खुशी- एक प्रेमकथा
by SHISHIR PARAJULI
बानेश्वर चोकमा उनलाई कुरिरहेछु । केहि मान्छेहरू गाडि कुरिरहेछन्, पसलेहरू ग्राहक कुरिरहेछन् । कुर्न कति गाह्रो हुन्छ । सुहागरातको पर्सीपल्टै सुटकेस बोकेर गएको लोग्नेलाई कसरी कुर्छिन् होली उसकि प्रिया ? कसरी कुर्छन् होला माटो झिक्न जाँदा ढिस्कोमै पुरिएकि आमाका टुहुराहरू ? कुर्न साँच्चै भयानक हुन्छ ।
तर केहि पर्खाईहरू मीठा हुन्छन् । दशैँबिदाका राता तिथिहरू हेर्दै हेर्दै दशैँ कुर्नु रोमान्चक हुन्छ । म पनि हेरिहेछु राता टिसर्टहरू । कुनै एउटा टिसर्टभित्र सरक्क सजिएर आउँदैछे होली उ !
आज बानेश्वरको द रेडिज क्याफेको ईनडोर दुई राता शोफा सिटमा ऊ र म आमने सामने, चैतको दोस्रो सातातिरको ऊखरमऊलो मौसममा केहि सालिन तर बैजनि वान पिसमा केहि आत्मविश्वास भरिएकी साथी सँग डेटिंग । ओठमा फिक्का कलेजी लिपिस्टिक, आँखी भौंलाई अर्ध ईन्द्रेणी आकार झैं तिखारेकी गाजलले आँखालाई अलि कामुक गर्दै परेलीलाई अलि ऊचालेर बैजनी रंग सिंगारेकी । देब्रे हातको हत्केलामा खुशी कोरेको टाटूःसेतो सामसुगंको स्मार्ट मोबाईल, अनि आधा खैरो र रातो गरि नबादी छोडेको रंगिन स्यागि कपाल । म ऊसको सुन्दरतामा डूब्दै रहे । मैले सोचे भन्दा केहि फ़रक पक्कै थिई तर भर्खरै कुपुकक निलुम जस्तै मिठो वासनाले प्रिय बन्दै थिई ।
मेरो आँखा र मनको अन्तरंगलाई उसको हाऊ,भाऊले केहि रंगिन बनाऊदै थियो, अगाडीको मेन्यूलाई इंगित गर्दै मेरो एकोहोरो ऊ प्रतिको एकाग्रता उसैले भंग गरी, म सुभिन, ऊ खुशी । अनायसै कोरिएको सम्बन्ध ।
के खाने । केहि बेरको सुन्यतालाई उसैले तोडी ।
म त भेज, तिमी भेज कि नन्भेज ?
आजलाई म पनि भेजनै भईदिन्छु । उसले मै प्रति सदासयता देखाएझैं गरी । म नि के कम, गमक्क परिहाले ।
म फ़्रेंच फ्राई, आफ्नो मेन्यू फिक्स गरे ।
अंम म चाँहि साऊथ ईन्डियन मेन्युको पारखी, डोसा । तर मसला वाला है । ऊसले आफ्नो रोजाई नि सुनाई ।
छेऊमै अघि देखि उभिराखेको लिखुरे ओईटर अलि निउरियो । म्याम यति मात्र ?
दुई गिलास पानि पनि । यसमै थपिदेऊ नत् । मैले उसको आकंक्षालाई केहि रोमान्चित गर्न खोजे ।
लिखुरे ओझेल नपर्दै ऊसले आफ्नो हॉसो खप्न नसके झैं गरि जोड़ेंले हॉसी । लिपिस्टिकले भरिएका ओठका दुरी केहि बेर दुरीनै रहे ।
फेरि वरिपरि हेरि अनि दुबै ओठ बेसरी एकै ठॉऊ थुपारी । अगाडि चोसो निकल्दै भनि । छुच्चो जति बेला नि रमाईलो गर्न आउछ है ? केहि दिन देखि उसले मेरो उपनाम राखिदिएकी थिई ।
डोसा मनपर्छ ? उसले सोधि ।
ठिकै, त्यति खाएकै छैन् ।
किन ? फेरि सोधी ।
अवसर नमिलेर । आज त गजबको अवसर छ नि ।
कसरी ? मैले प्रश्न गरे ।
म सँग सेयर गर्ने । उसले अवसरको अफर गरि ।
जूठो ? मैले ब्यांग सैलिमा आश्चर्य जनाए ।
जूठो भने र ? उसले उस्तै जवाफ दिई ।
सेयर भनेपछि त्यहि त होला नि भनेर । मेरो फिस्स हॉसो सँगै उसलाई अझ बेजोडको तर्क थपिदिए ।
फेरि छुच्चो । सासैले आभास हुने गरि आवाज ननिकालि ओठ थुपारेर छोडि ।
भाई, ऊत्ता छेऊमा ऊभिराखेको लिखुरेलाई ईसारा गरी ।
हजुर म्याम् ऊ आज्ञाकारी झैं उसैको छेऊ पुगेर आदेश सोध्यो ।
हाम्रा छेउछाउका बस्ने प्राय कुर्ची टेबल भरिदै थिए ।
त्यतीबेला सम्म पनी उ अरूका जोडी भन्दा हेर्न लायक नै थिई ।
लस्सी छ कि नाई ?
छ ।
म प्रर्ति हेर्दै सोधि । ओ हिरो हजुर नि लस्सी पिउने ?
नाई, मैले ईन्कार गरे ।
किन ?, एक्लै त कसरी खाने ?
सेयर गरुलानी । तिमी एएटा अर्डर गर न । म नि के कम मौका पाईहाले ।
बदमास ।
लिखुरे एउटा अर्डर लस्सीमै सिमित हुदैं ओझेल पर्यो ।
लिखुरेले ल्याएको मेरो अर्डर, ऊसको डोसा, टेबलमा घट्दै थियो ।
चिस्सो लस्सी टुपुक्क ऊसैतिर नजिक राख्दै । फिस्स हाँस्दै ऊ अर्कों टेबल तिर मोडियो ।
लस्सी पिउनुन्, मलाईनै अर्डर गरेझैं ऊसले आफूतिरको गिलास म तिर टुपुक्क पारी ।
होईन लेडिज फस्ट् ।
भो, भो पर्याछैन् फस्ट् हुन । आज हजुरनै फष्ट बन्नुस् त हेरुम ।
मैले केहि नबोलि सुरुप्प ताने । चिस्सो दिमाखमै पुगेर फर्के जस्तो ।
माहौल रोमान्चित हुदै थियो । ऊसको जुठो मेरो जुठो । चल्दै गयो ।
तिम्रो जुठो त अलि मिठो मिठो पो रै छ त मैले जिस्किने बहाना गरे ।
हो नि.. १ ऊसले नि थपी ।
मिठो खाने बानिले तिम्रो जुठो खान पल्के भने ?
बदमास्त्य । ति मात्र भनेर सुरुप्प लस्सी तानी । अलिकति छ सुरुप्प पार्दिनु । मलाई बिनम्र गरी ।
म टेलाए झैं उसको यो आग्रहलाई वेवास्ता गर्दै थिए ।
किन डराएको । छोरि पाँउछु भनेर हो कि क्या हो ?? गजबले डाईलग मारी ।
मैले पाऊने हो त ? खोई केटाले नि बच्चा पाऊछन् ? म नि के कम, मारिदिए फ़िल्मी डाईलग
एकछिन् अवाक् बनी ।
बदमास् ।
दोस्रो उपनाम सुम्पेर बिट मारी ।
वास् रुमको संकेत गर्दै ऊसले आफ्नो पातलो शरिर जरुक्क उचालि । ऊ देखिन्जेल मैले नि उसको पिठ्यूमै भएपनि नज़र राखिरहे ।
अगाडिका डोसा र फेर्न्च फ्राईका रित्ता पेलट् लिखुरेले समेल्दै थियो ।
सर, उसले मेरो एकाग्रता भंग गर्यो ।
भन भाई, मैले उसको ऊत्सुकता प्रति ध्यान दिए ।
अघि यॉहा वस्ने हजुरकी गर्लफ़्रेण्ड ? उसले साहसै गरिदियो सोध्ने ।
मैले टाउको हल्लायरै उसको जिज्ञासालाई सहि हो भन्ने भान गरिदिए ।
निकै राम्री हजुरकी गर्लफेन्ड, ऊ आफै रोकियो । टेबल पुछेर उ म तिर फिस्स हाँस्यो ।
मेरो थ्याइंक्यू पनि उसले वास्ता नगरी ओझेल पर्यो ।
अघि सम्म आमुने सामने, वास् रूम पछिको बसाई मेरो समिपमै ।
नेपथ्यमा प्रमोद खरेलको ‘अन्त माया लाको भए नलुकाऊ भो तिमीले’ भन्ने गीत बजिरहेको थियो ।
सुन्तला कलरको भित्तामा रहेको डिजिटल घड़िमा सांझको ४ बज्दै थियो । वरिपरिका लन्चकोच प्राय सबै भरिभराउ हुदैंथिए ।
मेरो मनमा पौडिरहेको आनन्दमय क्षणले डेटलाई लम्बाईरहन मन थियो ।
अलि पर उभिराखेको लिखुरेलाई ईसारा गरे ।
लिखुरे मेरो नजिक निउरियो ।
आईस कफि बन्छ ? मैले सोधे ।
बन्छ सर । कति वटा ??
म पनि । उसले थपि ।
२ वटा गरन् त ।
मन्टो हल्लाऊदै उ ओझेल पर्यो ।
समय साँझको पलतिर ढल्कदै थियो ।
हाम्रो भेट छोटिने अवस्थामा थियो ।
पर उभिराखेको लिखुरेलाई बिल ल्याउन ईसारा गरे ।
मेरो अगाडिकी ऊ, मेरो फेसबूके डेट ! उसले घाँटीमा लगाएको सिक्रीको लकेट अलि तल सम्म पुगेको थियो ।
अलि-अलि खुलेको गलामा मेरो नजर पुगेर टक्क रोकियो ।
सायद लकेट त अलि भित्रै लुकेको रहेछ, अब यो आँखाको बस भित्र रहेन ।
रातो डकेट बुक भित्र लिखुरेले हामी बसेको टेबलमा बिल छाडेर ओझेल पर्यो ।
मैले हजारको नोट पर्स बाट निकाले ।
उसले रोकी । म पे गर्छु न भनि ।
तिमी होईन म पे गर्छु मैले भने ।
एकटक मलाई हेरि ।
मैले उसका सलबलाएका ओठ हेरे ।
एकपटक ओठ थुपारेर छोडि । छुच्चो !
छुच्ची !
मैले रातो डकेट बुक भित्र हजारको नोट राखेर लिखुरेलाई ईसारा गरे ।
-क्या बात हिरो ।
-हजुरका पातला दार्ही जुंगा पाल्नेहो भने कस्तो होला ?
खै अहिले सम्म पालेकै छैन्, क्षेत्रीको छोरो हो क्या । का बाहुनको जस्तो हुन्छ र ?
बाहुनको त झ्याप्प आउछ मेरो त पातलो छ ।
तिमी पनि मगरकी छोरि भाको भए यस्तो चुच्चो नाक काहा हुन्थ्यो र ?
– कस्तो हुन्थ्यो त हजुर ?
थेप्चो हुन्थ्यो नि ।
दोश्रो पटक मज्जाले ऊ हाँसी, म पनि हाँसीदिए । ।
ऊ हास्दा उसका गाजलु आँखा साना हुन्थे आँखा पनि हांसेझैं ।
त्यसैले एऊटा आत्मबिस्वास भरिएको भाव जनाउथ्यो ।
सालिन व्यक्तित्व उस्तै सुन्दरता ।
मेरो दाहिने हातमा बांधेको घड़ी हेरि ।
उसका तीन औंला सुनका पातला तर राम्रो डिजाईनमा कुदेका औंठीले सजिएका थिए, तर मेरो देब्रे साईलो सादा चांदीमा फिक्का महसूस गर्दै थियो ।
मेरो पहिरन सँग ऊ बेमतलब झैं थिई ।
पातलो सेतो टिर्सट अनि निलो जिन्समा रीबुकको स्पोर्टस् सु लगाएको थिए. ।
उसको बेली मेरो भन्दा भित्र थियो, म भन्दा पातली ।
उसका तिनै पातला चिल्ला औंलाले बारम्बार मलाई थाहा नंदिई स्पर्स कति गरे त्यो गणना मैले गर्नै चाहिन । ति स्पर्स भैरहुन म वेमतलबी झैं बनिरहु भन्ने भयो ।
उसको आत्मीयता मैले गजबले महसूस गरिरहेको थिए ।
एउटा युवक एउटा पुरुष, त्यो भन्दा बढि म उसको हक़ भैरहेको थिए ।
दुलही हूँदा दुलाहाले तिम्रो कुन औंलामा औठी लगाईदिने ?
ऊ एकाएक गम्भीर बनि ।
ऊ बोलिन मलाई अनौठो भावमा हेरि ।
-दुलही बन्ने सोचेको नै छैन् ।
किन?
गाजलले सिंगारेका आँखा एकछिन् परेलाले ढाकी ।
-जवाफ छैन् । यति भनेर मेरो प्रश्नलाई टुगा्ईदिई ।
मेरो प्रश्न सँग ऊ अनेपेक्षित जस्तो बनिदिई ।
लिखुरेले फिर्ता पैसा उहि रातो डकेट बुक भीत्र राखेर मलाई थमायो ।
थ्यान्क्यु दाजू !! ऊ अलि मसिनो आवाजमा खुल्यो ।
एउटा बर्षौ देखि गांसिएको पवित्र सम्बन्ध जस्तो । उसको हॉंसोमा उसको बोलिमा उसको सैलिमा म मेरो खुशी र सुखपन महसुस गरिरहेको एउटा जिम्मेवार केटो उसको हिरो, उसको बदमास, उसको छुच्चो तर मैले बुझेको उसको भाव म उसको एउटा बिस्वास ।
उसको हरेक गतिविधि सँग म नया थिए । उसका आँखामा देखिने आत्मबिस्वास् सँग मैले मायाको धुन बुन्दै थिए ।
****
“आई लभ यु ।” बेलुका मैले फोनमा भने ।
“ह्वाट ?”
“यस । आई रियल्लि लभ यु ।”
“ओई जोक नगर्नु त । जाँड खाएर जे पनि बोल्नुहुन्छ । फोन राख्नु भोली कुरा गरौँला ।”
मलाई असह्य भयो । म रन्किएँ, “हो म तिमीलाई साँचो प्रेम गर्छु । मलाई तिम्रो जवाफ चाहिएको छ ।”
खुशी फोनमै थिई । तर चुपचाप । एकछिनपछि मसिनो आवाजमा बोली, “मेरो जवाफ त पहिले पनि भनिसकेको छु । म कसैलाई पनि प्रेम गर्ने अवस्थामा छैन ।”
“अनि मेरो प्रेम नि ?” म पनि थोरै नरम भएँ, “मेरो प्रेमको बारेमा के छ तिम्रो जवाफ ? गर्दैनौ भने आई हेट यु भनेर भनिदेउ म स्विकार गरेर टाढा गइदिन्छु तर जे भए पनि एउटा जवाफ देउ आज ।”
“मैले तपाईँलाई त्यसरी कहिले पनि सोचिनँ ।”
“त्यसरी भन्नाले ?”
“त्यसरी मतलब । एउटा साथीजस्तो अझ एउटा सिनियर जस्तो मात्र सोचेको छु ।”
“अनि यति नजिक बनेर बिताएका क्षणहरूलाई कसरी लिन्छौ नि ? सँगै डुलेको, हिँडेको… हँ ?”
“त्यो त तपाईँ आफैँ आउनुहुन्थ्यो नि । मैले जबरजस्ती गरेको थिइनँ क्यारे”, खुशी आज अलि कठोर बनी ।
म स्पष्ट भएँ ऊ पग्लिने छैन । मैले देखाएको समर्पण र प्रेमको केही पनि मुल्य छैन । एउटा मुर्तीसँग म प्यारको बदलामा प्यार मागेर गिडगिडाइरहेको थिएँ । तर त्यसको कुनै अर्थ थिएन ।
मैले फोन राखेँ ।
+++
खुशी आजकाल च्याटमा पनि बोल्न छोडिसकेकी थिई । म पनि बोल्ने हिम्मत गर्दैनथेँ । खुशीले मसँग एउटा सेवकको जस्तो भुमिका चाहेकी रहिछ । म पनि उसको सुन्दरतामा मोहित भएर उसकै पछिपछि लागिरहेको रहेछु । आज तीन महिना बितिसक्दा पनि मैले उसलाई भुल्न सकेको थिइनँ । तर उसले त चटक्कै भुलिसकिछ । जब फेसबुकमा ऊ दुलही बनेका फोटाहरू देखेँ, मेरो मनमस्तिष्कमा भीषण पहिरो गयो । अझ उसले प्रेमविवाह गरेको खबरले चकित भएँ ।
प्रेमविवाह गर्ने उसले कसैसँग नि प्रेम गर्दिन किन भनी ? के उसको प्रेमी हुँदा हुँदै पनि उसले त्यो सत्य मसँग लुकाई ? के ऊ मलाई उसँग प्रेम नगरोस् तर वफादार बनेर पछिपछि लागोस् भन्ने चाहन्थि ?
पक्कै उसले मसँग ‘टाइमपास’ गरेकी थिई । आफ्ना कुराहरू केही नबताएर मलाई एउटा ठिक्कको दुरिमा राखेर आफ्नो स्वार्थ पुरा गरेकी थिई ।भेटघाट, खाजा, घुमघाम, एक्लो हुँदा साथ र अनगिन्ति अरू स्वार्थपुर्ति गरेर मनमा थोरै पनि भावना नराखि खुशी मेरो जिवनलाई कुहिरो हराएको फाँटझैँ छ्यांग्ग बनाइदिएर गएकी थिई ।
समाप्त !