिमी पनि मलाई माया गर्छौं । मैले बेहोसीमा तिमीलाई त्यसरी प्रेमप्रस्ताव राख्न नहुने थियो । त्यो म बोलेको थिइन जिया रक्सी बोलेको थियो । प्लिज जिया मलाई माफ गरिदेउ ।

म बोलुञ्जेल जियाले मलाई हेरिरहेकी थिइन् । मैले माफि मागेर चुप लागेपछि जिया म तिर हेरेर मुस्कुराइन र बोलिन् । बिपिन म पनि हजुरलाई धेरै माया गर्छु । हजुर संगै जिन्दगी बिताउने मन छ मेरो । हजुरकै काखमा सुत्ने मन छ मेरो । म पनि सधैं हजुरकै बारेमा सोचिरहेकी हुन्छु । हजुर र मलाई सधैं मेरो कल्पनाको सागरमा डुलाइरहेकी हुन्छु । हेरेक रात हजुरलाई सपनामा देखिरहेकी हुन्छु । तर ….

                                                ——————————–

के तर ? मैले प्रश्न गर्छु उनले केही होइन भनेर कुरा टार्छिन । मलाई जान्न मन लाग्छ उनको मनमा के चलिरहेछ भन्नेकुरा त्यसैले फेरि कर गर्छु र त्यै कुरा कोट्याउछु तर उनले पुनः केही होइन धेरै जिद्दी नगर्नु भन्दै रिसाएको जस्तो गर्छिन् । म चुप हुन्छु ।

उनको फोनको घन्टी बज्छ । उनले फोन उठाउछिन् कुरा गर्छिन् र बिपिन म जान्छु बाई भनेर गैहाल्छिन् ।

म अक्क न बक्क पर्छु । मेरो मन बिथोलिन्छ । आखिर जियाले के गर्न खोज्दै छे ? जियाको मनमा के चलिरहेछ ? मैले केही थाहा पाउन सक्दिन । जुरुक्क उठ्छु र बाहिर आएर नास्ताको पैसा तिर्छु र कोठा फर्कन लागेको हुन्छु – राकेशले फोन गर्छ ।

बिपिन हाम्रो त डिभी पर्यो नि यार भन्दै उ खुसि हुन्छ । अब छिट्टै बुढा बुढी बिदेश जाने कुरा गर्छ । मैले पनि क्षणिक हासो ओठमा ल्याउदै उसलाई बधाई दिन्छु र फोन राख्छु । मलाई कोठा जाने मनै हुँदैन त्यसैले म त्यै भैसेपाटी चोककै चौतारीमा गएर बस्छु ।

चुपचाप एकटकले बाटामा ओहोरदोहोर गरिरहेका मानिसहरुलाई हेर्दै टोलाउन थाल्छु । चिसो बतासको आगमनले मुटु कठ्याङरिए जस्तो लाग्छ र छेउमै रहेको पसलको साहुनी संग एक कप चिया माग्छु । चियाको चुस्की संगै मुटुलाई दरो बनाउछु ।

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

                        ४-५ दिनपछि

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

म पुनः काममा जान थाल्छु । राकेशले काम छाडीसकेको हुन्छ । बिदेश जाने भनेरै उ फुरफुर परिरहेको हुन्छ । बिहे गरिसकेपछी त हाम्रो वास्तै गर्दैन । खाली रिता भाउजुकै पछि लागेर बसिरहन्छ ।

 राकेशले काम छाडेदेखि डम्बर र म मात्रै थियौं अफिसमा काम हेर्ने । हाकिमले राकेशको ठाउँमा अर्को मान्छे हाल्न मानेको पनि थिएन । त्यसैले हामीले सधैं ओभरटाइम गर्नुपर्थ्यो । आखिर यसरी नै भएपनि जिन्दगी चलिरहेको थियो तर जिया संग भने कुरा हुन ठप्पै भएको थियो । हो ! त्यसदिन देखि ….

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

                     ६ महिना पछि

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

दैनिकी उसैगरी बितिरहेको थियो । बिहान अफिस र बेलुका कोठा । यस बिच मैले जिया संग कुरा गर्न अनेकौं उपाय नसोचेको होइन । उनको नजिक हुन म नचाहेको होइन तर जति कोशिस गरे पनि ; जति प्रयत्न गरेपनी उनको मनमा पस्न सकिरहेको थिइन ।

उनी संग कुरा नभएपनि मोबाइलको ग्यालरीमा सेभ भएका उनका तस्वीरले आफ्नो चित्त बुझाउने कोशिस गर्थे । जबजब उनको त्यो हसिलो मुहारको कल्पना गर्थे तबतब आँखाबाट आँसुका धारा बग्थे अनि मन शान्त पार्न उनको तस्वीर नियाल्ने गर्थे ।

उनको  बानी नै लागिसकेको थियो मलाई । उनी प्रती क्रेजी नै भैसकेको थिए म । उनी संग बोल्न नपाएकै कारण म रातभर निदाउन सक्दिन थे । उनको बोली मेरो लागि टोनिक झैँ भैसकेको थियो । साच्चै उनको अभावमा पानी बिनाको माछा झैँ भैसकेको थिए म ।

अब त उनी बिनाको मेरो जीवन कल्पना सम्म पनि गर्न नसक्ने भैसकेको थिए म । मान्छे बाच्नलाई एक मुठ्ठी सास जरुरी भएझैँ मलाई उनी जरुरी थिइन्  ;  म एउटा ज्यान मात्रै त थिए तर उनी यस ज्यानको सास भैसकेकी थिइन् । अझै राम्ररी भन्नुपर्दा म एउटा शरीर नै त थिए तर उनी यस शरीरको आत्मा भैसकेकी थिइन् ।

उनकै यादमा हराउँदै उनकै कल्पनामा बिलाउदै छुट्टिको समय भैसेपाटी पुग्ने गर्थे कतै उनी संग भेट भैहाल्छ कि भन्ने अाशमा । उनी संग म राम्ररी कुरा गर्न चाहन्थे हामी दुईको बारेमा ।

 म संग यस्तो ब्यवहार गर्नुको के अर्थ ? के उनलाई हामी बिचको सम्बन्ध असजिलो लाग्न थालेको छ ? कि उनले मैले भन्दा बढी माया गर्ने केटा पाएकी छे ? आखिर सत्यता के हो त्यो म अब बुझ्न चाहन्थे । दिनदिनै तिलतिल भएर म उनको यादमा मर्न चाहन्नथे । त्यसैले उनी संगै भेट हुने अाशमा छुट्टिको दिन बिहान देखि बेलुकी सम्म भैसेपाटी चोकमै गएर बस्थे । यहाँ सम्म कि म फोटो पसल दाईको दोकनमा समेत जान छाडिसकेको थिए ।

आखिर एकदिन उनी संग भेट भैनैहाल्छ । म सरासर उनको अगाडी जान्छु र मेरा मनमा उब्जेका सारा प्रश्न पालै संग एकएक गरेर सोध्छु । उनी केही बोल्दिनन् । उनी नबोलेको देख्दा मन भातभती पोल्छ । मैले फेरि सोध्छु : – जिया तिमीलाई मेरो माया लाग्दैन ? तिमी र म बिचको त्यो चोखो प्रेम के साच्चै मरिसकेको हो ? आखिर तिमी मलाई यसरी दुख किन दिन्छौं भन त ?

जिया बोल्छे : – हेर्नु बिपिन हजुरले मैले भन्दा कैयौं गुना राम्री केटि पाउनुहुन्छ । मैले भन्दा धेरै माया गर्ने कहिल्यै दुख नदिने केटि पाउनुहुन्छ । त्यसैले हजुरले मलाई बिर्सिदिनु । हाम्रो सम्बन्ध सम्भव छैन बिपिन । सायद मेरो परिवारले हाम्रो सम्बन्ध स्विकार्नु हुदैन होला । लामो सास फेर्दै जिया चुप हुन्छे ।

म बोल्छु : – म त तिमीलाई माया गर्छु जिया । मलाई तिमी भन्दा राम्री कोहि चाहिदैन ; मलाई त बस् तिमी चाहिन्छ जिया । तिमी बिना म बाच्न सक्दिन ।

मेरो कुराले उनलाई केही असर नगरेको देखेर उनिबाट पन्छिन खोज्दै म बोल्छु : –

जिया तिमी के चाहन्छौं ? म तिम्रो संसारबाट पर गए के तिमी खुशी हुन सक्छेउ ? के तिमी म बिना बाच्न सक्छेउ ? के तिमी म बाट पर रहेर खुशी हुन सक्छेउ ? यदि यसमै तिमीलाई खुशी मिल्छ भने ; यदि यहि नै तिम्रो अन्तिम निर्णय हो भने तिम्रो खुशीको लागि म तिमीबाट त के ! यो संसारबाटै खुशी खुशी बिदा हुन राजी छु ।

यति भनेर म फरक्क फर्किन्छु । मेरा आँखा भने आँसुले टिलपिल भैसकेको हुन्छन् । त्यति बेला याद आउँछ शिव परियारको त्यो मीठो गित ।

” अाँशुको अर्थ के थाहा रुवाइ जानेलाई

   मायामा पीडा के थाहा चोट दिनेलाई “

                                                        ——————————–

मेरा आँखाबाट अाँशुका धारा बग्न थालीसकेका थिए । मन त थियो एकफेर मात्रै भएनी जियालाई हेर्ने तर म फर्किन चाहन्नथे । त्यसैले बिस्तारै आफ्ना पाइला अगाडी बढाउदै थिए । एक्कासि पछाडीबाट कसैले अङ्गालो मार्यो । म अत्तिदै फर्किए । जिया मेरो अङ्गालोमा आएर बेरिएकी रहिछ । उनी तर्फ फर्किएर उनलाई नियाले ।

उनका पनि आँखा रसाएका थिए । सायद उनलाई पनि पीडा महसुस भएको हुदो हो ।

बिपिन म हजुर बिना बाच्न सक्दिन । मलाई एक्लै छाडेर नजानुस् । सायद मेरो परिवारले हाम्रो सम्बन्ध स्वीकार्दैन त्यसैले हजुरले मलाई भगाएर लिएर जानुस् । म हजुर संग भागेर जान तयार छु तर हजुर संग सम्बन्ध तोडेर जानु सक्दिन । हजुर बिना बाच्न सक्दिन म ।

जिया झन् भक्कानो छोडेर रुन थालिन् । मेरो मन अमिलो भयो । एक मन उनी पर्ती माया जागेर आयो अर्को मन भर्खर एकथरी फेरि अर्को थरी कुरा गरेको देखेर दिक्क लागेर आयो । एकछिन अघि सम्म एकअर्काबाट छुट्टिने कुरा गरेकि उनले अहिले भगाएर लैजा भन्दै थिइ । म त एकछिन त उनलाई हेरेको हेर्यै भए । भित्रैबाट माया पलाएर आयो र उनको त्यो निन्याउरो अनुहारमा मुस्कान ल्याउने प्रयासमा मैले उनलाई काउकुती लगाइदिए । उनी मुसुक्क मुस्कुराइन् र क्याफे जाऊन भन्न थालिन् ।

उनलाई लिएर म नजिकैको क्याफेमा गए । हामीले दुईवटा क्यापेचिनो अर्डर गर्यौ । उनी म मुख धोएर आउँछु है भनेर बाथ्रुमतिर लागिन अनि मैले केटिको बारे सोच्न थाले ।

साच्चै भगवानले केटिलाई कसरी बनाएका होलान् । बुझ्नै नसकिने । जिन्दगीभर केटिलाई बुझ्छु भनेर बस्यो भने पनि सायद बुझ्नै सकिँदैन होला ।

एकछिन अघि सम्म हासिरहेका छन् भने छिनमै बिना कारण रोइदिनछन् । ला !!! मैले यसो गरे अब त रिसाउने भए भन्यो त्यै कुरामा खुशी भएर मख्ख पर्दिन्छन् ।

 एकछिन अघि सम्म फोनमै कुरा भैरहदा राम्रै बोलिरहेका उनीहरु अर्को चोटि फोनै उठाउदैनन् । हामी भन्दा ठिक बिपरित चलिदिन्छन् उनीहरु । हाम्रो सोच र उनीहरुको सोच मिल्नै गारो हुन्छ । हामीलाई गर्मी मनपर्छ भन्यौं भने उनीहरु जाडो मनपर्छ भन्छन् । हामीलाई यो ठाउँ मनपर्छ भन्यौं भने उनीहरु त्यो ठाउँ मनपर्छ भन्छन् ।

जे हामी चाहन्छौं उनीहरु त्यो दिन चाहदैनन् । उनीहरु के चाहन्छन् त्यो हामी बुझ्न सक्दैनौं । उनीहरुलाई कुन बेला कुन मुडले डिर्याउछ भन्न सकिँदैन । त्यसो त

उनीहरु आफू पनि भन्न सक्दैनन् । उनीहरुको बिचार छिनछिनमै फेरिरहन्छ । अरुको के कुरा गर्नु मेरै परिको उदाहरण दिन्छु हेर्नुस् न । एकछिन अघि सम्म हामी छुट्टिनुपर्छ भन्दै थिई अहिले भगाएर लैजा भन्दै छे । अब एकछिनपछि फेरि के भन्ने हो पत्तो छैन ।

ल हेर्नुस् मेरो कुरा यहि फेल खायो । उनी बाथ्रुम गएर मुख धोइ आउँछिन् भन्ने मेरो अड्कल गलत भैतहाल्यो । ओठमा लिपिस्टिक , आँखामा कालो गाजल र अनुहारमा क्रिम पाउडर घसेरै त आइसकिन उनी मेरो अगाडी । उनी आएर अगाडीको चेयरमा बसिन् । हुन पनि हो केटिहरु आफुलाई सुन्दर देखाउन त यतिका मेहेनत गर्छन् । साच्चै सुन्दर नहुन्त को पछि लाग्थ्यो होला केटिहरुको । त्यसैले पनि भगवानले केटिहरुलाई सुन्दर बनाएको हुनुपर्छ ।

हाम्रो टेबलमा कफि आइपुग्यो । नाम पनि कस्तो क्यापेचिनो रे । मलाई त सुन्दा पनि हास उठ्छ तर ले गर्नु आफुलाई मिठै यहि लाग्छ ।

जिया म तिर हेर्दै मुस्कुराउदै बोल्छे : – “बिपिन कि हजुर मेरो घर आउनु बाबा त हुनुहुन्छ मामु संग भेट्नु । अनि हाम्रो कुरा गर्नु न हुदैन ?”

म पनि उनी तिर हेर्दै मुस्कुराउदै बोल्छु : – “भै हाल्छ नि मेरी परि ! तर आज होइन अलि महिना पर्ख अनि म आउँछु तिम्रो घर ।”

नाइँ के आजै हिड्नु । अहिल्यै जाउ कफि सक्काएर । उनी ढिपी / जिद्दी गर्न थालिन् । ल हेर्नुस् न अब केटिहरु कहिले काहीं फेरि बच्चा जस्तै बनिदिन्छन् । जत्ती सम्झाउन खोजे पनि नमान्ने । अहिले मलाई त्यस्तै भैरहेको थियो । सबैतिर चाजोपजो मिलाएपछी पो भेट्न जान पनि आट आउँछ ; हौसला जागेर आउँछ । त्यसै हावा तालमा गएर पनि त भएन नि । अब यो कुरा मैले उनलाई कसरी बुझाउनु ।

त्यैपनी बुझ्छे कि भनेर बुझाउन खिज्यो उनकै ढिपी सुरु । बल्लतल्ल उनलाई पहिले हामी एक ठाउँ घुम्न जाने अनि फर्केर आएपछि भेट्छु ल भनेपछि चै चुप भइन् उनी । अरे तरिका हो यार   मैलाई पनि हास्न मन लाग्छ कहिले काहीँ ।

उनी संग एकैछिन कुरा गरेर फेसबुकमा बेलुका मेसेज गर है भनेर हामी छुट्टियौ । छुट्टिने बेलामा उनले मलाई पुनः अङ्गालो हालिन् र गालामा म्वाइ खादै बाई भनेर मुस्कुराउदै अङ्गालोबाट छुट्टिएर आफ्नो घरतिर लागिन् । के गर्नु उनले म्वाइ खाइन् नि मलाई पनि त मन थियो उनको म्वाइ खाने । खोइ त उनले बुझेकी   ।

उनी गएपछि म फोटो पसलतिर लागे । ज्या ! फोटो पसल त बन्द पो रहेछ । सटरमा हेरे एउटा नोटिस् टाहिएको रहेछ । ” पारिवारिक समस्याका कारण यो पसल आजको मिति —— देखि —– मिति सम्म बन्द रहनेछ । यसबाट हुन गएको असुविधा प्रती म क्षमाप्राथी छु । “

म यतिका दिन दाईको पसल पनि गएको थिइन । झन् आज पुगेको बन्द रहिछ । अझै  ३ दिन पसल बन्दै हुने रहिछ । फोन गरौं दाईको नम्बर नै लिएको छैन । घरमा हजुरबुबा बिरामी हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो कतै अनर्थ पो भएछ कि । ओहो ! हे भगवान भन्दै म आफ्नो कोठातिर फर्के । डम्बरलाई कोठामा बोलाउन मन लाग्यो । फोन गरेर झट्ट कोठा आइज त भनेर बोलाइहाले ।

कोठा पुगेर दुईटा वाइवाइ फुटाएर म चै पकाउन थाले । डम्बर कोठा आइपुग्यो । आउने बित्तिकै डम्बरले पनि अङ्गालो मार्यो र के छ भनेर सोध्न थाल्यो ।

लु बस् डम्बर पहिले खाजा खाउ अनि गफ गरौंला भनेर दुईटा कचौरामा चाउचाउ हाले । दुवै मिलि वाइबाइको सुप खान थाल्यौं ।

                                                     ——————————–

खाजा खाइसकेपछि हामी गफ गर्न थाल्यौं । मैले डम्बरलाई जिया र मेरो बिच घटेका पुरै वृतान्त सुनाए । हेर न डम्बर घर आएर उनको मामु संग कुरा गर भनेकी छे । त्यसै जान पनि भएन । केही उपाय लगान यार ।

डम्बर एकैछिन केही सोचेको जस्तो गर्छ र मलाई सम्झाउदै भन्छ : – “हेर ! बिपिन उसको आमा संग भेट्न तँ गइस् भने त झनै राम्रो हो । भेटेरै सबै कुरा भन्न नि पाउछस् अनि उसको आमाले नि के भन्नुहुन्छ था

हुन्छ ।” तर मेरो मनमा खट्केको कुरा है बिपिन तँ नरिसा ।

म यताबाट बोल्दै : – लौ ! तँ संग किन रिसाउनु नि ।

डम्बर : – खासमा तेरो र जियाको उमेरमा धेरै फरक छ । त्यसैले कतै उसको आमाले नमान्ने पो हो कि भन्ने चिन्ता चै मलाई लागिरहेको छ बिपिन ।

म : – मलाई पनि बेलाबेला यस्तै कुराले पछि दुख दिन्छ कि भन्ने त लागेको थियो तर अहिले यी कुराको मतलबै लाग्दैन । मैले जियालाई माया गर्छु उनले मलाई माया गर्छिन् । हामी एकले अर्कालाई माया गर्छौ । संगै जिन्दगी बिताउन चाहन्छौं । यसमा दुनियाँको किन टाउको दुखाई ? उनीहरुले हामीलाई पाल्दिनुपर्ने होइन क्यारे ।

डम्बर : – यो समाजको काम त अरुको कुरा काट्ने नै हो तर जे जस्तो भएपनि यहि समाजमै बस्नुपर्छ हेर् ।

 ल ! समाजको कुरा छाड्दे उसको बाबा आमालाई त सम्झाउन सक्नुपर्यो नि तैँले । त्यसैले भनेको मान हेर बिपिन एकफेर उसको घर जा अनि राम्ररी कुरा गर ।

म : – अब त्यसै गर्नुपर्ला यार ।

डम्बर : – यतिका वर्ष काम गरेको छस् । पैसा पनि जम्मा गरेको होलास् । पिर नमान बिहे भयो भने पनि बुढीलाई पाल्न सक्छस् । हिहिहिही ।।।

म : – हिहिहिही

डम्बर : – साच्चै तँलाई राकेशले फोन गरेको थ्यो ? उनीहरु त बिदेश जान लागेका रहिछन् । मलाई अस्ति सुनाउदै थियो ।

म : – उम्म गरेको थ्यो यार । खुशी थियो ।

डम्बर : – अब त हामी दुईजना मात्रै हुने भयौं यार । हुन त अब तेरो पनि बिहे हुन्छ अनि त म एक्लै पर्छु यार ।

म : – ह्या यस्तो कुरा नगर्न यार । का जान्छु र म । चिन्ता नमान डम्बर हामी छुट्टीदैनौ । म हाँस्न थाल्छु ।

डम्बर पनि हाँस्न थाल्छ ।

बेलुकी भैसकेको हुन्छ । मैले डम्बरलाई आज यतै बसौं भन्छु । उसले हुन्छ भनेपछी हतारहतार जुठा भाँडा मस्काएर खान बसाल्छु । डम्बर खाटमा ढल्किन्छ । एकैछिनमा खाना पाक्छ । दुवैले खाना खान्छौ र खाना खाएपछि पुनः म भाँडा मस्काउनतिर लाग्छु । भाँडा मस्काइसकेपछि भित्र आएर फेरि डम्बर संग गफ गर्न थाल्छु ।

डम्बर बोल्छ : – हुन त एकफेर तैँले जियालाई कतै घुमाउन लैजा । त्यस्तै उससंग अलि लामो समय ब्यतीत गर । तिमीहरु संगै बस्न थाल्यौं , समय कटाउन थाल्यौं भने एकअर्कालाई पनि राम्ररी बुझ्न सक्छौं । पछि तिमीहरुलाई पनि राम्रै हुन्छ ।

डम्बरको कुरा मलाई किन किन हो जस्तो लाग्छ ।

म चुप लागेको देखेर डम्बर बोल्छ : – किन मैले केही गल्ती भनेर बिपिन ? तँ त केहि बोल्दैनस् त ।

होइन होइन डम्बर तेँरो कुरो मलाई ठिक लाग्यो त्यै विषय नै सोच्दै थिए – म मुस्कुराए ।

राती जियाको फोन आयो । हामी बिच मायापिरतीका कुरा चले । उता डम्बर कुनामा बसेर खित्का छाड्दै थियो र मलाई जिस्काउदै थियो । एकैछिन दायाँबायाँ कुरा गरेपछि मैले जियालाई म संग घुम्न जान्छौं भनेर सोधेँ ।

जियाले का ? भनेर प्रस्न गरिन् ।

मैले ३-४ ठाउँ – पोखरा , मुस्ताङ्ग , पाल्पा , लुम्बिनी जाने भनी सुनाए ।

 उनले को – को जानी भनेर सोधिन् ।

 मैले तिमी र म भनी सुनाए ।

 ए ! हजुर र म मात्रै उनी बोलिन् ।

उम्म तिमी र म मात्रै !!! किन तिमी र म मात्रै भए जादैनौ र ?

होइन जान्छु नि किन नजानु तर पहिले घरमा कुरा मिलाउछु अनि है ।

हस् ! मैले बस् यत्ति भन्छु ।

ओके बाई ! उनले फोन राख्छिन् ।

अब हेर् बिपिन ! चार ठाउँ जाने बिचार गरिहालीचस् । अब जिया संगै भएको बेला उसलाई एक्लोपनको आभास हुन नदिनु । तैँले कत्तीको माया गर्छस् भनेर यहि घम्न गएको बेला बताउनु । उसका दुखमा , सुखमा सधैं हरेक पल उसैसंग हुनेछु भनेर बिश्वास दिलाउनु । यदि तैँले उसको मनमा आफुप्रति अझै माया र बिश्वास भर्न सकिस् भने बल्ल उसका बाबू आमाले तँलाई सजिलैरी स्विकार्छन । त्यैसैले जियाको मनमा अझै गाडा गरि आफ्नो ठाउँ बनाएर आउनु । बुझिस् ?

म : – बुझे डम्बर ।

डम्बर : – अब तेँरो छुट्टी फेरि थप्नु पर्यो । भोलि हाकिम संग गएर बिदा माग्नु । मलाई अर्जेन्ली कतै जानू छ भनेर एउटा निवेदन पेश गर्नु । अहिले त्यति काम पनि चलिरहेको छैन । त्यसैले तैँले बिदा सजिलैरी पाउँछस् ।

म : – हुन्छ ।

भोलि बिहान दुवै संगै त्यतैबाट अफिस जान्छौं । म सरासर तल हाकिमको कोठातिर जान्छु । हाकिम अफिसमा हुदैनन् । छेउमा रहेको व्हाइट पेपर तान्छु र निवेदन लेख्न थाल्छु । ठ्याक्क निवेदन लेखेर भ्याएपछी हाकिम अफिस भित्र छिर्छन ।

आँखा रसिलो बनाउदै मैले हाकिमलाई नमस्ते गर्छु र निवेदन पेश गर्छु । निवेदन हेर्दै तिमीलाई फेरि छुट्टी चाहिएको भन्दै हाकिमले म तिर हेर्छन् । मैले हजुर सर सारै अप्ठ्यारो परेर जानुपर्नी भो भन्छु । हाकिमले म तिर एकोहिरो हेर्छन् मैले झन् आँखा रसिलो पार्छु ।

ल ! तिम्रो बिदा स्वीकृत भयो । बरु पैसा पनि चाहिन्छ होला । अलिकति लिएर जाउ भनेर हाकिमले १०००० जति दिएर पठाउछन् ।

म मनमनै खुशी हुन्छु ।

निवेदनमा गाउँमा आमा सिकिस्तै रहेकाले बिदा अनिवार्य चाहिएको माग गरेको थिए । झुठो निवेदनले काम गरेछ । हुन त यसरी झुठ बोलेर छुट्टी लिनु गलत हो तर मलाई त्यो समयमा यहि उपाय ठिक लाग्यो ।

हाकिम संग बिदा लिएर म डम्बर भएतिर लागे । डम्बरलाई सबै कुरा सुनाए । डम्बरले मैले भनेको कुरा सम्झ्याछस् नि । त्यस्तै गर्नु है भनेर हात हल्लाउँदै मलाई बिदा गर्यो । म सरासर कोठा गए र झोला मिलाउन थाले ।

झोला मिलाइसकेपछि भैसेपाटी चोक निस्किए । A.T.M. छिरेर अझै थप पैसा निकाले । एकजोर नयाँ लुगा किने । अनि दाईको पसल पुगे । पसल अझै बन्द नै थियो । छेउको म : म पसल गए , एक प्लेट म : म खाए र म कोठा फर्किए । मैले लानुपर्ने सबैथोक झोलामा पोकोपारीसकेको थिए । बस् अब पर्खाइ थियो त जियाको फोन कलको ।

बेलुकी जियाको फोन आयो । मैले घरमा बल्लबल्ल कुरा मिलाए । भोलि कति खेर जानी भनेर उनले सोधिन् । मैले बिहानै निस्कन , हामी जावलाखेलमा भेटौला भने  । उनले हुन्छ भनिन् ।

भोलिपल्ट म बिहानै उठेर भैसेपाटीबाट  गाडी समाती जावलाखेल ओर्लिए र तातो चिया पिउदै जियालाई पर्खिन थाले । मैले ठ्याक्कै चिया सक्काउनु र उनी गाडीबाट ओर्लिनु उस्तैउस्तै समय भएछ । उनी गाडीबाट ओर्लेपछी म उनीतिर गए । मलाई देख्ने बित्तिकै उनले गम्लङ्ग अङ्गालो हालिन् । हामी जावलाखेलबाट अर्को बस चढ्यौ र बसपार्क पुग्यौं । बसपार्कबाट हाम्रो यात्रा सुरुभयो ।

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

          पोखरा / मुस्ताङ / पाल्पा / लुम्बिनी

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

मैले हरेक ठाउँमा जियालाई आफ्नोपनको आभास दिलाए । हरेक पल उनलाई आफू हुनुको आभास दिलाए । पलपल केवल उनी संगै सानो भन्दा सानो क्षण उनी संगै रहेर बिताए । उनी बेलाबेला म संग भए पनि एक्लो भएको फिल गर्थिन । त्यसबेला मै नै त हो तिम्रो सहयात्री भनेर उनको ओठमा मुस्कान छर्ने काम गर्थे ।

घरको याद आयो भन्दा अब मै हो तिम्रो घर भनेर बुझाउथे । उनी मलाई त खाना पकाउन पनि आउँदैन म संग बिहे गर्नुभयो भने दुख पाउनुहुन्छ भन्थिन् म चाहिँ मैले जानीहाल्या छु नि खाना पकाउन तिम्ले केही गर्नुपर्दैन म छदैछु नि भनी फकाउथे । उनी बेलाबेला सानोसानो कुरामा जानीजानी झगडा गर्न खोज्थिन् म उनका हरेक प्रयासलाई विफल बनाइदिन्थे ।

 जे होस् यस यात्रामा हामी बिचको दुरि कम भैसकेको थियो । यस यात्रामा एकले अर्कालाई राम्ररी बुझिसकेका थियौं । यस यात्रामा हामी एक बिना अर्काे बाच्न नसक्ने भैसकेका थियौं । यस यात्रामा हाम्रो सम्बन्धको बिच कोहि आउँने छैन भन्ने बिश्वास पाएका थियौं । यस यात्रामा बाँकीको हाम्रो जीवन संगसंगै बाच्ने भनेर कसम खाएका थियौं ।

सबैतिर घुमेर भ्याएपछी हामी काठमाडौ फर्कियौ । जिया संगै म उनको घर सम्म पुगे । जिया गेट खोलेर आफ्नो घर गइन् । म आफ्नो कोठा फर्किए । जियाको परिवार संग पर्सी भेट्न आउँने कुरा मैले जिया संग गरेको थिए । अब त उनको घर पनि देखेको थिए । कोठा पुगेर डम्बरलाई फोन गरे । डम्बर खुशी भयो र राकेश र रिता भाउजु बिदेश पुगेको खबर सुनायो । मैले पनि ए ! भनेर हामी बिचको संम्बाद टुङ्याए ।

नयाँ बिहान नयाँ उत्साह र जागरका साथ म उठे । उठेर न्वाइध्वाइ गरिवरी तरकारी लिन भैसेपाटी चोक निस्किए । एकएक किलो – आलु , ब्याज , टमाटर , अदुवा , लशुन र बन्दा किने । मैले दाईलाई त्यही तरकारी पसलमा देखे ।

अरे दाइ ! के छ खबर हजुर त यत्रो दिन कहाँ हराउनु भएको थियो । म कमता हजुरको पसलमा आइन ।

दाइ बोल्नुभयो : – मैले पसल खोलेको त थुप्रो भयो नि भाइ । बरु तिमी चै कता हराएका थियौं भन त ।

म बोले : – म हिजै आएको दाई । हामी घुम्न गएका थियौं । हिजो मात्रै फर्किएको ।

दाइ बोले : – को संग हो ? कि बुहारी नानी संग हो ?

म बोले : – हिहि ! होनि दाइ । कस्तो थाहा पाउनु भएको ।

दाइ बोले : – हिहि किन थाहा नहुनु त ।

म बोले : – अनि भाउजुको के छ नि दाइ खबर ?

दाइ बोले : – हिड पसलमै गएर कुरा गरौंला नि ।

मैले हुन्छ भने ।

दुवै पसलमा बसेर गफ गर्न थाल्यौं ।

दाईले केही समय अगाडि गाउँमा हजुरआमा सिकिस्तै भएका कारण पसल बन्द गर्याथे भनेर सुनाउनुभयो ।

अनि अहिले कस्तो छ त हजुरआमालाई ? – मैले सोधे ।

अहिले त ठिक छ – दाईले भन्नुभयो ।

दाई संग कुरा गर्दै मैले मेरा नजर दाईका गिफ्ट , टेड्डीबियर , फोटो फ्रेम र सिसाका सामान वरिपरि लाइरहेका थिए । अचानक मेरा नजर एउटा तस्वीरमा गएर रोक्किए । त्यस फ्रेममा सजिएको त्यो तस्वीरले मेरो मुटुलाई चसक्क पार्यो । त्यस तस्वीरमा मैले जियालाई देखेको थिए र उनको वरिपरि दुईजना ।

 परैबाट हेर्दा मुटु चस्किसकेको थियो । त्यै पनि नजिकबाटै हेर्ने आसयले मैले त्यो तस्वीर आफ्ना आँखा नजिक ल्याउछु । मैले चिनेको त्यस तस्वीरमा दुईजना थिए । एउटा जिया र अर्को मेरो गाउँको तल्लो घरे दाई । छेउमा अर्को एउटा महिला उभिएकी थिइन् । मैले हत्तपत्त दाईलाई सोधेँ : – दाई यो तस्वीर कसको हो ?

दाइ बोल्नुभयो : – ए ! यो ! खै नाम त थाहा छैन तर यी बाबू-आमा-छोरीको तस्वीर हो । हेर न भाइ यतिका महिना बितिसक्यो लिनै आएका छैनन् भन्या । अब फोटो बनाइहालियो । के फालौ , बसिरहन्छ भनेर राखेको । किन र भाइ तिम्ले चिनेका छौँ यिनिहरुलाई ?

म बोले : – अँ ! दाइ चिनेको छु । दाई ! म अहिले जान्छु है । पछि आउँछु भनेर म तरकारी लिएर पसलबाट निस्किए ।

मेरो मुटुको गति तीब्र हुँदै थियो । भाउजु वहाँ गाउँमा एक्लै हुनुहुन्छ अनि दाई ? दाईले यहाँ शहर आएर अर्को बिहे गरेको ?

ओहो ! यो कुरा गाउँमा भाउजुले थाहा पाउनुभयो भने के होला ? भाउजुको मनमा के बित्ला ?

मन मेरो झन् पोल्न थाल्यो । जसोतसो म कोठा पुगे तर मन मेरो झन् भतभती पोल्न थाल्यो ।

अब मैले के गरु ? अँह ! मैले केही सोच्नै सकिरहेको थिइन ।

                                                                 ——————————–

निकै बेर एकोहोरिदा पनि मैले केही निस्कर्ष निकाल्नै सकिरहेको थिइन । तल्लो घरे दाईलाई सम्झिदा रिस्सै उठेर आउथ्यो । भेटे भने त मज्जैले कुटुम्ला झैँ लाउथ्यो तर जब देखि जियाको बाबू ती दाइ नै हुन् भन्ने थाहा पाए तब देखि ती दाईलाई सम्झ्यो कि जियाको अनुहार अगाडि आइदिन्छ । अनि त्यो म भित्र रहेको रिस पनि खै कताकता हराइजान्छ ।

म एकदमै दोधारमा परेको थिए । भोलि जियाले उनको मामु संग भेट्न बोलाएकी थिइन् । उनले आफ्नो मामु संग मात्रै भनेकी थिइन् अनि उनको बुबा खोइत ? कतै उनले जानीजानी आफ्ना बुबा संग मलाई भेटाउन नखोजेकी हो या साच्चै उनका बुबा उनी संग छैनन् त्यो मलाई पत्ता लगाउन मन लाग्यो ।

उनलाई फेसबुकमा मेसेज गरे । उनले रिप्लाई गरिहालिन् । मैले सोधे : – अनि जिया भोलि मामु संग मात्रै भेट गराउछौ ? बाबा संग गराउन्नौ ?

उनले मेसेज गरिन् : – बाबा त अहिले घरमा हुनुहुन्न । मामु संग मात्रै भेट हुन्छ हजुरको । भोलि आउँनु न अनि कुरा गरौंला नि ।

मैले पुनः सोधे : – अनि बाबा संग बोल्न मनलाग्यो भने के गर्छौ नि ?

उनले मेसेज गरिन् : – बाबा आई मिस यु सो मच भनेर मेसेज गर्छु अनि बाबा आफैले फोन गर्नुहुन्छ ।

मैले ए ! बनेर मेसेज गरे । अनि ल अहिले जान्छु ल पछि कुरा गर्छु भने । उनले हुन्छ भनिन् अनि म अफ लाइन भए ।

गाउँका रहेकी भाउजुलाई बोलाउकी नबोलाउ यस विषयमा पनि म सोच बिहिन भएको थिए । निकै बेर बिचार गरेपछि आफ्नो मनलाई सम्हाल्दै भाजुलाई फोन लगाए । बिचरा भाउजु फोन उठाउने बित्तिकै के छ बाबु ? सन्चै छौँ ? भनेर सोध्नुहुन्छ ।

 म भन्ने बोल्न सक्दिन । मेरो बोली अबरुद्ध हुन्छ । म कसरी भनु भाउजुलाई उनका पतिले शहरमा अर्कै बिहे गरेका छन् भनेर । म कसरी भनु भाउजुलाई उनका पतिले यतिका बर्ष उनलाई छायाँमा राख्दै आएका थिए भनेर । आखिर म कसरी भनु भाउजुलाई उनका पतिको अर्कै श्रीमतीबाट सन्तान छ भनेर ।

म बोल्नै सकिरहेको थिइन । मैले फोन त भाउजुलाई यी सब कुरा बेलिबिस्तार लाउँछु भनेरै गरेको थिए तर अहँ! म केही बोल्न सकिरहेको थिइन । मलाई डर थियो कतै भाउजुले यी कुरा थाहा पाएर कुनै नराम्रो घटना घटाउनु भयो भने । मैले आफुले आफुलाई कहिल्यै माफ गर्न सक्दिन ।

म चुप लागेको देखेर भाउजुले उताबाट बारम्बार मलाई बोलाइरहनु भएको थियो । के भयो बाबू ? किन नबोलेको ? केही अप्ठ्यारो परेको छ हो ? भाउजुले सोधेको सोध्यै हुनुहुन्थ्यो । मैले बिस्तारै आफ्ना मुख उघारे र भाउजु भने । भाउजुले अँ बाबु ! के भयो भन त भन्नुभयो ।

मन कुडिएर आयो । लामो सास फेर्दै म बोले : – भाउजु एउटा कुरा भन्छु तर बाचा गर्नुस् हजुरले केही त्यस्तो काम गर्दिन भनेर । हजुर यता काठमाडौं आउनुपर्ने भयो भाउजु ।

भाउजु बोल्नुभयो : – किन के भयो र बाबु ?

मैले फेरि भने : – पहिले बाँचा गर्नुस् ।

भाउजु बोल्नुभयो : – ल बाबु बाचा भयो ।

म बोले : – भाउजु मैले जुन केटिको बारेमा हजुरलाई भन्थे नि । जियाको बारेमा हजुरलाई सुनाएको थिए नि । उनी त नाताले मेरी बहिनी पर्दीरहिछिन् । अब कसरी मैले आफ्नी बहिनी संग बिहे गर्ने भन्नुस् त ?

भाउजु बोल्नुभयो : – होइन के भनेको बाबुले ? मैले त केही बुझिन नि । कसरी जिया तिम्रो बहिनी परि ?

म बोले : – खासमा भाउजु ।

भाउजु : – के बाबु ।

म : – भाउजु खासमा ।

भाउजु : – के हो भनन ।

म : – खासमा भाउजु – जिया दाईकि छोरी हो । नाताले हजुरको पनि छोरी पर्छिन् । हो भाउजु दाईले यता शहर आएर बिहे गरेका रहेछन् । दाईको अर्को श्रीमती पनि छिन् । उनी यता कान्छी श्रीमती संग बस्दै आएका रैछन् । मैले हिजो मात्रै दाईको घर पनि देखे । मैले हजुरलाई यो कुरा कसरी भनु भन्ने लागिरहेको थियो । बल्लबल्ल भन्न सके । भाउजु ए भाउजु ।

भाउजु : – अ बाबु ।

म : – भाउजु धेरै मन नडुलाउनु है । बरु भोलि बिहानै काठमाडौंको गाडी चढेर आउँनु म बसपार्क लिन आउँछु  अनि ती कान्छी भाउजु संग पनि भेट्नुपर्छ । सायद दाईले उनलाई हजुरको बारेमा नभनेको पनि त हुन सक्छ । यतिका बर्ष दाई गाउँ पनि आएका छैनन् सायद दाई संग भेट पनि हुन सक्छ भाउजु । त्यसैले अरु केही नसोची भोलि काठमाडौं आउनु म लिन आउँछु ।

भाउजु : – बाबु म बाझी भएरै हो मेरो बुढोले अर्को बिहे गरेको । मैले सन्तानको सुख दिन सकिन उनलाई । त्यसैले हो बाबु उनले अर्कै बिहे गरेको । जे भएनि माया त मैले गरेकि थिए नि उनलाई । उनको माया पनि मेरो लागि मात्रै हुन्छ भन्ने सोचेकी थिए तर उनले मेरो भागको माया पनि अन्तै बाढेका रहेछन् । मै अभागिनी  मेरो भाग्य नै उस्तै एउटा सन्तान दिन सकिन मैले ।

म बोले : – भाउजु त्यस्तो कुरा नगर्नुस् । आफुलाई सम्हाल्नुस् । आफ्नो भाग्यलाई दोष नदिनुस् । हुने कुरा भैसक्यो । भोलि गाडी चढेर आउँनुस् । अनि अरु कुरा गरौंला भाउजु ।

भाउजू : – ल हुन्छ बाबु मैले राखे अहिले ।

म : – हस् भाउजु ।

 मैले फोन राख्छु ।

भाउजुलाई त काठमाडौं बोलाए तर अझै मेरो मन शान्त भएको थिएन ।  मलाई केवल एउटै कुराले सताइरहयो जिया जिया जिया । मैले उनी संग माया लाएको थिए । उनी संगै जिन्दगी बिताउने सपना देखेको थिए । उनी संग कसम सम्म खाएको थिए । मलाई साच्चै उनी मेरी जीवनसाथी नै हुन् जस्तो लाग्थ्यो । उनका घरमा माने ठिक नत्र उनलाई भगाएरै लाने बिचार सम्म नि मैले गरिसकेको थिए ।

 तर आज मेरो अगाडी अर्कै समस्या आइपरेको छ । नाताले उनी मेरी बहिनी पर्छिन् । अब बहिनी संग बिहे त असम्भव नै हुन्छ नि । अन्जानमा  माया लाइयो यसले कुनै फरक पारेन तर जानजान बहिनी संग बिहे गर्यो भने त ठूलो पाप लाग्छ मलाई । अब त यस विषयमा सोच्नु पनि हुदैन । तर पनि किन जियालाई मात्रै सम्झीरहन खोज्छ यो मन । मनले किन मेरो पीडा बुझ्न चाहदैन । किन पापी बन्न खोज्दैछ यो मन । जानजान पापको सागरमा चुर्लुम्म किन डब्न चाहदैछ यो मन । किन ?

                                                        ——————————–

दाई भाउजु एक हिसाबले हेर्दा खेरी मेरो छिमेकी झैँ पर्नुहुन्छ तर सानै देखि म भाउजु संग झ्यामिन्थे । सानै देखि आफ्नै भाउजु झैँ ठान्थे । मेरो परिवारमा दाइ भन्ने कोहि थिएन । त्यसैले त मैले तल्लो घरे दाईलाई आफ्नै दाइ सरह मान्थे । उनले पो मलाई घात गरे । पराई जस्तो व्यवहार गरे । तर मैले त उनलाई आफ्नो हृदय देखि आफ्नै दाइ मानेको थिए र उनकि श्रीमतीलाई भाउजु मानेको थिए ।

मैले भित्री मनबाटै दुवैलाई आफ्नो ठानेको थिए । अब यस्तो हुदाहुदै जिया संग मैले बिहे कसरी गर्न सक्थे । देख्नेलाई छिमेकी पर्ने त हो नि बिहे गर्न त भैहाल्छ नि भन्ने लाग्नु स्वभाविक हो । तर मेरो मनमा के बितिरहेको छ ; मलाई कस्तो लागिरहेको छ त्यो कसैले पनि बुझ्न सक्दैन । नाता कोट्याउदै जादा त म झन् उनको अङ्कल पर्न जान्छु । अङ्कल परेपछि झन् छोरी भन्नुपर्ने हुन्छ तर मनलाई सम्झाउँन मैले उनलाई बहिनी मान्न थालेको छु ।

भन्नेले जे सुकै भनुन तर मैले जिया संग बिहे गर्न मिल्दैन । मलाई मेरो नैतिकताले दिदैन । जियालाई यी सब कुरा कसरी सम्झाउने होला मैले सोच्न सकिरहेको थिइन । उनले कसरी मेरो कुरा स्विकार्ली ? कसरी मैले भनेको मान्ली ? के म उनको संसारबाट पर गए उनले मलाई बिर्सिन्छेहोला ? उनीबाट पर गएर उनको सम्पर्कमै नआए के उनले मलाई भुल्छे होला ? के हामी बिचका सबै संम्बाद उनले बिर्सन्छेहोला ? मलाई थाहा छ म त बिर्सन सक्दिन तर के उनले बिर्सन सक्छेहोला ?

अब म कसरी जियाबाट पर जाउ त्यो बारे सोच्न थाले । मैले भनेको कुरा सायद उनले बिश्वास नगर्न सक्थिन् । बिश्वासै गरेपनी मलाई छाड्न उनी कदैब राजी हुन्थिनन् । उनलाई नछाडु उनले कुरा बुझ्दीनन् । जसरी नि बिहे गर्ने ढिपी गर्छिन् । उनलाई छाडु म आफै टुट्छु । आफै छितरबितर हुन्छु । तर के गर्नु नियती नै त्यस्तै पर्यो मलाई । न हाँस्न सक्छु न रोइरहन ; न मर्न सक्छु न बाचिरहन ; सारै गारो भयो यो जिन्दगी देखेर ।

मन थाम्दै डम्बरलाई फोन गरेर सारा कुरा सुनाउँछु । डम्बरले पनि मेरो अन्तिम निर्णय प्रती सहमति जनाउँछ । अझ नाताले त तेँरो भतिजी पर्छ यार । पहिले थाहा थिएन लभ गरिस् अब थाहा हुदाहुदै बिहे नगर बिपिन ! पाप लाग्छ तँलाई भनेर मलाई डम्बरले नै सम्झाउँछ । उसको पनि सपोट पाएर मन अलिक हल्का हुन खोजे जस्तो गर्छ ।

डम्बरलाई जियाको बाबुको बारे पहिल्यै थाहा हुन्छ । मैले अझ उसलाई दाईको बारे छिटो पत्ता लगाउन पर्यो यार सक्दो कोशिस गर है भनेर सम्झाउँछु । गाउँकि भाउजुलाई पनि भोलि बोलाएको भनेर डम्बरलाई सुनाउँछु । यो सबै टन्टा सक्किएपछी म त काम छाडी , डेरा छाडी सबैबाट पर जान्छु यार भनेर पनि डम्बरलाई सुनाउँछु । उ दुखी हुँदै अब के गर्छस् त यार तैँलाई यस्तै पर्यो भनेर मलाई फोनबाटै सान्तोना दिन्छ । मन फेरि भारी भएर आउँछ र मैले फोन राख्छु ।

ठिक फोन राखेर मोबाइल खाटमा मात्रै के राखेको हुन्छु जियाको फोन आउँछ । मन कट्क्क खान्छ । फोन उठाउँछु ।

ओ ! हेल्लो के छ मेरो हिरोको खबर ? भोलि कति खेर सबार भैसिन्छ हाम्रो घरमा ?

उनको प्रस्नले मेरो मुटुमा तिर चलाउँछ ।

म यताबाट बोल्छु : – म आउँदिन तिम्रो घर !

उनी उताबाट बोल्छिन् : – के जिस्किराखेको होला

म बोल्छु : – किन जिस्किनि होर तिमी संग । को हो तिमी मेरो ।

उनी बोल्छिन् : – ह्या धेरै नजिस्किनु है म रिसाइदिन्छु नि फेरि ।

म बोल्छु : – ह्या जे सुकै गर ! रिसाए रिसाउ ठुसाए ठुसाउ । मलाई बाल भो र ! तिम्रो जिन्दगी तिमी जे सुकै गर । अब आइन्दा मलाई फोन नगर ।

उनी बोल्छीन् : – ए बिपिन ! हजुर किन रिसाएको हो म संग ? मैले के गल्ती गरेर त्यस्तो ? जान अन्जान केही गल्ती भएको भए मलाई माफ गर्दिनुस् । तर यसरी  नरिसाउनुस् न प्लिज ! मलाई गारो हुन्छ ।

म बोले : – हाम्रो पर्सि भेट हुन्छ । मिल्छ भने बाबालाई पनि घर बोलाइराख्नु ।

उनी : – हिहि हस् । म पर्खिरहन्छु ।

म : – ल ल ! धेरै नहास ! आफ्नो चै ख्याल गरेर बस ।

 मैले यति भनेर फोन काट्छु । अन्तिममा आफ्नो ख्याल गरेर बस है भनेर मै ठिकै भने जस्तो लाग्यो किनभने मैले अघेरै उनी संग अप्रत्याशित ब्यवहार देखाएको थिए । तर पनि कताकता मेरो कुराले अवस्य उनलाई घोचेको हुँदो हो ।

मलाई थाहा थियो उनलाई मेरो यो क्रियाकलापले गारो हुन्छ भन्ने कुरा । अझ आउँने दिनमा उनलाई अशैय पीडा हुन्छ भन्ने पनि थाहा थियो तर म लाचार थिए आफ्नो नियती प्रती , लाचार थिए आफ्नै जिन्दगी देखि । अब चाहेर पनि उनलाई मेरा मनका कुरा भन्न सक्दिन थे । मैले त अब उनको बुबालाई समात्न उनको प्रयोग गरेको भनेर देखाउनु थियो ।

उनको बुबाले म जस्ता अन्य कैयौं नेपालीको पैसा खाएर भागेका कारण उनकै बुबालाई समात्नका लागि उनको नजिक भएको ; उनी संग मिठा कुरा गरेको ; उनी संग झुठो माया गाँसेको ; उनको बस् प्रयोग मात्रै गरेको भनेर उनलाई बुझाउँनु थियो । मेरो मुटु माथी ढुंगा राखेर भएपनि उनको अघि झुठो हाँसो हास्नु थियो । उनलाई मै आफैले अरुको सामु बेइज्जत गर्नु थियो । अनि मात्रै उनले मलाई घृणा गर्ने थिइन् । मलाई बिर्सने कोशिस गर्ने थिइन् । यसो नगरे ज्यानजाला उनले मलाई छाड्ने थिइनन् त्यसैले मैले यहि उपाय सोचेर बसेको थिए ।

अघि एकछिन अघि उनी संग फोनमा नराम्रोसंग कुरा गर्नुपछाडी पनि मेरो एउटा उद्देश्य लुकेको थियो । उनी पिडामा हुँदा ; निराश हुँदा उनले बाबालाई मेसेज गर्छिन्  भनेर मलाई भनेकी थिइन् र त्यसपछि उनको बाबाले पनि उनलाई कल गर्ने कुरा गरेकी थिइन् । सायद मेरा कुराले उनको मन पक्कै दुखेको हुँदो हो र उनको बाबाले उनलाई फोन गर्नुको साटो उनलाई घरमै भेट्न आए भने झन् राम्रो हुन्थ्यो । त्यसैले पनि मैले फोन राख्नुभन्दा पहिले बाबालाई पनि बोलाउनु भनेको थिए ।

मलाई एकमन पुलिसलाई फोन गर्ने मन पनि भयो तर गाउँकि भाउजुलाई शहरकी भाउजु संग भेट नगराई पुलिसलाई खबर नगर्ने बारे सोचे । हुन त मैले पुलिसलाई खबर गरे भने तु पुलिसले ती दाईलाई च्याप समात्ने थिए होला तर मैले दुईलाई पहिले मिलाउने कार्यलाई उचित ठाने ।

भोलिपल्ट भाउजुलाई लिन नयाँ बसपार्क गए । फोन गरेपछी बल्लबल्ल भेट भयो । भाउजुलाई लिएर म सिधै कोठा गए । भाउजु संग भेट भएर म पनि खुशी थिए र भाउजु पनि तर दुवैको खुशीमा दुख पनि मिसिएको थियो । मैले भाउजुलाई भनिहाले – हेर्नु भाउजु दाई भेट्टिएला जस्ता छन् । भेट्टिए भने त उनलाई जेल नहाली म त छाड्दिन है । अनि घरमा बुढी हुदाहुदै बाहिर बिहे गरि हिड्ने बुढालाई बहुबिबाहको मुद्दा पनि चलाइदिन्छु । अनि बल्ल ठिक्क पर्छ तिनलाई ।

                                                            – क्रमशः

                       अब के हुन्छ ?

यो कथाहरुलाई पठाइरहदा त्यस बेला कथा लेख्दाका पल झलझल आखामा आइरहेछन् । आशा छ छिट्टै यस कथालाई हजुरको मीठो मधुर आवाजमा गुन्जिएर हेर्न पाउ ।

——————————–

मेरो कुरा सुनेर भाउजुले निन्याउरु अनुहार पार्नुभयो । म बोले किन उदास हुनुभएको भाउजु । हजुर मेरो ठाउँमा हुनुभएको भए के गर्नुहुन्थ्यो भन्नुस् त ! घरमा यति राम्री बुढी हुदाहुदै बाहिर आँखा लाउने हो ? अनि नेपाल मै बसेर नेपाली दाजुभाइलाई लुटेर ठगेर खानु राम्रो हो भन्नुस् त भाउजु ! जस्तो कर्नी उस्तै भर्नी हो भाउजु । म त एक जेल हाल्छु दुई जेल हाल्छु तीन जेल हाल्छु । ल हजुर भन्नुस् हजुर भएको भए के गर्नु हुन्थ्यो ।

भाउजु निकै बेर चुपचाप टोलाउनु भयो र भन्नुभयो : – हुन्छ बाबु तिमीलाई जे सहि लाग्छ त्यही गर । म केही भन्दिन । म बोले : – होइन भाउजु मलाई के सहि लाग्छ भन्ने कुरा होइन । हजुरलाई मेरो कुरा चित्त बुझ्यो कि बुझेन त्यो भन्नुस् । आफ्नै दाजुभाईले रगत पसिना बगाएर कमाएको ; निकै दुख खेपेर कमाएको पैसा लुटेर – ठगेर खाने मान्छेलाई सजाय नदिए कसलाई दिने भाउजु । दाईलाई त नेपालको कानुन बमोजिमको सजाय हुनुपर्छ ।

पुलिसको जिम्मा लगाएपछी पहिले म आफ्नो पैसा निकाल्छु अनि अरु कति जना नेपाली दाजुभाइको पैसा खाएका छन् ति सबको पैसा असुलउपर गरेर मात्रै म यो ठाउँ छाडेर जान्छु ।

भाउजु बसिराखेको ठाउँबाट जुरुक्क उठ्नुभयो र बाहिर गएर मुख धोएर आउँनुभयो र भन्नुभयो : – बाबु ! मेरो बुढाले नगर्नुपर्ने काम गरिहाले , पाप काम गरिहाले अब कानुन बमोजिमको सजाय पाउनैपर्छ तर आफ्नै बुढा भएका कारण मलाई अप्ठ्यारो लागेको छ बाबू ।

म बोले : – होइन भाउजु अप्ठ्यारो मानेर भएन नि आफ्नो मनलाई सम्झाउनुस् । भोलि म हजुरलाई उनको घरमा लिएर जान्छु । आए देखि हजुरले केही खानु भएको छैन । पर्खिनु है म खाना बनाउँछु ।

भाउजु बोल्नुभयो : – होइन बाबु ! मै बनाउँछु नि ।

म बोले : – होइन भाउजु आज देवरले पकाएको खानुन ।

मैले खाना बसाले । बाहिरबाट तरकारी लिइ आए र तरकारी पनि पकाए । खाना पाकिसकेपछि भाउजु र म संगै बसेर खाना खायौं । भाडा भने भाउजुले नै माझ्ने भनी कर गर्नुभयो । मैले हुन्छ भनीदिए । काम धन्दा सकेपछी पुनः भाउजु संग सोही कुरामा चर्चा भयो । मैले डम्बरलाई कोठामा बोलाए र भाउजु संग भेट गराए र भाउजुलाई आज यहि बस्नु म भोलि लिन आउँछु भनेर डम्बर संगै डम्बरको घर गए ।

डम्बरको परिवारले चिनीराखेको पुलिस अङ्कल अर्थात् फ्यामिली फ्रेन्ड हुनुहुदो रहेछ । हामी डम्बरको घर पुगेपछि वहाँ संग भेट भयो । डम्बरले तल्लो घरे दाईको बारे सबै भनिसकेको रहेछ । त्यै पनि पुलिस अङकलले सोधेपछी मैले वहाँलाई जस्ताको तस्तै सबैकुरा सुनाए र भोलि शहरकि भाउजु संग गाउँकि भाउजुको भेट गराएपछी मात्रै हजुरहरु आउँनुहोला है भनेर पनि अनुरोध गरे ।

मैले जियाको बुबा तल्लो घरे दाई नै रहेको कुरा चाल पाएपछि डम्बरलाई उनको बुबाको बारे खोजिनिधी गर्न  पहिल्यै लगाएको थिए । जिया संग मैले अगाडी गरेको ब्यवहारले उनको मन दुख्नु स्वभाविक हो । छोरी दुखी भै भनेर उनका बाबु अर्थात् तल्लो घरे दाईपनि घरमा प्रवेश गरिसकेको कुरा पुलिस अङ्कलले जानकारी गराउनु हुन्छ । फेमिली फ्रेन्ड भएका नाताले मात्रै अहिले सम्म कुनै याक्सन नलिएको कुरा वहाँले व्यक्त गर्नुहुन्छ ।

अबभोलि माछो जालमा पर्ने भैहाल्यो भन्ने थाहा पाएपछि म ढुक्क हुन्छु । पुलिस अङ्कल भोलि भेटौला भनेर जानुहुन्छ । डम्बरको ममि ड्याडी र बहिनीसंग एकैछिन कुरा गरेर म डम्बरको कोठामा जान्छु । डम्बरले मलाई एकफेर कसेर अङ्गालो हाल्छ । बिपिन तँ कतै नजान यार । किन अन्त जानुपर्यो । तँ अन्त गैस् भने एक्लै हुन्छस् । के गरि बाच्छस् एक्लै । भो तँ कतै नजा है । – डम्बर बोल्छ ।

हेर् डम्बर ! तँलाई थाहा छदै छ त । म यहाँ बसिराखे भने मलाई अप्ठ्यारो हुन्छ र जियाको नजिक म जती पर्छु त्यति नै मेरो मुटु टुक्रा पर्छ । उनको नजरबाट खसिसकेपछी उनको नजिक पर्न सक्दिन म डम्बर । त्यसैले मलाई फोर्स नगर । थाहा छ मलाई यै कुराले जिवन भर पीडा दिन्छ तर के गरु म मजबुर छु यार । तर यो जिन्दगीको गोरेटोमा तँ संग अवस्य भेट हुन्छ चिन्ता न लि । म आफै भेट्न आउँनेछु तँलाई ।

डम्बर अलिकति मस्किन्छ । त्यो रात डम्बर संग विभिन्न कुरा गरेरै बित्छ । बिहान हुने बित्तिकै जियाको फोन आउँछ । जियाले मामु बाबा दुबै घरमा रहेकाले आज जसरि नि कुरा गर्न आउँनु भनेर बोलाउँछे । मैले हुन्छ ल एक घन्टामा आइहाले भनेर फोन काट्छु । डम्बरलाई सो कुराको जानकारी गराउँछु । उसले पुलिस अङ्कललाई जानकारी गराउछ ।

 म आफ्नो कोठा पुग्छु । घरबेटिलाई मैले अब केही दिनमा कोठा छाड्ने कुरा जानकारी गराउँछु र कोठाबाट भाउजुलाई लिएर म जियाको घर जान्छु । पछिपछि डम्बर र पुलिस अङकलको गाडी आइरहेको हुन्छ । घर बाहिर पुगेर मुलढोकाको बेल बजाउँछु । ढोका खोल्न जिया नै आइपुग्छे । डम्बर र पुलिस अङ्कल अलिपर बाहिरै बस्छन् ।

जिया मलाई देखेर खुशी हुन्छे भने भाउजुलाई देखेर कोहो भनी प्रस्न गर्छे । मैले तिम्रो बाबाले चिन्नुहुन्छ भनी उत्तर दिन्छु । भाउजु भने डराएर कामीरहेकि हुन्छिन् । मैले नडराइ हिड्नु भनेर भित्र लिएर जान्छु । माथी कोठामा पुग्ने बित्तिकै तल्लो घरे दाईको दर्शन हुन्छ । हामीलाई देखेर उनको अनुहारको चमक नै हराउँछ ।

 त्यैपनी हामीलाई नचिनेको झैँ गरेर को हो छोरी यिनिहरु भनेर उल्टै छोरीलाई प्रस्न गर्छन् । छोरीले मेरो परिचय दिन्छे । दाईको वास्ता नगरी म भाउजुलाई लिएर कान्छी भाउजु भेट्न किचनतिर लाग्छु । कान्छी भाउजुलाई किचेनमा देखेपछि उनलाई सुरु देखि अन्त्य सम्म सबै कुराको बेलिबिस्तार लाउँछु तर कान्छी भाउजुले मेरो बिश्वासनै गर्दिनन् । अति भएपछि भाउजुलाई सत्य कुरा बोल्न लगाउँछु र भाउजु संग रहेको दाइ भाउजुको बिहेको तस्वीर पनि देखाउँछु अनि बल्ल कान्छी भाउजुले बिश्वास गर्छिन् ।

हामी यता माथी हुन्छौं । हामी माथी भएको मौका छोपेर दाई घरबाट भाग्छन् तर उनलाई पुलिस अङ्कलले च्याप समातिहाल्छन् र फेरि घर भित्रै लिएर आउँछन् । पुलिसले समातेको देखेर जिया कराउँछे । जिया कराएपछी हामी सबै तल झर्छौ । कान्छी भाउजुले किन समातेको मेरो बुढोलाई भनेर पुलिस अङकल संग प्रस्न गर्छिन् ।

 पुलिस अङकलले दाईको पुरै कारनामा बारे भाउजुलाई छ्र्लङ्ग पार्दिन्छन् । जेठी भाउजु दाईको नजिक आएर निकै दुखेसो पोक्छिन् र हजुरलाई मैले सन्तान दिन नसकेकै कारण अर्को बिहे गर्नुभएको हैन भन्दै रुन्छिन् । एकछिनपछि फेरि आफ्नै नेपाली दाजुभाईको पैसा खाएर पाप काम गरेर हिड्ने मान्छेको कहिल्यै भलो हुदैन । हजुरलाई त कानुन बमोजिमको सजाय हुनैपर्छ भन्दै आँसु पुस्छिन् । दाइ भने चुपचाप घोसे मुन्टो लगाएर बसिरहन्छन् ।

आफ्नै भाईको त पैसा खाएर दुख दिने मान्छे हजुर । अझ कत्तीलाई बिचल्ली पार्नुभएको होला । मलाई त हजुरलाई आफ्नो पति भन्न पनि घृणा लागेर आउँछ भन्दै भाउजुले बिलौना गर्न लागिन् । त्यो देखि कान्छी भाउजु जेठी भाउजुलाई सम्हानतिर लाग्नुभयो ।

जिया एकटकले सबैकुरा हेरिरहेकी थिइ । उनको अनुहार मलिनो भैसकेको थियो । समय यहि थियो मैले उनी संग सम्बन्ध टोड्ने । मैले भनिहाले : – जिया मलाई माफ गर्नु ! तिम्रो बुबालाई समात्नका लागि यो सब नाटक गरे । तिमी संग मायाको नाटक गरे । तिम्रो नजिक परे ; तिमी संग झुठा बाचा कसम खाए ; अब तिमी आजाद छौँ । जिउनु आफ्नो जिन्दगी ।

जिया आफ्ना आँखा राता पार्दै मेरो नजिक आइन् र मेरो गालामा दुई चड्कन लगाइन् । म चुप रहे ।

उनी बोलिन् : – हामी बिचका ती बाचा कसम सबै झुठ थिए ? संगै जिउने मर्ने कसम के सबै त्यो हजुरको प्लानको हिस्सा थियो ? मलाई हजुरले आफ्नो स्वार्थ  पूरा गर्न युज गर्नुभयो । छि छि छि कस्तो घटिया सोच रहेछ हजुरको । आफ्नो जिन्दगी नै समर्पित गर्न चाहेको थिए हजुरमा अब त मलाई एकपल पनि हजुरको अनुहार हेर्न मन छैन । जिन्दगीभर अब यो अनुहार हेर्न नपरोस् भन्दै उनी अर्को कोठामा छिर्छिन् ।

डम्बर र भाउजुले मलाई एकोहोर हेरिरहन्छन् । म चुपचाप अनुहारमा खोक्रो मुस्कान छाएर उभिरहन्छु । दाई हत्कडीमा जेलिसकेका हुन्छन् । उनलाई पुलिसथाना लाने तैयारी हुन्छ । दुई भाउजु मिलेर सक्नुहुन्छ भने हजुरहरु दुईजना संगै बस्नु भनेर सम्झाउँछु । त्यसपछि दुई भाउजुलाई त्यहि छाडी डम्बर र म पुलिसथाना जान्छौं ।

दिन , हप्ता , महिना बित्छ

दाई जेल परेको कुरा समाचारले धेरै अघि देखि फुख्न थालिसकेको हुन्छ । बिस्तारै दाईले जजस्को पैसा खाएका थिए सबै ब्यक्ति पुलिसथानामा आइपुग्छन् । दाईलाई जेल चलान हुन्छ र बहुबिबाहको मुद्दा पनि लाग्छ । साथै उनले कसकस्को पैसा खाएका छन् सबको पैसा चुक्ता नहुन्जेल जेलमै यातना सहेर बस्नुपर्ने र कानुन बमिजिमका के के सजाय छ सबै सजाय भोग्नुपर्ने हुन्छ ।

पुलिसको यातना पाएपछि दाईले मुख खोल्छन् । पुलिसले बिस्तारै बिस्तारै पैसाको स्रोत पत्ता लाएर सबैको पैसा चुक्ता गर्छन् र अन्त्यमा मैले पनि आफ्नो पैसा पाउँछु । पैसा पाएपछि पुलिस अङकललाई धन्यवाद भनेर आफुले काम गरिराखेको अफिस जान्छु र हाकिमको माझ राजीनामा पत्र पेश गर्छु । माथी आएर डम्बर संग अन्तिम भेट गर्छु ।

त्यहाँबाट कोठा जान्छु र घरबेटि संग बिदावारि भएर निस्किन्छु । कोठामा भएका सामान कोठामै छाडेर त्यसको पैसा घरबेटि संगै लिन्छु । मन भारी बनाउदै म हिडिरहेको हुन्छु । भैसेपाटी पुग्छु । म:म पसलबाट दुई प्लेट म:म लिएर फिटो पसल दाईको दोकानमा जान्छु र हामी संगै बसेर म:म खान्छौ ।

दाईलाई बितेका सबै घटना सुनाउँछु र म अन्त कतै गन्तव्यहिन् ठाउँमा जान लागेको कुरा सुनाउँछु । त्यहाँ दाई संग नि बिदा भएर म जियाको घर पुग्छु । भित्र दुवै भाउजु एकअर्का संग रमिरहेको देखेर उराठ भएको अनुहार पनि एकैछिन मख्ख पर्छ । दुवै संग एकैछिन कुरा गरेर बस्छु । जिया ठिक छेउबाट मलाई कर्के बजरले हेर्दै मुख बिगार्दै बाहिर जान्छे । मनमा जे भएपनी म मुस्कुक्क मुस्कुराइदिन्छु । भाउजुहरुलाई सधैं यसैगरी मिल्नु है भनेर म त्यहाँबाट पनि निस्किन्छु र भैसेपाटीबाट बस चढ्छु । रत्नपार्क झरेर फेरि बस चढेर पुरानो बसपार्क पुग्छु । निकै बेर सोचेर इलाम जाने गन्तव्य तय गर्छु र इलाम जाने बस चढ्छु ।

म एक्लो यात्री । आज पनि एक्लै यात्रा गरिरहेको छु । अब कतिन्जेल बाच्छु जति बाच्छु पूरा जिन्दगी सायद एक्लै यात्रा गरेरै बित्छ होला ।  हो ! म जाँदै थिए एउटा नौलो ठाउँ । नयाँ गाउँ । नयाँ वातावरणमा हराउँन । पोलेको मनलाई सेलाउँन । आलो घाउँलाई सुकाउँन । टुक्रिएको मनलाई लुकाउँन । सायद अब म कहिल्यै फर्किने सोचमा थिइन । मेरो मन अब एक्लै रमाउन खोज्दै थियो र म मेरो मनले चाहेको कुरा पूरा गर्ने ब्यक्ति परे । मनमा पीडा अशैय थियो । बाचुन्जेल सायद पीडा कम हुने थिएन ।

४ बर्ष पछि

म अहिले इलामको चिया बगानमा चिसो हावा खाएर बसेको छु । आज पनि म एक्लै छु तर मेरा साथ ती पुराना यादहरुले दिइरहेका छन् । म एक्लै हाँस्न थालेको छु । एक्लै रुन थालेको छु । मनलाई सम्हान गारो भएको बेला एक्लै मज्जाले कराउँन थालेको छु । खै जिन्दगी यसैगरी बितिरहेको छ । आफ्नो दुखको ओखती केही नपाएपनि अरुलाई दुख परेको देख्दा सहयोग गर्न मन लागिहाल्छ र सहयोग गरिहाल्छु । मेरो मनमा जति पीडा भएपनी अाशा छ मलाई पनि एकदिन कोहि न कोहि खोज्दै मेरो सामु आइपुग्नेछ । मेरा हरेक पिडालाई मलम बनेर सुकाउँनेछ र मेरो हराएको मुस्कान पुनः मेरो ओठमा छाउँनेछ । मेरो हराएको मुस्कान पुनः मेरो ओठमा छाउँनेछ ।

                                 ( – कसैको प्रतीक्षामा )

                                                           – समाप्त

– बिपिन खनाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button