समिक्षा -स्कुले प्रेम

प्रायः सानै उमेर देखि एकान्तमै बस्न मन पराउने। बाल्यकाल त निक्कै रमाइलो संग बित्यो। ३ छोरी पछि जन्मिएको भएर पनि होला, मलाई टाउकामा टेकाएर पालिएको थियो । १६ वर्षकै कलिलो उमेरमा मेरी आमाको विवाह भएको थियो, बुवा भने आमा भन्दा २ वर्ष कम। मेरा बुवाका २ दाजु हुनुहुन्थ्यो । म नजन्मिए सम्म अंश भाग गरिएको थिएन रे, त्यसैले पनि हाम्रो निकै ठुलो परिवार थियो।

अहिले भन्दा करिब २०-३० वर्ष अधि सम्म पनि नेपालमा छोरा नजन्माउने महिलालाई आफ्नै श्रीमान, घर परिवार र समाजले निक्कै कुदृष्टि ले हेर्ने गर्थे। समाजले छोरा लाई हिराको दर्जा दिएको थियो तर छोरीलाई त्यो हिरा सफा गर्ने टालो। फरक यती थियो, हिरा चम्किन्थ्यो र टालो चम्काउिथयाे। तर टालो बिना हिरा पनि मामुलि ढुङ्गा हो भन्ने सोच मानिसमा थिएन।

विवाहको २ वर्ष नपुग्दै मेरि आमाको कोख बाट पहिलो सन्तानको रुपमा जेठी छोरीको जन्म भयो। पहिलो सन्तानको रहरले पनि होला, सबै परिवार खुशी नै थिए। तर समय समयमा सासू ससुरा बाट केही अपच्य शब्द भने आमाले सुन्नु पर्थ्यो, तैपनि छोरी नै भए पनि उनले परिवारका बाकी सदस्य बाट भने खुब माया पाएकी थिइन।
दिन हरु प्रकाशको गतिमा बित्दै थियो। बुवाको दुबै दाजुका छोराहरु स्कुल जान सक्ने भएका थिए । जेठी छोरी पनि अब २ वर्ष नागेकी थिइन..। फागुनको अत्यधिक चिसो रातमा, २० वर्षको उमेरमा आमाको कोख बाट दोस्रो सन्तानको रुपमा माहिली छोरीको जन्म भयो। आमाले यो पटक भने जेठी छोरी जन्मिएको समय भन्दा धेरै दु:ख र पिडा खप्नु पर्यो।  हजुरआमा र हजुरबुबा मेरि आमालाइ दोस्रो पटक पनि छोरी जन्मिएकै कारण निक्कै हेला गर्नु हुन्थ्यो। यति सम्म घृणा कि, फागुन को मुटु काम्ने चिसो रातमा, सुत्केरी लाई गोठको बासमा पठाइयो। उनले नत पोसिलो खान पाइन्  नत कसैको माया, भर्खरै जन्मिएको रगतको डल्लो संग गोठमा बस्दा कस्तो सोच आयो होला मेरि आमा लाइ? कति कष्ट भयो होला त्यस अभागी आमालाई !!

कुनै स्वार्थी मान्छेले आमाको साथ दिएन तर त्यही स्वार्थी मान्छेको आवश्यक्ता पूरा गर्ने गाइबस्तु भने आमाकै साथ मा थिए। जसो तसो गरेर आमाको माया र ममताले दुबै छोरी हुर्किए। मेरो बुवाले १० पास गर्नु भएको थियो, त्यसैले पनि होला छोरीहरुले पढ्ने अवसर वाट भने बन्चित हुनुपरेन। समय समयमा हजुरबुबा, हजुरआमा र आफन्त भने छोरा नभएको भन्दै निको हुदै गरेको घाउ घोची रहन्थे। हाम्रो गाउँ अचम्मै को थियो, एकै दम्पतीको ५,६ जाना छोरी भएको घर, सजिलैसँग भेटीन्थियो। सबै गाउँलेको मनमा छोरा जन्मेको घर मात्र चोखो हुन्छ भन्ने सोच थियो। हजुरबुवा भने जसरी भए पनि छोरा चाहिन्छ भन्दै मेरो बुवाको दोश्रो बिबाह गर्ने तर्खर गर्दै थिए। बुवाको लाख इन्कार पछी हजुरबुबा सान्त हुनुभएको थियो। बिचरी आमा २३ वर्ष नपुग्दै ३ छोरिकी आमा बन्न पुगिन। दैव पनि मेरो आमाको जीवन संग खेल खेल्दै थियो।

राडिको फेरि छोरी भयो भन्दै घरको ढोका बन्द गर्दै भित्र पसेकी थिइन मेरो हजुरआमा। फेरि गोठमै आमाको बास भयो। पोसिलो खान त के बिहान बेलुकाको छाक पनि पाउन निक्कै कठिन हुन थाल्यो। यस पटक उनी सिसा झैं टुक्राटुक्रा भएकी थीइन। उनको जीउ रोग लागेको घिरौला जस्तो सुकेको थियो। गाला र घाटिको हाड ५० मीटरको दूरिमा रहेको मान्छेले पनि छर्लङ्ग देख्न सक्थ्यो। समाजको नजरमा छोरी जन्माउनुमा दोष थियो त मात्रा मेरि आमाको…. हे भगवान ! ती अशिक्षित मान्छेलाई कस्ले भन्ने XX र XY क्रोमोजोमको बारेमा।….

समाजले मेरो आमालाई निक्कै तिरस्कार गरे। सबै पीडा खपेर छोरीहरुको मुख हेरेर उनी बाँचोकी थिइन। उनी आफ्नो मुखको भाग नखाइ छोरीहरुलाइ खुवाउन बाध्य थिइन। हजुरबुबा मेरि आमालाइ निक्कै घृणा गर्थे। यती सम्म कि, यो राडिले १३ जाना छोरि जम्माउछे र हाम्रो इज्जत बद्नाम गर्छे समेत भनेका थिए।

सबै छोरीहरु बिस्तार हुर्कीदै थिए। दुःख सुख गरेर आमाबुवाले उनीहरुलाइ शिक्षा दिएका थिए। घर परिवारकै दबावले बुवाआमाले अन्तिम प्रयास गर्ने निर्णय गरे। यस पटक भने उहाहरुले कयौं मन्दिरमा भाकल राखेका थिए। आफुले सके सम्म धेरै मन्दिर र हात हेराउनेकोमा पुग्नु भएको थियो। कसैले फेरि छोरी  जन्मिन्छ भन्थे त कसैले कुखुराको बलि दिनु पर्छ,  अनि छोरा जन्मिने बताउँथे। जाबो कुखुराको बलि दिदा छोरा जन्मिने भए छोरी भन्ने शब्द शब्दकोष बाट नै हट्ने थियो होला।
छोरा जन्मिने भाकल गर्दै मेरा बुवा पाँचपोखरीको यात्रा तिर लाग्नु भयो। करिब १० दिने यात्रा पछी बुवा घर फर्किन भयो।

धेरै जसो बुवा घरमा रहनु हुँदैन थियो। त्यही मौकामा हजुरबुबाले मेरो आमालाइ के भने कुन्नी उनले गर्भपात गर्ने निणय गर्नु भएछ। घरमा बुवा नभएको मौकामा आमा बस चडेर बनेपा सम्मा पुग्नु भएछ…हजुरबुबाले त्यस्तो के भने होला र पेटमा हुर्की रहेको शिशु फाल्न बाध्य भइन ? ..जब आमा गाडी वाट ओर्लेर अगाडि बढनु भयो उनको पछाडि बाट स्वोर आयो “का हिडेको केटी”…… त्यो स्वोर बुवाको थियो…. ।

बुवाले आमालाई पछ्याउनु भएको रहेछ। बच्चालाई जाच्न आएको भन्दै कुरा लुकाए पनि बुवालाइ सबै कुरा थाहा रैछ..। मायालु भावमा बुवाले, यो पालि पनि छोरी भए पनि केहि हुदैन, हाम्रो सन्तान लाई हामीले पाल्ने हो अरुले हैन, म छु त तेरो भनेर फकाउदै घर फर्काउनु भयो। जे होस म धर्तिमा टेक्दै नटेकि भने मरिन।

आमाको पेटले बिस्तार फरक रुप लिदै थियो। परिवारका सबै सदस्यहरु आमालाई निक्कै घृणा गर्थे। त्यस माथी ससुराको दैनिक सियो भन्दा धारिलो वचनको सामना गर्नु पर्थ्यो, आमाले। अहिले गर्भवती महिलालाइ हिंड्न् पनि हुदैन भन्छन्,  तर त्यस्बेला आमाले जति नै कष्ट र पीडा भएपनि काम गर्नै पर्थ्यो। उन्ले म जन्मिएको भन्दा अघिल्लो दिन पनि एक भारी घाँस काटेकी थियीन रे।

२०६२ साल, माघ को चिसो रातमा मेरो जन्म भयो। मेरो कुप्री हजुरआमाले, आमालाई माया गर्थिन। उहाँ धेरै जसो आमाकै साथमा हुन्थिन्। म जन्मिएको रात पनि उनी आमाकै साथमा हुनुहुन्थ्यो रे। कुप्री हजुरआमाले छोरा जन्मियएको खबर सुनाउदै घर उचाल्नु भएको थियो। ती बुडा हातले आफ्नो धेतिको एक सप्को मज्जाले च्यातेर मलाई समाकी थीइन। हजुरबुबा र हजुरआमा भने फेरि छोरी जन्माकी हो? भन्दै बाहिर आए । कुप्री आमाको भने खुसीको सिमा थिएन, उन्ले यो पालि त देबकीको छोरा जन्मियो भन्दै मेरो पेट मुनिको भाग देखाउदै कराउँदै हुनुहुन्थ्यो रे। कस्तो अचम्मको छ है मान्छे को जात… मात्र केही चिज बाट पत्ता लगाउन सकिने कुन लिङ्ग…महिला वा पुरुष ।

नेपालीहरुको पनि अचम्मैको परम्परा छ, ३ छोरी पछि जन्मिएको छोरा लाई छोरीको ग्रहले थिच्छ, दसा लाग्छ भन्ने चलन थियो। ३ मुलाको पानिले नुहाउने र ३ घरको तेल घसेर  ग्रह दसा कटाउने परम्परा पनि गरियो।जे  होश म जन्मिएर सबै परिवारको मुखमा मुस्कान भने आएको थियो, थाहा छैन त्यो साचो थियो या देखावटी !

हजुरबुवाको १३ छोरी जन्माउछे भन्ने कठोर भाकल मैले जन्मिएर गलत साबित गरे। ती हात हेरेर भबिस्यबाणी गर्ने बाबा पनि गलत सबित भए। मैले ढिलो जन्मिएर मेरि आमालाइ निक्कै दु:ख र कष्ट दिए तर जे होस म जन्मे।  यो पटक भने आमाले गोठमा चिसो रात बिताउनु परेन। ३ सन्तान जन्मिए तर पहिलो पटक घरमा मासु भित्रियो..सुत्केरीको लागि भनेर।

म जन्मेको १८ महिना नपुग्दै मेरा बुवा रगत र पसिना बेच्न खाडि पलायन हुनु भएकाले ४ जाना छेराछोरीको सम्पुर्ण जिम्मेवारी मेरि आमाको काधमा थुप्रियो । अहिले जस्तो ईन्टरनेट, फोन केहिको सुविधा थिएन, हुलाक मार्फत परदेशमा रहेका बुवा संग परालको कुन्युमा सियो खोजे कस्तो कुरा हुन्थ्यो। निक्कै दु:ख गरेर भएपनी आमाले हामी ४ जानालाई शिक्षा दिनु भयो। करिब ५ वर्ष बिदेशमा दु:ख गरेर बुवा नेपाल फर्किनु भयो। त्यस ५ वर्षमा धेरै कुरा परिवर्तन भएको थियो। हजुरबुबाको करीब ३ वर्ष अधि मृत्यु भएको थियो। म करीब ४ वर्ष थिए त्यसैले उनको अनुहार मलाई राम्रोसँग याद छैन। कसैलाई नराम्रो लाग्न सक्छ तर मलाई अहिले भने हजुरबुबा हाम्रो साथमा न भएकोमा केही गुनासो छैन। जे होस् उन्को आत्मालाइ सान्ती मिलोस।

बुवा परदेश बाट फर्कदा म ६ वर्षको थिए। उहाँको भुडी हिलियम बेलून जस्तो फुलेछ। जन्मिएको ६ वर्ष पछी मैलो मेरो आफ्नो बुवालाइ राम्रो संग देखेको थियो।

काठमाडौं बाट करिब ३०-३४ किलोमीटर को दुरिमा रहेको नगरकोट बाट १ घन्टाको दुरिमा हाम्रो घर थियो। बुवाले गाउँ छोडेर सहर तिर वसोबास गर्ने गरि परदेश छोड्नु भएको रहेछ। सम्पुर्ण परिवार देशको राजधानी सर्यौ । मैले ६-७ वर्षको उमेरमा आफ्नो जन्म थलो छोडेको थिए। पहाडको नदि नाला, हिमाल को मनमोहक दृश्य, वन अनि बारीको कान्ला कान्ला दौडेको मान्छे, काठमाडौंको एक सानो कोठामा सास फेर्न पनि धौ धौ भयो। धेरै नै समय पछि भने मलाई सहरी जिबनको बानी पर्यो। ६ जनाको ठुलो परिवर जसो तसो गरेर एउटा  कोठामा बस्थ्यौ। बुवाले अन्नपूर्ण पोस्टमा जागीर गर्नु हुन्थ्यो। हामी करीब ४ वर्ष पशु सरि एउटा कोठामा बस्यौं। पछी भने हामीलाइ एउटा कोठामा निक्कै अफ्ट्यारो हुन थाल्यो। मेरि जेठी दिदिले जागीर गर्न थालेकी थिइन। जे होस त्यहि छेरीको कमाइले परिवारको आर्थिक स्थिति थोरै भएपनि राम्रो भएको थियो। ६ जानाको परिवार अब दुइटा कोठाको भाडा सजिलै तिर्न सक्ने स्थिति थियो।  परिवारको अर्थिक स्थिति निकै कम्जोर भएपनि म बोर्डिङ बिद्यालय जान पाएको थिए।

पढाइमा रुचि भएता पनि सानौ देखि Maths र नेपालि विषय सम्झदा भने जिउका रौ हल्चल हुने गरि डर लाग्थियाे। त्यस् माथी बुवाले ४ कक्षाको परिक्षामा प्रथम भएमा साईकल किन्दिने वाचा…., हे! भगवान के दशा लागेछ। Maths र नेपाली कै कारण नत मा प्रथम भए नत साईकल नै आयो। ४ कक्षा देखि ६ कक्षा सम्म बुवा को साईकल Offer रहयो, त्यस पछी नत बुवाले त्यो विषयमा कुरा निकाल्नु भयो नत मैलो नै। बुवाको आशा मलाई चन्द्रमा चडाउने थियाे तर मैले भर्‍याङको ३-४ सिडि चाडेर हार माने। जे होस त्यो साईकल किन्ने खर्चले  कति महिना ग्यास र चामल किन्न पैसा पुग्यो…म त्यही कुरामा खुसी छु।

मेरो उमेर बढे संगै मेरो शौक पनि बिकास हुदै थियो।बाटो तिर मोबाईलका battery अथवा कुनै पनि विद्युतीय बोर्ड हरु भेट्ना साथ घरमा रहेको वाइवाइको काटुन्मा पुग्थ्यो। battery मा मोटर जोडोर म आफुलाइ निकै ठुलो बैज्ञानिक भएको सोच्ने गर्थे।घडी,रेडियो,रिमोट,मोबाईल,dvd को पाट पुर्जा निकाल्दै फेरि जोड्ने प्रयास गर्थे।मलाई विद्युतीय सामग्री सङ निकै लगाव भएको थियो। साथि हरु संग बाहिर खेल्न जान भन्दा म त्यही battery,मोटर संग खेल्ने गर्थे।समय बित्दै गयो मैले आब घडी,गाडी,रोबर्ट र अन्य विद्युतीय खेलौना बनाउन थलो।बिद्यालय बिदा भएको दिनमा दिन भरी घरमै केहिन केही गरिरहेको हुन्थे।जे होस् मैले बुवालाई कहिले पनि खेलौना किन्दिनु भन्नू परेन। बुवा मलाइ आवश्यक पर्ने battery अनि एलेक्तृक बोर्ड हरु झर्को नमानी खुरुखुरु किनिदिनु हुन्थ्यो।

समस्य बितेको पत्तो न हुने।म ९ कक्षा मा पढ्ने भएको थिए।परिवारको दु:ख बुझ्न् सक्ने भैसकेको थिए।मेरो परिवार को आर्थिक स्थिति निक्कै मज्बुत भएको थियो।येति सम्म कि काठमाडौंको बुढानिलकण्ठ मा ४ तल्लो घर ठडियाे। ३ छोरि भएको घर भन्दै हेला गर्ने को मुखमा अहिले भने ठाेडि लागेको थियो। छोरा जन्माएको भनेर आफुलाइ राजा ठान्ने गाउँमै कुट्टाे कोदालो गर्दै थिए। खै के नापे त उनीहरुले छोरा जन्माएर??
जे होश मुखमा भातको सितो नहाली, एउटा कोठामा ६ जना सम्म कैदी झै बसेर आफ्नै घर बनाउने यात्रा मेरो आमाबुबाको निक्कै कठिन थियो। येस यात्रामा मेरा दिदीहरु को पनि निक्कै ठुलो भुमिका छ।घरमा सबै जागीरे हुनुहुन्थ्यो,मै भातमारा बाहेक!
जे होस मलाई मेरा आमबुवा र दिदीहरुले केहि कुरा को पनि कमि हुन दिनु भएन।
कक्षा ८ को सुरुवातमा आएको Covid १९ को अतकं पनि अब सेलाउदै थियो…करिब २ वर्षको लामो लकडाउन लाइ मैले निकै सदुपयोग गरेको थिए। सानै उमेर देखि sketch गर्ने रुचि भए पनि म उचित समयको पर्खाइमा थि।२ वर्षमा मैले निक्कै राम्रो चित्र बनाउन सिकेको थिए। चित्र संगै मैले संगीत लाइ पनि उतिकै समय दिएको दिए। लकडाउन पछी सम्पुर्ण बिद्यालय फेरि सन्चालन हुने भयो। घर र बिद्यालयको निकै लामो दुरि भएकाले मैले बिद्यालय परिवर्तन गर्नु पर्यो। कक्षा ९ को भर्ना बुडानीलकण्ठ,कपन मा स्थित एक बिध्यालयमा भयो। त्यस बिध्यालयले मेरो जिवनमा निक्कै महत्त्वपूर्ण भुमिका खेलेको छ।

प्राय म एक्लाै बस्न मन पराउने भएर पनि होला मैले अरुको जस्तो मनमिल्ने साथि बनाउने अवसर कहिले पहिन।मलाई साथी बनाउने इच्छानै आएन, खै! किन? बनाउन खोजेको साथी द्वारा अपमानित भएर वा आफ्नै कम्जोरी।

Teen age मा भएर पनि होला मेरा भवन,इक्षा र आफ्नै चंचल मन नियन्त्रण गर्न मुस्किल परिरहेको थियो।येस समयमा आफू भन्दा सक्तिसाली र दक्ष कोहि छैन जस्तो सोच आउदो रैछ। यो समयमा आफ्नो मन नियन्त्रण गर्न पनि निक्कै गारो हुने रैछ।

नयाँ बिध्यालयको पहिलो दिन मैले उन्को अनुहार पहिलो पटक देखे।उनि म भन्दा उचाइमा निक्कै सानी थिइन। उज्यालो अनुहर,गुलाफको पंखुड़ी जस्तो ओठ,हल्का  मिलेको दात र लामो कपाल,उनी कुनै फिल्मको हिरोईन भन्दा कम थिइनन्। पहिलो दिन मैलो उनलाई देखे तर थाहा छैन उन्ले मलाई याद गरिन या गरिनन्।
यो मन पनि कस्तो अनौठो हुने रैछ है, जे कुरा को पनि छाप छाेड्ने,चाहे त्यो हर्स होस या पीडा….माया होस या धृणा। मलाई नत उन्को नाम थाहा थियो नत उन्को ठेगान, तै पनि मेरो मनले उन्को, नमिलेको दात र सुन्दर अनुहारको गहिरो छाप छोडेको थियो।

नयाँ बिद्यालयमा पनि मैलो मिल्ने साथि फेला पार्न सकिन।त्यसैले पनि म एक्लै बस्न मन पराउथे। दोस्रो दिन पनि यतिकैमा बित्यो,म मूर्खले उन्को नाम थाहा पाउन सकिन।प्राय म कोइ संग बोल्न रुचि राख्दिन थिए।बिद्यालयको पाचौं दिनमा म सधै जसो आफ्नै धुन्मा थिए।येतिकैमा उनि र उन्को अत्याधिक मिल्ने साथि निकुश, म तर्फ लम्कदै गरेको देखेर मेरो छाती बाट मुटु बाहिर निस्किने गरि धड्कन थाल्यो।निकुशले किन एक्लै बसेको भन्दै थिइन तर मेरो नजर उन्को चन्द्रमा जस्तो उज्यालो अनुहारमा थियो, त्यसैले पनि मैले यस् प्रश्नको जवाफ दिन उचित ठानिन र सानो हासोमा त्यस् प्रश्नको अन्त्य गरे। केही बेर पछी निकुश “माक्स खोल न” भन्दै थिइ।तर मैले त्यो कुरा पनि हासेर अन्त्य गरे।खै किन म मास्क खोल्न अफ्ट्यारो मान्थे। निकै असुरक्षित महसुस गर्थे।
म उनी संग बोलेको त थिइन तर बोल्ने बाटो भने खुलेको थियो। सधै एक्लै हुँदा उनिहरु मै तर्फ आएर केहि न केहि विषयमा कुरा गर्थे।निक्कै हिम्मत गरेर मैले म संगै बेन्चमा बस्ने साथि मार्फत उन्को नाम थाहा पाए “समिक्षा दाहाल”।

उन्को नाम जस्तै उन्को मन थियो । कसैले विश्लेषण गरेर नथाक्ने । उनि संग कहिले बोल्न नसके पनि उन्को मायालु किसिमको रिस मैले कयौं पटक देखेको थिए । उनी पढाइमा निक्कै टाढिलि भएपनी पढ्न भने अल्छि मन्थिन..म जस्तै।करीब एक दुई महिना उन्लाइ हेर्न सम्म हेरे..तोस पछी खै काहाँ बाट हिम्मत गरेर निकुश मार्फत insta id फेला पारे। समिक्षा लाइ messenge गरेको करीब ५-६ घन्टा को अन्तरमा उन्को पहिलो messenge आएको थियो।
समिक्षा बिद्यालयको जस्तो मौन किसिमको थिइनन्।उनी messenge मा फतर फतर केही न केही कुरामा गुफ गरि रहेकी हुन्थिन्।बिस्तार केही दिन सम्म messege मा कुरा भएपछी हाम्रो दैनिकि जसो कुरा हुन थालेको थियो।
खै किन मलाई आफ्नै ठानीन वा केहि स्वर्थले, उनले आफू र परिवारको निजि कुरा देखि आफ्नो बिगत मलाई सुनाएकी थिइन।उनको ४ जाना को सानो परिवारमा ५-६ वर्षको भइ र आमा बुवा हुनुहुन्थ्यो।समय समयमा उन्को बुवाआमाको परिवारिक झगडा हुने भएकाले पनि होला, उनि निकै जिम्मेवारि मान्छे जस्तो कुरा गर्थिन।

यसरी नै केही समय बित्यो,हामी स्कुलमा भने एक अर्कलाइ नचिनेको जस्तो गर्थे।थाहा छैन उन्को मन्मा पनि मैले गरेको जस्तो बिशाल प्रेमको भवनले म संग कुरा गर्थिन वा अरु कुनै स्वर्थ।
समिक्षाको आगमन संगै मेरो जीवनमा निक्कै परिवर्तन आएको थियो।Teen age कै कारण डंडीफोरले मेरो अनुहारमा भाडा बिना डेरा बसेका थिए। कयौं anti पिम्प्ल क्रिम दलियो तर घटनु सट्टा २ को ४ भयो। हप्तामा १ पटक नुहाउन समेत पछी हट्ने म, अब भने दैनिकी नुहाउन थालेको थिए।घरका सबै जाना मेरो परिवर्तन देखेर अचम्मित भएका थिए।

म अब सूर्य उदाउँदा देखि सूर्यास्त हुदा सम्म उन्कै बारेमा सोच्न थालेको थिए। मैले उनलाइ पाउनको निमित्त बिस्तार आफुलाई गुमाउन थालिसकेको थिए।कसै संग सम्बन्धमा नबसी पागल प्रेमी को उपाधि हुने भए, मलाई नै हस्तान्तरण गर्दा गलत हुदैन थियो होला।

हामी बिद्यालयमा पनि बिस्तार एक अर्का संग बोल्न थालेका थियौ। उनलाई देर्दानै मेरो मुटुको धडकन ट्रेनको गतिमा दौडन्थियो।एक रात उन्ले म संग बोल्दा खुसी लाग्छ भनेको message देख्दा मेरो खुसिको सिमा थिएन।मैले मेरो मन मुटु उनलाई सुम्पेको थिए। एक रात आब त जे पर्ला पर्ला भनेर उनी संग आफ्नो मनको सबै कुर उनी माझ पोखे। उन्ले जवाफ भने दिइनन् तर मलाई बिश्वास थियो उनले कुनै न कुनै दिन मेरो प्रेम स्वीकार्ने छिन।म केटी हरु संग बोल्न समेत डराउने कसैको छेउछाउमा जादा पनि लजाउने, आज कसैलाई मायाको प्रस्ताव राखेको थिए…।
हामी message मा कुरा त गर्थें तर उन्ले फेरि येस् विषयमा कुरा गरिनन। करीब १ हप्ता पछी समिक्षाबाट मैले चाहेको उत्तर पाएँ। “त्यो रात थियो मङ्सिर १०” मेरो पहिलो प्रेम कथा सुरु भएको दिन।

Facebook ले हामीलाइ निक्कै मजबुत मायाको डोरीले बादेको थियो।हामि एक अर्काको मायाको गहिरो समुन्द्रमा डुबिसकेका थियौ। एक अर्काको मनमा रहेको कुरा पनि सजिलै बुझ्थ्यौ।मलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण बस्तु उनी लाग्थ्यो। बिस्तार उनी मेरो आवश्यकता हुन पुगिन..र म उनको।
हामी प्राय बिद्यालयमा बोल्न उचित हुँदैन सोचेर एक अर्कालाई हेरेर चित्त बुझाउँने गर्थे।समिक्षा आफु प्रेममा रहेको शिक्षकले थाहा पाएर घरमा सुनाउने डरले धेरौ जसो तनावमा हुन्थिन्,तेसैले पनि हामी एक अर्का संग स्कुलमा बोल्दैन थियौ।
समिक्षाको आगमनले मेरो एक्लो जीवन एक्लो रहेको थिएन।म बिस्तार अरु संग घुलमिल हुँदै थिए। मेरो एक्लै बस्ने बानी पनि बिस्तार हट्दै थियो, २-४ जाना मिल्ने साथि बनेका थिए।समिक्षा जीवनमा आएर जीवनको गाडी राम्रो गतिमा चलिरहेको थियो।
निकुश हामी प्रेम सम्बन्धमा रहेकोे देखेर निकै खुसी थिइ।अशाधै ठट्टालु र चंचल स्वभाव भए पनि निकुश पढाइमा भने अत्यन्तै मिहेनती थिइ। निकुशको आफू भन्दा १ batch ठुलो १० मा पढ्ने बिमल नाम गरेको केटा संग प्रेम सम्बन्ध थियो। उनीहरुको जोडी अद्वितीय थियो। प्राय बोली भन्दा गोलिको गतिमा आउने खुट्टाको प्रयोग गरेर उनीहरु माया प्रकट गर्थे। कस्तो अचम्मैको थियो उनीहरुको जोडी। कुकुर र बिरालो मिलेर बस्लान तर उनीहरु कहिले पनि मिलेर बसेनन।

समिक्षाको आगमन संगै मेरो जीवनशैली निकै फेरिएको थियो। धेरै जसो एक्लै बस्दा खुसी हुने म, अहिले धेरै साथि बनाएको थिए।हामी सम्बन्धमा रहेको करीब ३ महिना भइसकेको थियोे।हामीलाइ एक अर्काको बानी,रोजाई,कमि कम्जोरी, सबै राम्रो संग थाहा थियो। एक अर्काको दु:ख सुखामा सधै साथ रहने कयौं वाचा गरेका थियौ। हामी एक अर्काको जीवनमा आवश्यकता भएका थियौ।

सधै जसो एक दिन बिद्यालयमा lunch break को समय थियो,घर बाट नजिकै पर्ने कपन गुम्बाको ठिक पछाडि रहेको डाडोमा निकुश र बिमल घुम्न जाने कुरा भएको रैछ।समिक्षा र म पनि उनीहरु संग जाने निधो भयो।यो मेरो जिवनको पहिलो पटक कोहि केटी dating हुनेवाला थियो। म कहिले भोलिको दिन आउला भनेर सोच्दा सोच्दै कति छिटो रात बित्यो पत्तो भएन। समिक्षा र मेरो घर करीब ३० मिनेटको दुरिमा थियो। हामीले कहाँ कतिबेला भेट्ने सबै कुरा स्कुलमै मिलाएका थियौ।म र बिमल पहिला आएर बस्नु पर्ने थियो।महिला हरु समयको पक्का हुदैनन् भन्ने सुनेको थिए हो रैछ। म र बिमल भनेको ठाँउमा ठिक समयमा उपस्थित थियौ। समिक्षा र निकुशको अत्तोपत्तो थिएन।बिमल रीसले चुर भैरहेको थियो,मलाई पनि हल्का रिस उठिरहेकने थियो। उनीहरु लगभग आदि घन्टा ढिलो आइपुगे।उसको अनुहार देखेर मेरो सबै रिस संत भयो।बिमल र निकुश भने विश्व युद्ध गर्दै थिए।

समिक्षालाइ सिम्प्ल सेतो चस्मा, माथी कालो टीसर्ट र तल जिन्स लगाउदा पनि निकै राम्री देख्येको थियोे,कुनै फिल्मकी हिरोईन जस्ती।पहिलो date भएकालेे पनि होला मलाई निकै लाज लागिरहेको थियो। मेरो हातमा उनको तातो हातको स्पर्शले मेरो रक्त परिसंचरण निक्कै बढेको थियो। फिल्ममा भने जस्तै मनमा लड्डु फुटि रहेको थियो। निकुश र बिमल भने पछाडि बाट चिढ्याउदै थिए।करीब १ घन्टाको लगातार हिंडाइ पछी निकुश र बिमल हामि भन्दा अधि लागे।हामी भने फोटो खिच्न व्यस्त भयौं। झगडा गर्दै उनीहरु निकै पर पुगे। हामी शिवपुरी जंगलको फेदमा रहेको बाटोमा थियौं।जङ्गलको बाटो भएर पनि होला,पर पर सम्म पनि गाडी को साइसुइ थिएन। एक्कासि हामी दुई अंगालोमा बेरियौँ।
फिल्ममा मात्र देखेको कुरा आज आफैले अनुभव गरेको थिए।निक्कै लामो समय पछी उनी लजालु भावले म बाट छुट्टिन्।आफुले सबै भन्दा धेरै माया गरेको मान्छे संग पहिलो पटक अँगालोमा बाँधिएकाले त्यस रत मैले धेरै प्रयास गरे पनि निदाउन सकिन।त्यही एक पलको सम्झनाले कति छिटो रात बित्यो पत्तै पाइन।

म कस्तो मान्छे कस्तो भएको थिए ,शायद दैव पनि म र समिक्षालाई संगै देख्न चहान्थे।मैले उनको साथले आफ्नो परिवारको बिगत्का दु:ख हरु भुलेको थिए।उन्लाइ आफ्नो जिवन भन्दा पनि धेरै माया गर्न थलिसकेको थिए।मैले अबभने समिक्षा संग आफ्नो भविस्य देख्न थालेको थिए।मलाई उनी नै सबै थोक हो जस्तो लग्थ्यो। हाम्रो धेरौ जसो Facebook म कुरा हुन्थ्यो, कुरा गर्दा गर्दै रात कहिले बित्यो पत्तो हुदैन थियो। कहिले हाम्रो मायाको कुरा हुन्थ्यो र कहिले सानोतिनो कुरामा झगडा।

कक्षा ९ को अन्तिम परीक्षा पनि नजिकै आउदै थियो। पढाइको कारण हाम्रो कुराकानी थोरै कम भएको थियो।स्कुल बाट पढाइको अत्यधिक दबाब आउदै थियो। बिहान ६ बजे देखि साँझको ५ बजे सम्म गरेर ११-१२ घन्टा स्कुलमै बस्नु पर्ने भयो।त्यसैले पनि हाम्रो एक अर्का संग निक्कै कम कुरा हुन्थ्यो। करीब १-२ महिनाको कडा परिक्षम पछी जसो तसो गरेर कक्षा ९ को अन्तिम परिक्षा पनि सोचेको जस्तो राम्रो भयो।
केही दिनको छुट्टी पछी बिद्यालय पुन:संचालन भयो।आब स्कुलकै सबै भन्दा सीनियर विद्यार्थी हामी थियौ। कक्षा १० को यात्रा पनि निक्कै छिट्टै बित्दै थियो।उस्को र मेरो सम्बन्ध पनि निक्कै बलियो भएको थियो ।शिक्षकको डरले गर्दा हामी बिद्यालयमा नबोले पनि Facebook को messenge box नै हाम्रो भाव साझेदारी गर्ने मुहान थियो।धन्यवाद छ मार्क जुकरबर्ग र उनका साथि हरुलाई जस्ले गर्दा हामी जस्ता लाखौ प्रेमीप्रेमिका हरुको Facebook मर्फत मनको भाव आदान प्रदान हुन्छ। समिक्षा र मैले virtually भएपनी एक अर्काको साथ कहिले नछाड्ने कयौं वाचा गरेका थियौ।

अल्छि को माहा पोको म, प्राय घरको एउटा पनि काम गर्दिन थिए।उन्को गाली कयौं पटक खाएकाले, म अब भने घरको सन्तिनो काम गर्न थालेको थिए।आफ्नो धेरै जसो नराम्रो बानी मैले उन्कै निम्ति त्यगेको थिए।प्राय म आफ्नो भन्दा उन्को खुसीलाई प्राथमिकता दिने प्रयाश गर्थे।

मलाई समिक्षाको रीस हिरोशिमा र नागासाकीमा खसेको आणविक बम भन्दा पनि कयौं गुना खतरनाक लाग्थ्यो।उन्को रिसको केहि सिमानै थिएन।कयौं पटक त मा पनि उन्को रिसको शिकार भएको छु।मैले उन्को रिस को कारण कहिले जनिन र उसलाई प्रश्न पनि गरिन।जे होश मलाई लाग्छ,उन्को बुवाआमा को परिबारिक समस्य पनि होला उन्को रिसको कारण। त्यसैले पनि मैले उन्को रिस बारे उ संग कहिले कुरा गरिन।

हामी एक अर्काको साथमा भएको पनि करीब ६-७ महिना भइसकेको थियो।हामी दुबै पढाइमा व्यस्त भए पनि एक अर्का संग Facebook बाट बोलिरहेकै हुन्नथ्यौ।निकुश र बिमलले सनिवार मिलेर स्वयम्भू जाने कुरा गरेका थिए। यो पाली भने समिक्षाले जन नभ्याउने भने पनि निकुशले जसोतसो गरेर उसलाई राजी परेकी थिएन।
यो समिक्षा र मेरो दोस्रो date थियो।हामी सुकेधारा बस पार्क बाट स्वयम्भू लाग्ने बस चाडेकाे करीब १ घन्टामा गन्तव्यमा पुग्यौं।कपन बाट नजिकै भएपनि म पहिलो पटक स्वयम्भू आएको थिए। निक्कै रमाइलो  रैछ स्वयम्भू वरपरको वातावरण।

“निकुश र बिमल”…यो जोडी मेरो मस्तिष्क बाट भुलेर पनि हट्दैन होला।उनीहरुलाइ नत कसैको डर थियो नत त्राश। स्वयम्भूमा हजारौं मानिसको अगाडि पनि उनीहरु कुकुर र बिरालो जस्तो झगडा गर्दै थिए। फरक यती मात्र थियो उनीहरु एक अर्का लाइ माया, झगडा र गालीको मार्फत प्रकट गर्थे।जतिसुकै झगडा गरेपनी उनीहरुको मनमा एक प्रति अत्यन्तै माया गर्थे।

हामी करीब २-३ घन्टा पछी फर्कियौ। सुकेधाराको बाट पार्क बाट हिंडेर घर जाने सहमति भयो।बाटोमा निक्कै ठुलो कृष्ण मन्दिर थियो, हामी ४ जाना दर्शन गरेको केहि बेर त्यही बस्यौं। निकुश र बिमल सेल्फी खिच्नमा व्यस्त थिए।समिक्षा भने निक्कै रोमान्टिक मूडमा देखिन्थी। उन्को नसालु आँखाले मलाई तानेर म उनको निक्कै नजिक पुगे। हामी दुबैले एक अर्काको अनुहार निक्कै बेर हेर्यौ।पिपल बोटको सितल छहारिमा उन्को र मेरो पहिलो चुम्बन भयो।उन्को गुलाफको फुल जस्तो ओठले मेरो ओठ छुदा मेरो पैताला देखी सिर सम्म ४४० volt current को जोडदार झटका लागेको महसुस भयो। उन्को ओठको स्पर्सले रक्त परिसंचरण निक्कै बढन थल्यो, मेरो मुटु छाती चिरेर बाहिर आउने गरि धक्धक गरेको कम्पन, मलाई लाग्छ समिक्षाले पनि महसुस गरिन होल। उनी र म निक्कै कसिलो अँगालोमा बेरियौ।
उनको अनुहार पाकेको टमाटर जस्तो रातो भएको थियो। थाहा थियो हामीलाई यो सब गलत थियो तर पनि हामीले Teen age अवस्थाको चंचल र चुल्बुले मनलाइ नियन्त्रण गर्न सकेनौं।

तर हामिले पाप गरेनौं जस्तो लाग्छ, किनकि त्यो माहाप्रेमी श्रीकृष्णको मन्दिर थियो। चोखो प्रेम गर्दा के पाप लाग्ला र ..हैन त ??

अरुले भनेको सुनेको थिए मायामा निक्कै चोट अनि दु:ख खप्नु पर्छ, तर मैले भने निक्कै नमिठाे थप्पड खानु पर्यो, प्रहरी को….।
दशैको समयमा स्कुल बिधा भएकाले निकुश आफ्नो गाउँ गएकी थिइ।समिक्षा र म मात्र घुम्न जाने योजना बनाएर लाग्यौ कपन गुम्बा।हाम्रो dating point कपन गुम्बा भइसकेको थियो।बाटोमा हाम्रो पछाडी बाट निक्कै ठुलो आवाजमा कसैले हामीलाई बोलायो।प्रहरीको van मा दुई जाना प्रहरी थिए। उनीहरु हाम्रो सम्बन्ध बारे सोद्न थाले। समिक्षा निक्कै डराएकि थिइन, उन्ले मधुरो स्वासमा हामी दाजु बहिनी हो भन्दा त मनमा ध्याङ्रो बजेको थियो। प्रहरीले मलाइ पनि त्यहि प्रश्न सोधे, मैले पनि हो को इशाराले टाउको हल्लाएको के थिए, प्रहरीको हात गोलिको गतिमा मेरो गालामा बजारिन पुग्यो।

कस्तो अचम्मको प्रहरी रैछ देशको माफिया,भ्रस्टाचारि,चोर लाइ हान्नु छोडेर म जस्तो सोझो साझो प्रेमी माथी हात उठाउने कारण के होला?। नत मैले केही अपराध गरेको थिए। के माया गर्नु अपराध होर? येस्ता प्रश्न मन्मा उत्पन्न भएको थियो जुन मैले मन्मानै लुकाउन उचित ठाने।

प्रहरीले मोटो डायरी निकाल्दै हाम्रो नाम थर,फोन नम्बर अनि आमाबाबुको नाम थर लेख्न थाल्यो। निक्कै बेर हाम्रो घर परिवारको डर देखाएपछि घर जाने अनुमति दियो। मन्मनै निक्कै डर लागे पनि मलाई खुब हास्न मन थियो तर रोके। घर पुगेर video कलमा हामी त्यो कुरा सम्झिदै खुब हास्यौ।हामीलाइ यो कुरा घर सम्म पुग्छ  भनेर एक दुई दिन त डर लागेको थियो, तर यो कुरा समिक्षा, मेरो र मलाई चाड्काउने प्रहरी बिच मात्र सिमित भयो।

केही दिन पछी तिहार पनि नजिक आउँदै थियो।हाम्रो कक्षा बाट करीब ९ जानाको टोलि देउसीभैलो खेल्न जाने कुरा भयो, जस्मा म र समिक्षा पनि थियौं।महिनावारीको कारण,तिहारको उज्यालो बत्ती र दियोको बिच्मा पनि समिक्षाको अनुहार भने अध्यरो देखिन्थ्यो। उनको अनुहारम थोरै रिस पनि थियो। मैले धेरै पटक उ संग बोल्ने प्रयास गरे तर बोलिनन.. मलाई थाहा थियो, यस्तो समयमा महिलालाइ चिडचिडापन,टाउको दुखाइ सामान्य थियो, त्यसैले पनि मैले उन्को यस्तो व्यबहार लाई नजरअन्दाज गरे।

दशै,तिहार को बिदा पनि सकिएको थियो। बिद्यालय प्रसासन पनि कक्षा १० को पढाइ प्रति गम्भीर भएको थियो। समिक्षा पनि पहिला भन्दा निक्कै परिवर्तन भएकी थिइन। उनी धेरौ सानो कुरामा पनि अत्यान्त रिसाउन थालेकी थिइन।उनी पहिलो जस्तो म संग Facebook मा कुरा गर्न रुचि राख्दिन थिइन्। बिस्तार हाम्रो दूरी निक्कै तिब्र रुपमा बढीरहेको थियो।उनको बानी पहिला भन्दा निक्कै परिवर्तन भएको मैले महसुस गरेको थिए। बिस्तार म प्रती समिक्षाको लजालु बोली र अनुहारको चिनी भन्दा कयौं गुना मीठो मुस्कान हट्दै गयो र कहिले फिर्ता आएन।

पढाइको दबाब भएता पनि हाम्रो कक्षा लाई शैक्षिक भ्रमणको लागि पोखरा,बन्दिपुर र घान्द्रुक लग्ने सूचना आयो।म घुम्न जाने भन्दा पनि उ संग दिल खोलेर कुरा गर्न पाइन्छ भनेर निक्कै खुसी थिए। दिन बितेको पनि पत्तो न हुने रैछ। कार्तिक २६ गते सबै साथी हरु बसको सिटमा बसेर हल्ला गर्दै खुब रमाइलो गर्दै थिए।सबैको अनुहारमा खुसी प्रस्ट देख्न सकिन्थ्यो,खै! मैले मेरो कहा भुले।
उनी सम्बन्धमा भएपनि मलाई कहिले नचिनेको मान्छे जस्तो गर्दै थिइन। मायाकै कारण कम्जोर भएको मन के नै खुसी होला र! मेरो मन्मा हजारौं कुरा खेल्दै थियो। साथि हरु, सुरु सुरुमा त बसको सिसा फुट्ने गरि हल्ला गर्दै थिए तर केहि समय पछी कोहि आफ्मो फोनमा व्यस्त हुदै थिए कोहि सेल्फीमा विभिन्न पोज दिदै थिए। म भने मनमा हजारौं कुरा खेलाउनमा व्यस्त थिए। निक्कै लामो यात्रा पार गरेर हामी बन्दिपुर बजार पुग्यौं। भ्रमणको पहिलो रात बन्दिपुरको होटलमा बित्यो। समिक्षा म संग अहिलेसम्म पनि एक शब्द पनि बोलेकी थिइनन्।एक प्रेमीलाई उसको प्रेमिकाले नजरअन्दाज गर्दा कस्तो महसुस हुन्छ मैले त्यस दिन राम्रो संग महसुस गरेको थिए।
हामी दोस्रो दिन पोखरा पुग्यौं, सबै जाना निक्कै खुसी देखिन्थे,सबै जाना रमाइलो गर्नमा ब्यस्त देखिन्थे। म भने पर बाट समिक्षाले मनिष संग विभिन्न सेल्फी पोजमा फाेटाे खिचेको देखेर एक्लै धुम्धुम परेर बसिरहेको थिए। मनमा “म संग बोल्न पनि  नहुने अरु संग फोटाे खिच्ने” भन्दै बच्चाले चक्लेट नपाए र गनगन गरेजस्तो गर्दौ थिए।

“मनिष” मलाई यो पात्र खै किना बिद्यालयमा आएको पहिलो दिन देखी राम्रो लाग्दैन थियो।उ समिक्षाको बाल्यकाल देखीको मिल्ने साथी रहेछ।मौरी फुलको तलासमा रहेको जस्तो उ धेरै जसो समिक्षाकै अघि पछी देखिन्थ्यो।समिक्षा पनि उसलाई निक्कै मिल्ने साथि मान्थिन।मलाई राम्रो संग थाहा थियो, उ संग मिलेको नाटक गरेपनी मन्मा म प्रती खुब रिस थियो।

 पोखरामा समिक्षा र मनिष निक्कै नजिक देखेर पनि होल मेरो मन्मा हजारौं नकारात्मक सोच आए।सबै साथिहरु एक अर्का संग खुब रमाइलो गर्दै थिए,म भने एक्लो परेको थिए।मलाई छिटो भन्दा छिटो घर फर्किन मन थियो तर अझै घान्द्रुक पुग्नै थियो।तेस्रो दिन हामी घान्द्रुक तर्फ लाग्यौ।फोटाे जस्तै घान्द्रुक वास्तवमा राम्रो थियो, तर मेरो मुहार भने ग्रहण लागेको जून जस्तो भएको थियो।समिक्षा संग “मलाई किन एक्लै पारेको? म संग बोल्नु पर्दैन”? जस्ता प्रस्न सोध्न मन थियो तर उनी धेरै जसो मनिषकै वरिपरी हुन्थिन।त्यसैले पनि मेरो मनमा उत्पन्न भएको प्रश्न मेरै मन्मा दबाउन बाहेक अरु केही समाधान थिएन।

उ म बिना पनि खुब खुशी देखिन्थि,त्यसैले पनि होला उ म संग एक शब्द बोल्न पनि नचाहेको।जादा खुब सपना बुनेर हिडाेको म फर्कदा भने प्रेममा हारेको महसुस भएको थियो। ४ दिने भ्रमणको अन्य हुना साथ घर पुगेर सम्पुर्ण याद सम्झेर मनलाइ शान्ति पर्न खुब रोए।कस्ले भन्छ केटा मान्छे रुदैन?आखिर मलाई मायाले चोट जो दिएको थियो।

घर फर्केको दोस्रो दिन कक्षा १० को लागि मात्र छुट्टी दिइएको थियोे। छुट्टीको दिन दिउँसो समिक्षाको निक्कै लामो message आयो, जस्मा ४ महिना सम्बन्ध बाट ब्रेक लिने अनि ४ महिना पछी फेरि सम्बन्धमा बस्ने कुरा थियो।उन्ले स्कुलमा पनि हामी दुइ बीच कहिले पनि सम्बन्ध नभएको नाटक गर भनेकी थिइन।मैले बुझिसकेको थिए उनको ४ महिना केवल एउटा बहाना हो। मैले उनलाई येस्तो नगर्न हजारौं बिन्ति गरे,तर उनले मेरो एक सुनिनन।अभ भने म भित्र बाट टुटेको थिए।म संग उनको मिठो याद बाहेक अरु केही पनि रहेन। मैले आश मरिसकेको थिए उन्को बन्ने। मलाई बिश्वास थियो उ अब कहिले पनि मेरो हुदिन, तैपनि उन्ले ४ महिना पछी हामी फेरि सम्बन्धमा बसौंला भनेको कुराले झिनो आशा मन्मा बसाएको।

उनी ४ महिना पछी आउने आशमा मेरो दिन बित्दै थियो। म हर्पल उनैको यादमा डुबिरहेको हुन्थे। उन्को यादमा बाचेको म कहिले ४ महिना बित्ला भन्दै आफ्नो अस्तित्व  गुमाउँदै थिए।पढाइ पनि खस्केको थियो, सम्पुर्ण शिक्षकहरु मेरो गति देखेर अचम्मित हुनुहुन्थ्यो।म आफुले आफुलाइ भित्र-भित्र  बाट मर्दै थिए।
एक्लोपनले मेरो जिबनमा फेरि डेरा बसाई सकेको थियो।म भिडभाडा बाट टाडा बस्न रुचाउथे। समिक्षाको अनुहार स्कुलमा दैनिक देखिन्थ्यो तर केही बोल्न पहिदैन थियो।उनको messenge box मा मन्मा रहेका हजारौं कुरा messenge गर्थे..तर नत उनले मेरो messenge हेर्न जरुरी ठानिन नत मेरो हाल्चाल सोध्न नै।
पढाइ डामाडाेल भएको थियो। म उन्को पर्खाइमा बचेको थिए।करीब १ हप्ता पछी समिक्षा र मनिष प्रेम सम्बन्धमा रहेको कुरा थाहा पाए…..।उनले म संग छुट्टिने कारण समेत सुनाउन जरुरी नठानि अरु कोहि संग नयाँ सम्बन्धमा बस्न पुगीन्।आफ्नै मन्ले आफैलाई दोष दिन बाहेक म संग अरु केही रहेन।

समिक्षा रिसमा हुँदा खुब सम्झाउने गर्थे, धेरै सजिलो हुने रैछ अरुलाइ सम्झाउन तर आफुले आफुलाइ सम्झाउन एकदमै गार्हो।

समिक्षा संगको बिछेड पछि मेरो जीवन त्यो चन्द्रमा जस्तो भएको थियो जुन सुन्दर थियो तर एक्लो।

म त्यो केटाे, जसले आफु भन्दा धेरै माया गर्ने मान्छे बाट पाएको थिए त केवल धोका। भनिन्छ कसैलाई हद भन्दा धेरै माया गरियो भने त्यो मायाको आगोले आफैलाइ पीडा हुन्छ, हो रैछ…। म त्यो प्रेमी जस्को जिवानमा केही बेर को उज्यालो पछी फेरि अन्धकार छाएको थियो।मलाई उनको समुन्द्र जस्ता गहिरा आँखा संग प्रेम थियो,उनको हल्का बिग्रेको दात संग प्रेम थियो, वास्तवमा मलाई उनको नमन्पर्ने केही थिएन।मायामा नत मैले उनको गल्ती देखे नत कम्जोरि।मैलेत गरेको थिए केवल चोखो प्रेम।…………..!!

समिक्षा संग प्रेम सम्बन्ध टुटेको आज करीब ५ महिना भएको छ।मैले पहिलो जस्तो तनाव लिन कम गरेको छु।अहिले मेरो जिवनको गाडी राम्रै संग बडेको छ।ती बिगतका तितो पल हरु नराम्रो सपना झै भुलेको छु।मलाई तिमी प्रति केहि गुनासो छैन समिक्षा,सायद भाग्यमा नपरेको उपहार हौं तिमी,कोसिस त गरे तर अरु कसैले जीत भयो म हारे। मेरो जिवममा आएर मेरो दु:ख को समयमा साथ दिएकोमा धेरै धन्यवाद तिमिलाइ।
तिम्रो मायालु साथले मैले आफ्नो परिवारको इतिहास र दु:ख भुल्न पुगेछु।मेरो जिविन मलाई महत्त्वपूर्ण नहोला तर म ती ३ दिदि को भाई, सम्पुर्ण जीवन अरुको भनाइ र कष्ट खपेर बाचि रहेकी मेरि आमा र भविस्यमा मेरो प्राण भन्दा प्यारो बुवाको कात्रो बोकेर दाहसंस्कार गर्नु पर्ने मेरो काधमा जिम्मेवारि छ।तिम्रै कारणले मैले निकुस र बिमल जस्ता पात्र लाइ साथि भन्न पाएको छु। तिम्रै कारणले म आफ्नो परिवार प्रती एक जिम्मेवारी छोरा बनेको छु। धन्यवाद समिक्षा, तिमिले मेरो जीवनमा यो सब सकारात्मक परिवर्तन गरेकोमा।येदि तिमी मेरो जिवनमा नआएको भए म आफ्नो परिवारको महत्त्व बुझ्दिन थिए होला। त्यसैले तिम्रो साथ तथा तिम्रो धोका दुबै मेरा लागि महत्त्वपूर्ण बन्न पुग्यो।

मेरो सम्पुर्ण जिवानमा साथ दिने वाचा ताेडे पनि मलाई तिमी देखी केहि पनि गुनासो छैन।तिमी जोसुकै संग खुसी रहे पनि,तिमिले अन्तिम सास फेरे सम्म पनि तिम्रो आँखा बाट आशु न्बर्सियोस।तिम्रो चन्द्रमा भन्दा उज्यालो अनुहार बुढेसकालको अंतिम पल सम्म पनि उतिकै उज्यालो होस्।निस्वार्थ माया गर्ने जीवन साथी पाहुने छौ भन्ने आशा छ…समिक्षा!!!

 ( -by Sundar Kafle)

sundarkafle000@gmail.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button