साथिको जन्त -बिसाल गैह्रे

मङ्सिरलाइ बिहेको महिना पनि भनिन्छ ।  आफ्नै उमेरका साथीहरुको धमाधम बिहे भैरहेको थियो,  बेला त आफ्नो पनि नभएको हैन,  तर अरुले सोध्दा अझै अहिले हतार छैन भन्थे,  हतार भन्दा पनि मन मिल्ने केटी भेटेको थिइन, ,घर जादै पीच्छे घरकाले बिहेको कुरा निकाल्न थालेको २ बर्ष भैसकेछ,  कैले काही बिहेकै कुराले घरमा झगड़ा पनि हुन्थ्यो, , मेरो बिहेको धेरैले आस गरेका छन,  हजूरबाले नातिनी बुहारि देख्न पाए मरेर स्वर्ग गैनी थियो भन्नुहुन्छ, हजूरामालाई पीडीमा बसेर पनाती हल्लाउने धोको छ,अंकलहरुले जन्त जाने कैले हो भनेर सोध्छन,  आन्टी हरुलाई एकजोडी साडीको आस छ,  भाईबाइनिले भाऊजू आए घरको काममा सहयोग हुने थियो भनेर आस गरेका छन,  बुवाले फलानाको छोरोको बिहे भएछ, फलानाले छोरो पाएछ भनेर अप्रतक्ष रुपमा मेरो पनि बिहे गर्ने उमेर भो भनेर सम्झाउनु हुन्छ, ,आमालाई भन्नै परेन बुहारी संगका कति सपना बुनेर बस्नु भएको छ ।

यस्तै घरको दिनहू जस्तो टोकसो सहन नसकेर हो या आफ्नै खुसिले बिहे गरिरहेका थिए साथीहरूले, हुन त हाम्रो घरमा मात्र हैन होला बिहेको कुरामा झगड़ा हुने २५-२६ उमेर कटेपछि साएद सबै केटाहरुको घरमा पक्कै बिहेको कुरा निसकिन्छ,  २२-२३ लागेपछि पक्कै केटिहरुलाई प्रेसर आउछ घरबाट, अझै पढाई पनि छैन जब पनि छैन भने त १९-२० मै टिकोटालो गर्दिन्छन घरबाट ।

२६ बर्षको केटाले २२ बर्षकी केटीसंग बिहे गर्दै थियो, त्यही बिहेमा जन्त जादै थिए,  साथीले १५ दिन अगाडिनै निम्तो गरेको थियो मलाई, त जसरी पनि आउन पर्छ है भनेर धेरै कर गरेपछि मैले नाई आउदिन भन्न सकीन काम बाट बिदा लिएर साथिको बिहेको लगी २ दिन अगाडि घर गएको थिए, बिहेको दिन बिहानै उठेर जन्त जानको लागि भनेर ड्राईक्लीन गरेर ल्याएको कोट र पाइन्ट लगाए, सिरमा पाल्पाली ढाकाटोपी, आखामा रेवन को चस्मा, घाटिमा सुनको सीख्री,हातमा स्विस मेड रोलेक्स घडी, पछाडिको पकेटमा गुजिको वायलेट, अगाडीको पकेटमा आईफोन ११ राखे, एक्चोटी आफूलाई सरर् नियाले, अझै केही छूटे छूटे जस्तो लागिरहेको थियो, निसक्ने बेला मन सरर् भएन,  केही त पक्कै छूटेको छ भन्दै मन धोरमोर पार्दै घरबाट निस्के ।

बिहे घर पुग्दा सबैजाना निसक्ने तयारीमा थिए म सरासर बेहूलाको कोठामा गए, मलाई हिजो नै फोनगरेर भनेको थियो लोकन्ते तै हो अल्ली छिटो आइज है भनेर,  लोकन्ते भनेको बेहुला नै भएर आईछस त भनेर हसायो,  मैले पनि; उम्म कोही भेटियो भने त्यही मण्डपमा बसौला नि भनेर मजाक गर्दीए, सोच्दै नसोचेको कुरा फ्याट्ट मुखबाट निस्कियो, ,उम्म झुक्किने भए बेहुला कुन हो भनेर भेटीन्छ ढुक्क बस भनेर हास्न थाल्यो, , ल ल बिहे तेरो हो मेरो पीर नगर बरु छिटो हीड् ऊता भाऊजूले कुरेर बस्नु भा होला भनेर उसलाई छिटो तयार हुन लगाए |

सबै तयारी सकेर १० बजे उस्को घरबाट निस्केउ, २ ओटा बस, ५-६ ओटा कार, १०-१२ ओटा बाइक भरी जन्ती थिए, म बेहुला सँगै बेहूलाको लागि सजाइएको कारमा गएर बसे, बेहूलाको लोकन्ते जो थिए,  म उसलाई जीस्काउदै थिए बिहेको कुरा निकालेर,

 हेर हामी साधै को साथी हो, बिहे भएपछि अरु साथीहरुले जस्तो नगरेस मुला, भेट्न आइज भन्दा बुडिले दिन्न नभनेस, बरु अहिले नै म भाऊजूलाई भन्छु, बिहे पछि पनि साथिको सम्बन्ध अहिले को जस्तै होस,  हो बिहे पछि जिम्मेवारी थपीन्छ तर बेला मौकामा भेटनू पर्छ हेर, केटाहरु बिहेपछि पूरै परिवर्तन भए यार कति संग त भेट नभएको बर्ष भैसकेछ, पहिले सँगै खेल्ने घूम्ने साथीहरूअहिले अपरिचित जस्तै भैसके, त्यही भएर मलाई बिहे गर्न डर लाग्छ यार आफ्नो स्वतंत्रता सबै गुम्छ जस्तो लाग्छ, ,उम्म साच्चि त्यो पोखरा वाली संग के हुदै छ भनेर सोधिहाल्यो मैले नचीने झै गरेर को थियो र पोखरा भनेर उल्टै प्रस्न गरे, मुला अझ नचीनेझै गर्छस अस्ति मलाई फोटो पठाथिस त त्यही के सेतो कुर्था वाली, ए ‘ ए,  त्यो याद आए जसरी त्यो केटी खासै राम्रो लागेन यार मान्छे राम्री भए पनि बानीब्यहोरा ठीक लागेन मलाई बोलेको २-४ दिन मै झगड़ा गर्न खोजी अनि हाम्रो हुदैन जस्तो लाएर उसलाई साफ साफ तिम्रो र मेरो अब अगाडि नलाने हामी साथी सम्म मात्र ठीक छौ भनेर बीचैमा रोकीदिए,  त्यो दिन देखि कुरा नै भको छैन, ,उसले पनि गरेकी छैन आनि मैले पनि जरूरी ठानिन आफ्नो स्वार्थ का लागि नजिक आकी रैछ अब पूरा हुदैन भनेर आफै साइड लागि, त्यस्ता संग जिंदगिमा झुक्केर पनि नभेटेकै राम्रो,,,बरु तेरो सुना न आफ्नै गर्लफ्रेन्ड संग बिहे गर्दै छस रमाइलो लागेको होला है ३ बर्षको मीहेनत को फल आज आफ्नो हातमा पर्दै छ कस्तो फिल भैरहेको छ त, खुसिले मन नाचिराको होला है ? भनेर उसलाई सोधे उम्म यार धरै खुसी छु म आज अब तैले पनि बिहे गर्नि खाले एउटी खोज़ यार अब त सबै साथीहरू पनि सक्कीए त मात्र हो बाकी,अनुहार खासै राम्रो नभए पनि हुन्छ बानीब्यहोरा राम्रो भकी एउटी खोजेर बिहे गर यार अब भनेर सम्झाऊन थाल्यो, उम्म खोज्दै छु अब बिहे गर्नि खाले भनेर उस्को जवाफ दिए |

दुई जना गफ गर्दा गर्दै बेहूलीको घर आई पुगेछ, पन्चेबाजा घन्कीन थाल्यो,  मान्छेहरुको चहलपहल बेग्लै थियो, साच्चीकै बिहे घरकै जस्तो म छाता खोले गर्मी खासै थिएन अनि पानी पनि परेको थिएन त्यही पनि छाता ओडाउने जिम्मा मलाई दिएका थिए, ,गेटमा स्वागत गर्न बेहूली पट्टिका नानीहरु हातमा फुल चाकलेट को थाली लिएर बसेका थिए,  म एउटा चाकलेट र फूल लिएर भित्र छिरे,  जन्ती पर्सिने कार्यक्रम सुरू भो, बरमाला फेर बदल भो भूटेको लाभा र पानी बर्सीन थाल्यो,  छाताको काम त्यति बेला आयो,  पर्सिने कार्यक्रम सकेर हामी मण्डप तीर लागेउ |त्यहा पुग्दा मेरो नजर बेहूली को नजिकै बसेकी एउटी अन्दाजी २२-२३ उमेरकी केटिमा गयो |

छोडेको लामो कपाल,आखाको चस्मा टाउको सम्म सारेकी थिई, निधारमा टिकी, ती गाजलू आखा, चिटिक्क मिलाएका आखिभौ, बाहुनी नै भए पनि नाक सानै थियो, पीपल पाते ओठमा गाढा रातो लीपीस्टीक लगाएकी, रसीला गाला,  कानका लामा झुम्का घाटिसम्म झरेका थिए,  लामो घाटि, लामा बाटुला हात, हातको माथि पट्टी पुतलिको ट्याटू खोपेकी,  एउटा हातमा घडी अर्को हातमा रंगीबिरंगी चुरा थिए,  लामा लामा नंगलाई नेलपोलीसले ढाकेकी थिई, उठेको छाती, नाइटो देखिने गरी लगाएको कालो हाफ् ब्लाउजमा रातो घेरा भएको सेतो सारी लगाएकी,  साच्चीकै लोभ लाग्दो ज्यान थियो,  म एकोहोरीए अचानक उस्को र मेरो नजर जूद्यो, मेरा नजरले हार माने हतार हतार उ बाट नजर हटाएर बिहे तिर ध्यान दिए,केही बेर उतिर फर्किन पनि डर मान्यो यो मनले, उ मलाई हेरेर बसिराकी होली भन्ने सोचेको थिए, फेरि नजर जुध्ने डरले केही बेर निउरीमुन्टो लाएर बसिरहे, धेरै बेर पछि यस्सो सीर ठाडो परे,  टाउको अन्त कतै घुमाएर आखा डराई डराई उतिर मोडे,तर त्यहा उसलाई देखिन पहिले नै उठेर गैसकेकी रहीछे,  मण्डप बाट आखाले भ्याए सम्म को दूरीमा काही बाकी नराखी हेरे,  भीडभाड भित्र समेत पुगे ई आखा अह; काही देखिन, उसलाई नदेखेपछि उठ् उठ् खोज़ उसलाई भनेर एक मनले आदेश दिदै थियो। अर्कोमनले लोकन्ते जस्तो मान्छे बेहूलालाई छोडेर हिड्न हुन्न आज बेहूलाको सबै जिम्मेवारी त माथि नै छ, यत्रो जिम्मेवारी छोडेर जाबो केटिको पछि लाग्छस् भन्दै थियो, दुबै मन बीचको दोन्दलाई एकातिर राखेर, म उसलाई खोज्न को लागि मण्डप बाट उठे,  बेहूलालाई एकछिनमा आउछु ल म सानो काम परो भनेर त्यहा बाट निस्के ।

सबैलाई बिहेको चटारो थियो अनि मलाई उसको, ,को थिई ? कहा बाट आकी थिई ? बेहूली की आफन्ती थिई या साथी ?,गाउले थिई या सहरिया ?, हेर्दा अलि मोर्डन देखिन्थि गाउकी भएको भए हातमा ट्याटू नहुन पर्ने,  दुबैहातमा लामा लामा नंग नहुन पर्ने, पक्कै सहरकी नै होला, खोज्दै जादा त्यस्तै साडी लाउने एउटीलाई देखे त्यही होली भनेर अल्ली नजिकै गएर हेरे, अनुहार अर्कै थियो,  त्यस्तै कपाल भएकी अर्कीलाई देखे पछाडीबाट तर त्यो साडी थिएन,  साडी फेरेर आई की भनेर मनले मानेन अगाडि नै गएर हेरे अह; धेरै खोज्दा उहि हो की भनेर झूक्किने धेरै भेटिए तर उहि भेटीइन, नजर जुध्दा एकछिन टिकाऊन सकीन आफ्नो नजर अहिले यिनै नजर थाकीसके खोज्दा खोज्दा,,मलाई यस्तो भएको थियो की त्यातीबेला कुनै महत्वपूर्ण सामान हराए जस्तो म त्यही सामानलाई त्यो भिडमा खोजिरहेको थिए,  बल्ल बिहे सुरू हुदै छ पक्कै निस्कीन त निस्केकी छैन होला, यै कतै होला भेटीन्छ भनेर खोज्दै थिए म नाम थाहा थिएन सोधु कसलाई,  नाम नै थाहा भए पनि के नाताले सोध्ने यो आफ्नो ससुराली त हैन,  गाउको नाम समेत थाहा थिएन मलाई त मान्छेको नाम कसरी थाहा होस, जन्त गएको ठाऊ थाहा छैन अझ लोकन्ते रे आफैले आफैलाई एकछिन खिसि गरे,उसलाई खोजेको समय धेरै भैसकेको थियो मण्डपको याद आयो, एकछिनमा आउछु है भनेर निस्केको म एक घण्टा देखि बाहीरै थिए,  उता बिहे कहा पूगीसक्यो होला अहिले फेरी खोजुला भनेर मण्डप तिर लागे, , बेहुला मात्रै एक्लै थियो बेहूली पनि बेहूलालाई एक्लै छोडेर कता लागीछिन, बेहूलाको त्यो अनुहारले म निस्के पछि धेरै नै गडबड भए जस्तो दर्साई रहेको थियो बस्न साथ गाली गर्न थाल्यो कहा थिस यत्रो बेर एकछिन मा आउछु भनेर हिडेको मान्छे एक घण्टा सम्म कसलाई खोज्दै थिस भन्यो,  कसरी थाहा पायो यस्ले मैले कसैलाई खोज्दै छु भन्ने काही यो उठेर मेरो पछि त लागेन, यस्तै यस्तै उटपटयांङ्ग् सोच्दै थिए, मण्डपको नजिकै बाट उहि साडी लाउने केटी हतार मा काही जादै गरेको देखे बस साडी र उस्को खुट्टा मात्र देखे, नजर उठाएर हेरेको पछाडि पट्टीको सरीर मात्र देखियो, उहि थिई या अरु कोही पछाडि बाट हेर्दा उहि जस्ती थिई, नजरले उहि होली भन्दै थियो, भर्खरै आएको कुरा नसक्दै उठेर हिड्न सकीन गाली पनि खाइसके बेहूलाको, कुरा सुन्दा धेरै बेर देखि मेरो खोजी भैरहेको रहेछ, त्यहा बेहुला पट्टी बाट ल्याएको गरगहना सडी बेहूलीलाई बुझाउनु पर्ने, म अर्कै दुनियामा थिय, कसरी भेटून, , अरुले नै लगेर बुझाईदीएछन, अब काही नहिडेस म एक्लै छु यै बस भन्न थाल्यो,  मलाई कुरा सकेर कति बेला उसलाई भेट्न जाउला भैसकेको थियो, जति जति समय जादै थियो त्त्यति मन आत्तीदै थियो, बेहूली आएपछि मलाई पिसाब लाग्यो यार अब त तेरो साथी पनि आइसकीन् म गए है भनेर फेरि त्यहा बाट हतार हतार निस्के, पिसाब ले आत्तीएको मान्छेले बाथरूम खोजेजसरी खोज्दै थिए म उसलाई, अघि उ गएको तीर खोज्न गए २-४ ओटा घर थिए नजिकै नजिकै जोडीएका, अलि पर सम्म गए एउटा चौतारो थियो चौतारोको नजिकै मन्दिर पनि थियो,  २५-३० ओटा सीढी चढेर मन्दिरमा गए,  ढोका खुल्लै रहेछ,  भगवान देख्न साथ जैले केही न केही मागेकै हुन्थे,  आज उसलाई मागे,  जो बिगत २ घण्टा देखि हराइरहेकी थिई मेरो नजरबाट,  उसलाई भेटाइदिनु र जहा भए पनि मेरो नजर अगाडि ल्याइदीनु भने,मन्दिरमा म एक्लै थिए यस्तो सुनसान मा पक्कै आकी छैन होला त्यही भीडमा होली जस्तो लागेर फेरि उहि बिहे भएको ठाउमा फर्कीए ।

पहिला मण्डप मै गए, गाली गर्न खोजीराको थियो तर बेहूली नजिकै भएर केही भन्न सकेन आखाले पख न तलाई पछि हिसाब किताब लिन्छु तेरो भन्दै थियो, मैले आजको बिहेको म को हो भन्ने बीर्सिसकेको थिए,  बिहान उत्साहित थिए लोकन्ते हुदा अहिले किन लोकन्ते भएर आए होला जस्तो भैसकेको थियो, काही हीड्न छैन,  खाना खाने बेला भएछ, बिहान देखि केही परेको थिएन पेटमा, पेटले आहारा खोज्दै थियो बेहूला बेहूलीलाई उठाएर भान्सा तीर लगे,  सेल्फ ह्यान्ड डिक्समा सजाइएका चौरासी परिकार प्लेटमा हालेर बेहूलालाई दिए र आफ्नो प्लेटमा पनि हाले, बेहूली पट्टी की लोकन्तिले बेहूलीलाई लागेर दीईन्, २ ओटा बच्चाकी आमा जस्ती थिइन,  बेहूलीकी लोकन्ती,  कास उहि भैदिएको भए लोकन्ती दिन भरी साथमै हुन्थेम, नजर जुदी रहन्थे होला, कुरा हुन्थे होला,  नाम नम्बर सबै माग्थे होला,यस्तै मनगणन्ते काहानी बुन्दै थिए, खादै गर्दा पनि नजर डुलाऊन छोडेको थिइन, अलि परपट्टी ३-४ जना केटिहरुको बीचमा उसलाई देखे, उठेर हिडु जस्तो भो हातमा खानाले भरीएको प्लेट थियो,साथैमा बेहुला बेहूली, हीड्न उचित लागेन,  काही फेरि मेरो नजरबाट टाढा हुन्छि की भन्ने पीर थियो,  अन्त कतै ध्यान नदीई उसैलाई हेरीरहेको थिए,, किन यति धेरै लीगे होला खाना,  छिटो छिटो सकेर उठीहालु जस्तो भो, प्लेटमा भएको खाना घट्न मानिरहेको थिएन, उनीहरु मज्जाले गफ गर्दै थिए ८-१० बर्ष पछि भेटेका साथीहरू जसरी, उसलाई केही पत्तो थिएन मैले यतिबिधी गरेको छु भन्ने, उ आफ्नै धुनमा मस्त देखिन्थि,, चारै जना कुर्चिबाट खाली प्लेट हातमा लीगेर उठे उ पनि उठी,मेरो प्लेट आधी पनि भएको थिएन, बेहूलाको प्लेट हेरे उस्ले सक्न लागिसकेको रहेछ,  म त्यो खाना सकुला जस्तो लागेन फेरि हराउछि की भन्ने पिरले सताईरहेको थियो, म नसुनाई बस्न सकीन अब कति झुट बोल्नु आफ्नै साथिसंग फेरि निस्कीहाल्नु पर्ने थियो, के सोच्छ होला जस्तो लागेर बेहूलालाई कान यता लेराइज त एउटा कुरा सुनाउछु भने,बेहूली नजिकै थिइन सुन्लिन भन्ने पीर,  के कुरा हो भन् भन्यो,  उ त्यो सेतो साडी वाली छि नि लास्टै मन पारो यार मलाई,  बिहान मण्डप मा देखेको थिए अनि एक्कासी हराई अघि देखि उसैलाई खोजिराको थिए,  अहिले बल्ल देखे,  नाम सोध्न पाए पनि हुने अझै फ़ेसबुक आईडी माग्न पाए ससुराली तेरो र मेरो एकैठाउमा हुन्थ्यो यार, उसले सक्छस भनी जा न त माग भन्यो मैले बिहानै घरबाट हीड्दा भेटीन्छ भनेको थिए त मलाई लागिरहेको थियो पिसाब फेर्न् भनेर गको मान्छे आधी घण्टा सम्म नआउदा पक्कै कोही केटी भेटीस जस्तो लागेको थियो, जा कुरा गर भनेर मलाई आजाद गराइदियो,  मलाई यस्तो लागिरहेको थियो की म कुनै पिन्जड़ा बाट छूटेको चरी जस्तै महसुश गरिरहेको थिए,  लोकन्ते पदबाट बिहे नसकिदै मुक्त भए ।

खादै गरेको प्लेटको आधी खानालाई डस्बिनमा राखेर,  उस्को पछि पछि लागे, उसका हरेक कदम नियालीरहे,  बेहुला बाहेक चिनेको कोही थिएन बिहेमा, न बेहुला पट्टी को कसैलाई चिनेको थिए न बेहूली पट्टिको अरुले देखे के भन्लान भन्ने पीर थिएन मलाई, बस डर यत्ती थियो लोकन्ते भएर बेहूलासंग नबसेर  बाहिर बाहिर डुलेको छ भन्ने हुन् की भन्नि पीर थियो,बेहूलाले त कुरा गरेर आइज भनेर पठाएको तर म कुरा गर्न सक्छु जस्तो लागेन,  बस उसलाई हेरेरै भए पनि मन लाई प्रफुल्लित बनाइरहेको थिए एउटा छुट्टै किसिमको आनन्द आईरहेको थियो,एक तर्फी माया भनु या आकर्षण, खै के थियो,  जे थियो मनमै थियो, मलाई कुनै फिलीम को सीन याद आयो,, हीड्दै गर्दा एक अर्का बीच ठोकीएर नजर जुधेको त्यो सिनलाई स्लो मोसनमा जूम गर्दै दिमागमा सेट गरे, , एक नजरमै एक अर्का बीच लभ परेको, त्यो रिलमा मात्रै हो रियलमा कहा त्यस्तो हुन्छ र ? आफैले आफैलाई टैट् लाटा भन्दै थिए, जानी जानी ठोक्कीए भने ३२ नम्बरे सेन्डील खाइएला झन, लोकन्ते जस्तो मान्छेको इज्जत पनि जान्छ बिहेमा आएर केटीलाई जीस्कायो भनेर, बेहुला पक्ष र बेहूली पक्षबीच दोन्द भयो भने हुदै गरेको बिहे नै रोकिन्छ, त्यस्को सबै आरोप मै माथि आउछ, हैट अरु सब बिहेको धुनमा छन एउटा म मात्र यसरी एउटी केटीकी पुच्छर बनेर हीडीराको छु, आउन त बिहेमा आएको तर बिहे कहा पुग्यो के हुदै छ केही मतलब नै थिएन, ,५० मिटरको दूरीबाट उसलाई फलो गरीरहेको थिए।

मान्छेहरु एक् जमात हुन थाले, ठूला ठूला स्पीकरमा कुलेन्द्र बी.क र बीस्नु माझिको डाडै फूर्के सल्लो बज्न थाल्यो, साच्चीकै त्यही गीत जस्तै थियो मेरो काहानी पनि,  केही नचीनेको न नाऊ थाहा थियो न गाऊ,  उ मेरै नजर अगाडी थिई, म उस्को पछाडि गएर उभीए फेरि उहि पहिलेकै केटिहरुसंग को पहिला नाच्ने भनेर सल्लाह गर्दै थिई साएद, उस्को नजिकै उभिएकोले उसले मलाई देखि म हतार हतार अन्तै नजर मोडे,  किन यस्तो भैरहेको छ आज मलाई फ़ेसबुकमा त नलजाई बोल्थे म सबैसंग,  अरुले लाज लाग्छ भन्दा मसंग किन लजाऊन पारो र भन्थे,  म बाघ भालू हो र तिम्लाई खान्छु र भनेर सम्झाउथे, आज आफैलाई सम्झाऊन किन यत्रो आपात परिरहेको छ मलाई,  उसले हेरे आफ्से आफ यि नजर झुकीदीन्छन,  नहेरे एकोहोरो यो आखालाई उहि चाहिन्छ,, अगाडि नहूदा हड्बडाऊछ यो मन, खोजी गरीरहन्छन् यि आखा, ,अगाडि हुदा न सीर उठ्छ न बोली फूट्छ, लुकेर लाएको माया फुकेर जान्छ भन्थे,  कतै यस्तै हुने त हैन उसलाई थाहा नै छैन मैले भित्र भित्रै दिलको कुनामा सजाइसकेको, मन पराइसकेको छु भन्ने उ अज्ञात छि, तर बेला बखत झूक्कीएर हो या जानी जानी हो नजर एक आपसमा टक्राउथे, उसले पनि ख्याल त गरेकी होली हरेक पल उसैको अगाडि पछाडि हुदा, कतै उ पनि मसंग बोल्न त चाहेकी छैन म जस्तै डराएकी पनि हुन सक्छ, त्यहा उभिदा ४-५ पटक उसले मतिर हेरी,  उसका अरु साथिहरु डाडै फूर्के सल्लो मा नाचीरहेका थिए,  साथै जन्ती पट्टिका केटाहरुले साथ दिदै थिए, उ एक्लै उभीएर आफ्ना साथीहरू नाचेको हेरीराकी थिई,म अलि नजिक सरे उस्कै आडमा,  बेला यै हो केटा सबै कुण्डली सोध भनेर एक मनले दबाद दिदै थियो,  अर्को मनले हुदैन यार के सोच्ली तलाई राम्रो पक्कै सोच्दिन झन बीग्रिन्छ, उल्टै गाली गरी भने चिन्नु न जान्नु किन भन्नु भनि भने उल्टा तेरो बेईज़्जत हुन्छ केटा नसोध नसोध भन्दै थियो, , हो हुन पनि आफू झुकेर पाएको चीज पक्कै धेरै टीक्दैन, ,माया पनि त्यस्तै हो आफैले मन पराएर आफैले प्रपोज गरेर बनेको सम्बन्ध आफैलाई छोडेर जान बेर लाग्दैनन, ,आफूले अति माया गर्छु भन्दैमा उसले उति नै माया गर्छ भन्ने त हुदैन नि, त्यही भएर प्रपोज अरुको पर्खीनु माया आफूले गर्नु भन्छन ।

गीत सक्कियो फेरी उहि भीड जम्मा भो,  केटिहरु लहरै आएर उसलाई घेरा हाले, सबैले लतारेर नाच्ने ठाउमा पुर्याए, अर्को बीस्नु सापकोटा र प्रेम कड़ेल को पन्चेबाजाको धुनमा “उमेरै भाछैन ” भन्ने गीत सुरू भो, साच्चीकै बिहेको माहोल थियो,  उ एक्लै थिई साथ दिन मै जान पर्ला सोचे, नाच्न नजान्ने हैन तर अरुले कर नगर्दा सम्म नाच्ने मान्छे पनि हैन, तर आज चिनेको बेहुला मात्र थियो मण्डप बाट उठेर मलाई नाच त भनेर कर गर्नि कुरा भएन, ,कसैले उसलाई जस्तै मलाई पनि नाच्न लाई कर गरोस, लतातरेर उस्को अगाडि लागेर फाल्दियोस भनेर सोचिरहेको थिए, कोही आएन बरु उसलाई साथ दिन अर्को केटो आयो, “अझै पनि लगनै गाछनै”भन्दै आफ्नै पट्टीको भए पनि ढूँगाले हान्दिउ जास्तो भो, त्यही बीचमा आर्की केटी नाच्न गै उस्कै साथी थिई अगि भक्खर नाचेर बसेकी,  बेला यै हो भनेर म पनि छिरे, “यै लगनमा बिहे गर्न यति मन लाछैन भन्दै” हामी ४ जना थियौ,  म उसलाई हेर्दै नचिरहेको थिय उसले पनि मलाई हेरीराकी थिई, धेरै बेर नाचियो पूरै असीना पसीना भो सरीर, , उता मण्डप तीर के हुदै थियो केही थाहा थिएन, ,एकचोटी हेरेर आउछु,उ कतै भाग्ली भन्ने डर थिएन, नाचगान लागिरहेको थियो उसलाई, म मण्डप तीर लागे, बेहूली अन्माउने बेला भएको रहेछ,  उ पनि मेरो पछि पछि आई,  मेरो नाच देखेर मलाई नै पीछा गरे जस्तो लाग्यो,  उ पारी पट्टी गएर उभीई म वारीपट्टी फेरी एकअर्काका आखा जुधे, अब धेरै बेर थिएन उसंग छुट्टिनलाई, नाम र् नम्बर मात्र सोध्न पाए पनि हुने, उहि आएर तपाईको नाम के हो भनेर सोध्दिए पनि म नाम सहित नम्बर पनि भनीदिन्थे नि उसलाई हेर्दै यस्तै छुट्टिने बेलाको त्यो पल सोच्दै थिए, अह; न उ मेरो नजिक आई न म उस्को नजिक गएर उस्को नाम सोध्न सके ।

बिहे सक्कियो जन्ती हरु बस तीर लागे,  म बेहुला सँगै थिए, बेहूलीलाई बोकेर कारसम्म लगे, उ पछि पछि आकी थिई, म पछाडि फर्किदै उसलाई हेर्दै थिए, मलिनो अनुहार थियो उस्को,  म छोडेर जान लागेर हो या बेहूलीलाई लगे भनेर हो, माइतिको सबैको मुहार हेरे सबैको उस्तै मालिनो देखे, छोरी गै भनेर बा आमा रुदै थिए, यता बेहूली जन्म दिने बा आमालाई छोडेर पराइकोमा जान पारो भनेर रुदै थिइन,,मलाई पनि नरमाइलो लाग्यो उसलाई छोडेर हीड्दै थिए म फेरी भेट हुने हो या हैन केही थाहा थिएन, बेहूलीलाई भन्दा मलाई बढी गार्हो भो त्यो कार भित्र छीर्न,  माइती पट्टिका सबैले त्यही कारलाई हेर्दै थिए जून कारमा बेहुला,बेहूली र म थिए, मेरो नजर उसैमा थियो,, कार गुड्यो उसले बाई भनेर हात हल्लाई, साएद बेहूलीलाई थियो होला त्यो बाई मैले मलाई झै मानेर हात बाहिर निकालेर बाई भने ।

दिनभरीमा नाम समेत सोध्न नसकेकोमा पस्याताप लाइरहेको थियो, घर आऊन्जेल उस्कै बारेमा सोचिरहे, को थिई त्यति राम्री, मरो मनमा यसरी कब्जा गर्ने, साच्चीकै स्वर्ग बाट झरेकी अप्सरा जस्ती, , नाम थाहा थिएन म आफै उस्को नाम अप्सरा राखीदिए,  नजरबाट टाढा भए पनि धेरै दिन सम्म मेरो यादमा रहिरही, बेला बेला झस्काऊथ्यो त्यो अनुहारले मलाई, ग्लानि हुन्थ्यो बोल्न नसकेकोमा,  अझै पनि मलाई राम्रो संग याद छ त्यो पल ।

समय बीत्दै गयो म आफ्नै काममा ब्यस्त हुन थाले, बिहे भएको साथिले छोरो पाएछ,आफ्नो अझै सुरसार थिएन,,३ बर्ष पछि उस्को नाम थाहा भो उस्लाइ ट्याग गरेर साथिको बुढीले ह्याप्पी म्यारीड लाइफ भनेर उस्को फोटो हालेको देखे,  अनुहार उस्तै थियो पहिले भन्दा अली मोटी थिई, म झस्ङ्ग् भए, ३ बर्ष को लभ छूटे जस्तो भो, , एक्कसि मलाई धोका दिएर अरु सँगै गए जस्तो फिल भो,  उस्को त्यो सिउदो अरु कसैले भर्दै थियो, मनले न रो न रो भन्दै थियो आखाले जति रून्छस त्यति हल्का हुन्छस् भन्दै थियो,  मनकै कुरा मानेर आखाका आसू रोकीदिए, ,त्यो फोटोमा ह्याप्पी म्यारीड लाइफ, फलोस,फूलोस बाकी जीबन सुखमय होस,  भनेर मेरो एउटा सानो कमेन्ट छोडीदिए, ,अरु के नै गर्न सक्थे र म,,,,,,,,,।

कुनै नया ठाऊ घूम्न जादा, कसैको बिहेमा जादा, कुनै फंगसनमा जादा,कतै इभेन्टमा जादा,  कतै मेलामा जादा, कुनै मन्दिर जादा,  काही यात्रा गर्दा, थोरै पलको लागि तपाईसंग धेरै मान्छेहरु भेट हुन्छन तर एक जना तपाईको त्यो नजरमा बसीदिन्छ, , बोल्न पाए हुने, परिचए गर्न पाए हुने, सम्बन्ध गास्न पाए हुने, यस्तै धेरै कुराहरु मनमा खेल्छन त्यतिबेला, , मनले चाहेका तर मुखले भन्न नसकेका सम्बन्ध हरु त्यसै हराएर जादा रहेछन ।

समाप्त !

= बिसाल गैह्रे,  स्याङ्जा, हाल कोरिया

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button