काल्पनिक प्रेम – कथा

भुर्र उडेर एउटा ढुकुर भर्खर बैंसले ढकमक्क भएको आरुको फुलको बोटमा आएर बस्छ, कसैलाई खोजेको झैं गरेर यता उता मुन्टो घुमाई राख्छ, एकैछिनमा अर्को ढुकुर पनि उडेर आउछ त्यही हाँगा मा बस्छ, पहिलो आउनि ढुकुर अलि नखरा देखाए जस्तो गर्दै पछि आउनि ढुकुर भए तिर लाग्छ, उनिहरु नजिक हुन्छन, आफ्नो आफ्नो ठुड जोडेर एकअर्कालाई प्रेम गर्न थाल्छन, साएद यिनिहरु एक प्रेम जोडी हुनु पर्छ, पति पत्नि वा प्रेम प्रेमिका,  प्रेमको महासागरमा डुबेर, प्रकितिको सुन्दर थोकहरुमा  सहेर गर्दै एकअर्कालाई मात्र प्रेम गर्न जानेका, आरुका  बैंसले ढकमक्क भएका बैजनी रंगका फुलहरु पनि हावा संगको प्रेमलिलामा मग्न छन्, कोहि आफ्नो उर्लदो बैंसलाई सम्हाल्न नसकेर बिस्तारि भुइतिर झर्दै छन्, त्यहि एउटा सफा निलो प्रेम कुण्ड छ, तेस्को गहिराई आकाश भन्दा पनि धेरै छ, प्रेम गर्ने  प्रेम जोडी जो कोहीलाई पनि यो कुण्डमा हामफालेर  आफ्नो प्रेमको गहिराई नाप्नु मन लाग्छ, म त्यही कुण्डको किनारमा बसेर ति द्रिस्यहरुलाई नियाल्दै छु, यस प्रेम कुण्डको पनि आफ्नै कथा छ, यो मेरा आफ्नै कल्पनानिक  कथाकारले भनेका थिए, मेरो कल्पनानिक कथाकार भन्दै थिए ”सत्ययुगको अन्त्यतिर देव लोकमा धेरै महापुरुषहरु थिए, जसले पुरै देव लोकमा आफ्नो शासन कालमा अनौठो अनौठो कुराहरु गरेर आफ्नो प्रतिष्ठा कायम राख्न सफल भएका थिए, तिमध्ये एउटा सम्पूर्ण गुणले भरिपुर्ण महापुरुष जसलाई देव लोकको सुख भोग, रासलीला, योन तृष्णा, अनि अनौठो काम गर्ने अभिलाषाबाट दिक्क लागेर केहि समयको लागि पृथ्वी भ्रमण गर्नु मन लगेछ, उनि देव लोककै भेषमा पृथ्वी माथि आफ्नो रथ घुमाउदै घुम्दै थिए, त्यहि बेला प्रेमनगरको एक सानो कुण्डमा उनको रथ अडिन्छ, उनले देख्छन त्यहाँ एउटा सुन्दर स्त्री, जसको सुन्दरता ले कामवासना र प्रेम भावको तृष्णा लाई चरम उत्कर्षमा पुराउन सक्थियो, ति महापुरुसले आफुमा भएको प्रेम भावलाई पनि रोक्न सक्दैनन्, उनि आफ्नो रथबाट ओर्लिएर ति स्त्रीको नजिक जान्छन, स्त्री झस्किन्छिन्, तर ति पुरुसको झल्झल बलेको सुन्दर मुहार, देव भेषमा सजिएका राम्रा सुसिल व्यक्तित्व देखेर स्त्री पनि अवाक हुन्छिन, उनिहरु बीच बिस्तारि प्रेम झाँगिदै जान्छ, केहि समय त्यो कुण्डको वरिपरि उनिहरु प्रेममय सुखभोगमा हराउछन । १ दिन २ दिन गर्दै ति महापुरुषको देवलोक फर्किने समय आउछ, तर उनले स्त्रीलाई जति नै कोसिस गरे पनि उनको नगरमा लान सक्दैनन्, अनि आफ्नो गुरुसंग उनले आफ्नो समस्या बताउछन, गुरुले उनको समस्याको समाधान गर्नी उपाए पनि बताउछन, गुरु भन्छन ”ति स्त्री  अहिले पृथ्वीमा छिन, तिमिसंग जानु छ भने उनले पृथ्वीमा भएको देह त्याग गर्नु पर्छ र उनको आत्मालाई तिमि देवनगर लान सक्छौ, गुरुको कुरा सुनेर उनि शोकाकुल हुन्छन, उनि निराश हुन्छन, जब यो कुरा उनले ति स्त्री संग गर्छन तर उनले आफु भन्दा बिल्कुल फरक उनलाई पाउछन, प्रेमको तृष्णा मा चुर्लुम्म डुबेकी स्त्री खुसि खुसि त्यो कुण्डमा हाम्फाल्छिन र देह त्याग गर्छिन र उनको आत्मा हावामा उड्दै उनकै महापुरुष छेउ आइपुग्छ, अनि खुसि साथ् उनिहरु रथमा बसेर देवनगर प्रस्थान हुन्छन, त्यही देखि यो कुण्डलाई प्रेम कुण्ड भनेर भनिन्छ”, प्रेम कुण्डको छेउमा अहिले मिठो सुन्दरता छ, प्रकृतिको प्रेमिलो आवास छ, म त्यही रस को रसपान गर्दै छु, म एक्लो छु नितान्त एक्लो, मात्र मेरो अगाडी त्यो प्रेम को अति नै प्रतापी संसार छ, त्यो ढुकुर को जोडी, त्यो बैंसालु आरुको फुलहरु, त्यो सुन्दर प्रेम कुण्ड, म फेरि ति दृष्यहरुबाट नजर हटाएर आकाश तिर आफ्नो नयनलाई सहेर गराउछु, हलुका सेतो चम्किला बादलहरु बिस्तारि निलगगनमा नृत्य गर्दै छन्, त्यहि बादलहरुको एउटा थुप्रोमा गएर म तिम्रो आकृति कोर्न थाल्छु, एकै छिनमा तिम्रो अक्रितिले निलगगनमा प्रस्थान गर्छ, बादलहरु उडिरहेको हुन्छ, तिमि त्यहि बादलसंग लुकामारी गर्दै उडिरहेकि हुन्छौ, म तिम्लाई हेरेर यसै यसै मोहित भएको हुन्छु, एकोहोरो भएको हुन्छु, मेरो अगाडी भएको प्रेम कुण्डमा तिम्रो प्रतिरुप, चन्द्रमा पानिमा देखिए झैँ प्रस्ट देखिन्छ, म त्यही प्रेम कुण्डमा हामफालेर तिम्लाई भेट्नको लागि अगि बढ्छु, फेरि तिमि हावाको एक झोक्कामा बिलाई हाल्छौ, म प्रेम सोकमा पर्छु, मेरा आँखा धमिला भएर आँसु बग्न थाल्छन, अनि फेरि त्यहि प्रेम कुण्डमा हामफालेर प्राण त्याग गर्नु मन लाग्छ, अगाडी बढ्छु, प्रेम कुण्डको निलो पानीमा तिम्रो छाया फेरि सल्बलाउन थाल्छ, अनि खुसिले मन भरिएर आउछ, फेरि त्यहि किनारको हरियो घाँसमा पल्टिन्नछु, अनि शिर लाई हातको शिरानी बनाएर, तिमि तिरै नजर घुमाउछु, बादलका केहि थुप्रोहरुले संगीत भरे झैँ लाग्छ, केहि थुप्रोहरु तिम्रो नाच हेरेर तालि बजाएझैँ लाग्छ, बादलमा देखिएको तिम्रो आकृति कुनै मूर्तिकारले बनाएका देवीका सर्ल्कका परेका आकृति भन्दा कम छैन, लामा केश, ठुला आँखा, नाक को टुप्पो थोरै उठेको, लामो घाँटि, पुस्ट र चौडा  तिम्रो वाछ्स्थल, अनि छिनेको तिम्रो कम्मर, फेरि मेरो लोबी मन बादलका केहि थुप्रोहरु संग डाहा गर्न थाल्छ, केहि उत्ताउला पुरुषहरुले तिम्लाई छुन खोजे झैँ लाग्छ, अनि फेरि म निरास हुन्छु, तर तिमि आकाशमा, बादलुको एक काल्पनिक आकृति भएपनि मेरो कुरा बुजेर होला फेरि हावामा उडेर बिलाई दिन्छौ, अनि ति पुरुषहरु हेरेको हेरै हुन्छन, म खुसि हुन्छु, अनि फेरि तिमि आउने प्रतिक्क्ष्यामा त्यहि प्रेम कुण्डको वरिपरि डुलिराख्छु र आकाश तिर आँखा उठाइराख्छु ।

-Keshar Khatiwada

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button