पहिलो भेट -बिसाल गैह्रे

केही महिना अगाडी फ़ेसबुको ग्रुपमा भेटेको केटीसंग बिस्तारै नजिकिन पुगे म आखिर के थियो उस्मा मलाई आकर्षण गर्ने त्यस्तो ? कहिल्यै माया प्रेममा बिस्वास नगर्ने म उ संग किन यति छिटो नजिक भए ? किन उस्को प्रतीक्षा गर्न मन लाग्छ ? किन उ संग बोल्न चाहन्छ यो मन ?किन उसलाई देख्न चाहन्छ ?किन उसलाई भेट्न चाह्न्छ ? ,यस्ता अनेकौ प्रस्नहरु मनमा खेलीरहन्थे ,, उसंग म छोटो समयमै धेरै नजिक भैसकेको थिए , कैले बिहान कैले राति office पर्ने भएकोले ,बोल्नको लागि रुटिङ्ग् मिलाऊन अल्ली गार्हो हुन्थियो मलाई ,उस्को पनि पढाइले गर्दा खासै समय नमिल्ने छोटो कुराकानी कै लागि पनि हामी एक अर्काको पर्खाइमा बस्न थालेउ, कैले msg कैले audio call ,कैले video call मा आफ्ना मनमा भएका कुराहरु हामी एक अर्कालाई share गर्थेउ ,कैले फोनमै हासिमजाक गर्थेउ कैले रिसाऊथेउ ,कैले खुसी हुन्थेऊ ,कुनै दिन उ बिना जानकारी online आइन भने म धेरै दुखी हुन्थे ,आफ़सेट हुन्थे म दिनभरी नै उसैको बारेमा सोचिरह्न्थे , उसलाई खोजिरह्न्थो यो मन ,दिनभरी मोबाइल हातमै हुन्थियो हरेक मिनेट हेर्थे उसलाई on आई की भनेर तर भन्न सकेको थिइन म तिमीलाई माया गर्छु भनेर ,हिम्मत नै नआएको भनु या समय नमिलेको म त्यो दिनको प्रतिक्षामा थिए।
एकदिन दिउसो office सकेर म नारायणी किनार तीर लागे हिजो उसंग बोल्न नपाएको र आज पनि बिहानै office को काम परेकोले दिनभरी बोलेको थिइन ,मन हल्का बनाउन किनारमा डूल्दै थिए ,मोबाइल हेरे दिनभरी उस्को कुनै msg थिएन हिजो भोली बिहान फोन गर्छु आज bg छु भनेर msg गरेको थिए उसले हस् भनेकी थीई ,बिहान कल गर्न पाइन हिजो रातीको night duty र आज बिहानको duty ले गर्दा ,मलाई फोनमा बोल्न समय नै मिलेन फोन गर्छु भनेर गर्न नपाएकोले उ मसंग धेरै रिसाकी थिई , किनार बाट आउदै थिए एउटा परेवाको जोड़ी एक अर्कालाई चारों दिदै गरेको देखे, एकछिन त्यो जोडिलाई हेरीरहे र कल्पनामा हराऊन थाले उस्को र मेरो जोडी पनि यस्तै होस हामी पनि एकअर्कालाई यसरी नै साथ दिन सकौ,, एउटा परेबाको ठाउमा उसलाई राखे अनि अर्कोमा आफूलाई,  साच्चीकै कति राम्रो जोडी थियो हाम्रो ,आज रिसाकी छ फकाऊन बाकी नै थियो on आएपछि उसलाई आज म प्रपोज गर्छु भन्ने सोच बनाए ,,सम्बन्धलाई अर्को खूड्किलो चढाउने आट आयो एक्कासी मलाई ,रूम आएपछि उस्को नम्बरमा कल गरे एक दुई चोटी फोन काटी नबोली त उ पनि कहा बस्न सक्थि र आधीघण्टा पछि आफैले messenger मा कल गरी मलाई पोख्न भनेर थुपारेका रिसका पोकाहरु खोल्न थाली , म केही बेर मौन भएर सुनी मात्र रहे ,उ कराऊन बन्द भएपछि उसलाई तीनओटा सब्दले सरप्राइज दीए ,i love you भनीदीए उ एकछिन मौन भै लजाएजस्तो गरी केही बोल्न सकीन उसलाई सोच्नलाई समय दिए उ केही नबोली फोन राखी राति फेरी सुत्ने बेला फोन आयो उतैबाट साएद मेरो प्रेम प्रस्ताब को रिजल्ट आइसकेको थियो , अनाउन्स् गर्न फोन गरे जस्तो लाग्यो मलाई एक घण्टी पनि पूरा बज्न नपाउदै फोन उठाए , मसीनो स्वरमा  भनी”’आलू “  प्राए उस्ले मलाई मायाले बोलाउदा लिने नाम थियो यो |  मैले हजूर भने लगत्तै रिजल्ट के आयो भनेर सोधे उस्ले पास हुनु भो भनी मेरो खुसिको बहाब पूरै रूम भरी फैलिएको थियो ,मनलाई रोक्न नै सकेको थिइन,एक्कासी” yesssss “भन्ने सब्द मुखमा आइदियो म खुसिले मनमनै नाच्न थाले ||
facebook friend बाट हाम्रो सम्बन्ध माया प्रेममा पूगीसकेको थियो,,कति दिन फोनकै भरमा मात्र टीक्न सक्थेउ र दुबैले छिट्टै भेट्ने प्लान बानाएउ ,मेरो ड्यूटीले गर्दा ऊस्लाई भेट्न पोखरा सम्म जान छुट्टी मिल्दैन थ्यो उसलाई पनि मलाई भेट्ने अति मन थियो उ आफै केही दिनमा चितवन आउने कुरा सुनाई ,म पनि खुसी थिए उ मलाई भेट्न चितवन आउदै थिई,, भेट्ने दिन गन्दै थिए अचानक lockdown भइदियो, हाम्रो सारा सपना lockdown ले चक्नाचूर पारिदियो केही दिन हामी यत्तिकै फोनकै भरमा बस्न बाध्य भयौ lockdown खुले लगत्तै उस्को पढाई सुरू भो ,उ आउन नपाउने भै म आफै पोखरा जाने निर्णय गरे , संयोग भनु भगवानको कृपा मलाई office को कामले पोखरा जानु पर्ने भो ,उस्लाई थाहा थिएन म office को कामले पोखरा आउदै छु भन्ने ,म नसुनाई जाने र उस्लाई सरप्राइज दिने सोच बनाए||

सुक्रबारको दिन थियो बिहानै पोखरा बसपार्क बाट office का अरु तीन जना सहित हामी ४ जना पोखराको लागि बस चढेउ office बाट पोखरा office को भिजिटको लागि पठाएको थियो हामीलाई , बाटोमा उसंग भेटेको कल्पनामा रमाउदै यात्रा गर्दै थिए, धेरै उत्साहित, अलिकति डर ,अलिकति दोधारमा थिए ,नसुनाई हिडेको छु भेट्न आईन भने ? भेट्न आई भने के बोल्ने ? उस्को अगाडि कसरी पेस हुने ? एकचोटी आफूलाई नियाले सट पाइन्ट मिलाए अनुहार रुमालले पुसे ,हाइटले अलिकति असर पार्छ की सोचेर घरबाटै अल्ली अग्लो जुत्ता रोजेर लगाएको थिए ,सबै तिरबाट फिट देखे आफूलाई, पोखरा आईपुगेछ उ बस्ने सहर उस्को नजिक भएको आभास यो मनले महसुश गरिसकेको थियो ,, झोलामा भएको रेबनको चस्मा निकाले बसबाट झर्ने बेला आफूलाई फेरी एकचोटी सरर नियाले ,कस्ती होली भिडियो कलमा भन्दा राम्री भएर आउने हो की? हाईट कत्रो होला? म भन्दा अग्ली छ की ,म भन्दा राम्री छ की ? यै प्रस्नको उत्तरको लागि आतुर थिए म , पहिलो पटक भेट्दै थिए उसलाई||

बसबाट झरेपछि पैला office को काम सके र office का साथीहरुलाई मान्छे भेट्नु छ तिमिहरु जादा हुन्छ म भोली आउछु भनेर उनीहरु बाट बिदा भए अनि उसलाई कल गरे ,,फोन उठाएर फेरी रिसाऊन थाली, दिनभरी कल छैन, भनेर म सरप्राइज दिने सोचमा थिए गएर गर्छु भनेर उस्को फोन नउठाई बसेको थिए, म तिम्रो सहरमा छु भेट्न आऊ भने उस्ले बिस्वास गरिन अचानक म गएको खबर साच्चीकै पत्याउन गार्हो थियो मैले भिडियो कल गरेर पछाडि पोखरा लेखेको बोर्ड देखाए, अलिकति पोखरा सहर देखाए,उ अचम्म परी , कहा हुनुहुन्छ भनी, म पृथीबी चोकमा छु भने , एक्कै छिन बस्नु म रेडी भएर आईहाले भनेर फोन राखी ,उसलाई हतार थियो मलाई भेट्न फोन राखेर म त्यही नजिकैको चिया पसलमा छिरे र एककप चिया मगाए ,केहीबेरमा चिया आयो म चिया पिउदै गर्दा उस्कै बारेमा सोच्दै थिए ,,कस्ती भएर आउनी होली मेरी प्रेमिका मलाई त्यही खूल्दुली थियो मनमा, एककप चिया सक्दा फोन आयो कहा हुनुहुन्छ भनेर म चियाको बिल तिरेर बाहिर निस्केर म चोकैमा छु भने ,, अलि परैबाट २ जना मतिरै आउदै गरेको देखे अलि परै थिए ठम्याउन सकीन,केही बेरमा अलि नजिक आईपुगे दुबै जना एउटी उसकी बैनी थिई अनि अर्की उ ,मेरो मनको ढुकढुकी बढ्दै गयो ,जति नजिकिदै थिए उति मेरो मनको गति तिब्र हुदै थियो,फाइनल्ली मेरै अगाडि आउपुगे दुबै जना ,,उस्को बैनी मलाई देख्न साथ मुसुक्क मुस्कुराइ,म घरबाट केके गर्छु भनेर सोचेर गएका सबै उस्को अगाडि बिलिन भए ,पहिलो भेटमा हग गर्न समेत सकिन ,दुबैले एक अर्कालाई एकोहोरो नियालीरहेऊ, न बोली फूट्छ न त हात उठ्छ ,केहीबेर अंगालोमा कस्सेर राखुला भनेको थिए, अह;सकीन छुन समेत साकिन,उस्को बैनीलाई पहिल्यै देखि चिनेको थिए ,हाम्रो बारेमा राम्रो संग थाहा थियो उसलाई ,कुनै नौलो थिएन त्यही पनि किन किन यो मन डराईरहेको थियो ,धेरै लामो मौनता पछि म आफै मौनता तोडे उस्लाई सन्चो बीसन्चो सोधे बैनीको खबर सोधे आफ्नो पनि बताए , ल जाऊ न त कही बसेर कुरा गरौ भनेर हामी लेकसाइड तीर लागेउ ,बाटोमा भलाकुसारी भो, गन्थन, मन्थन भो ,धन्न लडाई भएन ,खुसी पनि थिई अनि नभनी गएकोले रिसाकी पनि थिई ,बैनी भने नबोली हाम्रो कुरा सुनेर चुपचाप हीडीरहेकी थिई ||
फेवा ताल बाहिरबाटै नियालेउ केही बेर,, मलाई भोक पनि लागेको थियो कही गएर खाजा खाऊ भने उसलाई,उसले नजिकैको रेस्टूरेन्टमा लगि तिनै जना त्यही खाजा order गरेउ ,म उसलाई हेरेर अघाएको नै थिइन एकोहोरो हेरिमात्र रहे केहीबेर उ लाजले भतूक्क भकी थिई ,, खाजा आईपुगेछ उ बाट आफ्नो नजर हटाए र खाजा खान थाले ,खाजा खादै गर्दा बस्ने कुरा निकाले मैले दुबै जनाले घरमा दाई हुनुहुन्छ बस्न अलि नमिल्ने कुरा सुनाए ,मैले उसलाई कर गरे केही बाहाना बनाउन भने ,उ सोच्न थाली केहीबेरमा उसले हुन्छ भनि ,अब रातीको प्लान गर्नु थियो, बस्नको लागि होटेल खोज्नु थियो त्यही हामी कुरा गर्दा गर्दै waiter ले हामीलाई आएर सोध्यो बस्नको लागि यै नजिकै होटल छ हजूर हरुले एक्चोटी हेर्न सक्नु हुन्छ भन्यो, उस्को बैनीलाई त्यही बस्न लगाएर हामी दुई जना खाजा सकेर होटेल हेर्न गएउ ,होटेल अन्नपूर्ण ,ठिकै थियो , २ ओटा रूम लिगेउ उस्को दाइलाई फोन गरेर साथीकोमा बस्न गएको आज नआऊने भनी ,दुबै जना रुममा गएउ ,,रूम पनि राम्रै थियो फराकीलो डबल बेड सितको , बिहान देखिको धुलो मैलो सरीरभरी टासीएको थियो म फ्रेस हुन् बाथरूम छिरे ,,उ भित्र रुममा बसेर मलाई कुर्दै थिई, केही बेरमा म फ्रेस भएर टावेल बेरेर बाहिर निस्के उसले मेरो पूरै सरीर ध्यान पुर्बक हेरीरहेकी थिई , म आफैलाई लाज लाग्यो उसलाई आखा चिम्म गर्न भने अनि मैले हाप पेन्ट र टिसर्ट लगाए झोला रूममै राखेर हामी पहिलेकै रेस्टूरेन्टमा आएउ,उस्को बैनीको साथमा कोही थियो मलाई अलि अस्जिलों लाग्यो ,एकमनले सोच्यो कोही उस्को आफन्ती त होइन अनि अर्को मनले बैनीको साथी होला भन्ने सोचे, भेटेर परिचय भो बैनीको साथी रहेछ, नाम कुमार सर्मा ,आज हामी सँगै बस्न आको रैछ , बैनीले फोन गरेर बोलाकी ,अब हामी तीन जना बाट चार जना भएका थियौ ,,रेस्टूरेन्ड को बिल तिरेर फेरी फेवा ताल तीर घुम्न् निस्केउ ||
मलाई उसंग फेवातालमा डूङ्गा चढ्न मन थियो चार जनाले २ ओटा डूङ्गा बुक गरेउ ,उ र म एउटा डूङ्गा , बैनी र कुमार अर्को डूङ्गामा चढे ,हामी फेवातालमा एउटै डूङ्गामा सँगै थियौ ,केही सम्झना अनि त्यो रमाइलो पल मोबाइलको क्यामरामा कैद गरेउ ,,ताल बाराही मन्दिर गएउ ,भगवानका सामू मलाई अरु केही चाहिदैन बस उस्को र मेरो सम्बन्ध यसरी नै हाम्रो प्राण हुन्जेल बाचिरहोस उसलाई म बाट कहिल्यै टाढा जान नपरोस उस्को साथ सदैभर यसरी नै पाइरहुभनेर मागे मैले ,उसले के मागी उसैलाई थाहा होला , साएद उसले पनि मैले झै मागी होली ,फर्किदै गर्दा उस्लेसोधि के माग्नु भो भगवान संग भनेर मैले तिमीलाई मागे भने ,म जून मन्दिर पस्दा पनि मलाई ठूलो मान्छे बनाईदेऊ भनेर कहिल्यै मागिन भगवान संग म उसैलाई मागिरहेको हुन्थे ,,अनि तीम्ले के मागेउ भनेर सोधे म भन्दिन भनी उ लजाई ,मैले बुझे उसले मलाई नै मागेकी रैछ भन्ने ,, घाम पश्चिमको डाडोमा पूगीसकेको थियो फेवा ताल डूब्दै गरेको घामको आकृति देखिन्थो ,,केही बेरको डूँङ्गा सफारी पछि हामी होटेल आएउ ,, खाना कोको ले खाने भनेर सल्लाह भो कुमारले म खाना खान्न भन्यो दीदीबैनी ले एउटा खाना खाने भने ,मलाई एउटा गरेर २ ओटा खाना order गरेउ र हामी आफ्नो रुमतिर उकालो लागेउ,सुरुमा एउटै रुममा चारजना गएउ केहीबेर भलाकुसारी गरेउ,केहीबेरमा खाना रेडी भएछ तलबाट कल आयो सबै जना तल झरेर खाना खाईओरी फेरी उहि रुममा गएउ ,उसलाई मैले सुटुक्क बाहिर घूम्न जाऊ न भने,,मलाई पोखराको night view हेर्न एक्दम मन थियो ,बैनी र कुमारलाई तिमिहरु पनि जान्छौ र भनेर सोधि उसले हामी जादैनौ तिमिहरु मात्र जाओ भनी उस्की बैनीले !!

दुबैजना लेकसाइडको night view हेर्न निस्केउ उ र म माया प्रेमका गफ गर्दै night walk गरिरहेका थियौ मैले अहिले सम्म नगरेको अनुभब गर्न पाए ,कुनै दिन मैले सपना देखेको थिए नाराएणी किनार आफ्नो प्रेमिको हात समातेर हीड्ने दिन कैले आउला भनेर मेरो त्यो सपना आज पूरा भैरहेको थियो,नारायणी नभएनी पोखराको लेकसाइड म आफ्नो प्रेमिकाको हात समातेर हीडीरहेको थिए ,, मेरो खुसिको सीमा नै थिएन ,,दुबै जना गफ गर्दै मनका कुराहरु फेश टू फेस आम्ने साम्ने खोल्न पाउदा उ पनि खुसी देखिन्थि ,,,रातीको १० बजे सम्म हामी बाहिरै थियौ गर्मी मौसम भए पनि तातेको हावा चिस्सीदै गएर होला जाडो जाडो मान्दै थिई उ , जाऊ भो अब अबेर पनि भैसक्यो तिम्लाई जाडो पनि भए जस्तो छ भने र दुबैजना होटेल फर्केउ ||
हामी आउदा दुई जना सुतीसकेका थिए अलग अलग कोठामा ,उसलाई goodnight भनेर कुमार सूतेको कोठा भित्र छिरे ,, उ मस्त निंद्रामा थियो disturb गर्न मन लागेन हात खुट्टा धोएर म पनि आफ्नो बेडमा पल्टीए ,,सीलिङ्को घूमीरहेको पंखा हेर्दै उस्को र मेरो दिनभरीको कुराकानी हरु याद गर्दै थिए ,,बिहानको गाडीको यात्रा दिनको हिडाई आनि फेरी रातीको night walk ले सरीर लखतरान थियो छिट्टै नै निदाएछु ।

बिहान ५ बजे कुमार उठेर मलाई उठायो” मेरो घरबाट फोन आयो म निस्कन पर्ने भो हजूर राम्रो संग जानुस ल भन्यो मैले ल हुन्छ तिमी पनि राम्रो संग जाऊ भने ,, उ कोठा बाट निस्कियो,, ,म फेरी निदाएछु, बिहान उठ्दा उसलाई देखिन उ गएको अली अली मात्र याद थियो, उठेर तल झरे दीदीबैनी दुबै उठीसकेका रहेछन तल चिया पिउदै थिए ,मलाई पनि एक कप चिया मगाए ,चिया सकेर कही घूम्न जाऊ न भनी उसले मलाई हीड्न जागर नै थिएन म थाकेको छु भने बैनी पनि १0 बजे म जान्छु घर गएर खाना बनाउछु त दाइसँगै बस भनेर उ होटेल बाट निस्की अब हामी २ जना मात्र भयौ बिहान , बिहान पनि के भन्नु साढे दश भइसकेको थियो चर्को घाम टाउको माथी आइसकेको थियो ,चितवन भन्दा अली केही कम थियो गर्मी साएद पोखरा हिमालको नजिक भएर होला म धेरै पटक पोखरा गएको थिए तर अहिलेको जस्तो अनुभती पैले कहिल्यै भएन, कस्तो अर्कै छुट्टै अनुभूति रमणीय ,आकर्षक ,मनमोहक म केहीबेर आनन्द महसुश गरे, होटेलको दाइलाई २ बजे सम्म रूम मिलाइदिनु भने दाइले हुन्छ बस्नुस भने, दुबै जना म बसेको कोठामा गएउ ||
दुबै जना एउटै बेडमा पल्टीयौ त्यही माया प्रेमका कुरा गरेउ, दुख सुखका कुरा गरेउ ,रिस झगड़ा गरेउ, बिगत आठ महिना देखि थूपारेका सबै कुराहरु त्यही एक आपसमा खोलेउ ,हामी बिहे कहिले गर्ने भनी मैले त्यो बिषयमा सोचेको पनि थिइन,एक्कासी उस्को त्यो प्रस्नले म मौन भए, केहीबेरमा फेरी सोधि कैले गर्ने भन्नु न ? अब दुबै जना आआफ्नो खुट्टामा उभिए पछि त होला नि भने उसले असमर्थ जनाई , मेरो पढ़ाइ अझै पूरा भएको थिएन अनि गतिलो जब गर्नु थियो ,,उसलाई ल्याएपछि उसका आवस्यकता पूरा गर्न सक्ने बन्नू थियो मलाई ,मेरो पढाई पूरा भएपछि गर्नि ल भने उसले हस हुन्छ भनी ,दुई बजे सम्म यस्तै यस्तै रमाइला गफ गर्दै बसेऊ ||
२ बजे होटेलको बिल तिरेर दुबै जना होटल बाट बिदा भएर निस्केउ ,उसले मेरो हात जोडले समातीरहेकी थिई , छूट्ने बेलाको उस्को त्यो स्पर्स भनु या पकड झन मजबूत बन्दै गयो,हात छोड्नै मानेकी थिइन, उस्को अनुहार हेरे केही मलिनो थियो , मैले के भो भनेर सोधे उसले रुन्चे स्वरमा केही हैन भनी ,यत्तिकैमा उस्का आखाबाट आसू खासे,मलाई नराम्रो लाग्यो ,नरौ म सधैलाई छोडेर जान लाएको हो र पछि फेरी आईहाल्छु नरौ भनेर उसका आसू पुसीदीए र उसलाई त्यही नजिकैको बेन्चिमा बस्न लगाए ,बस्न साथ मलाई कस्सेर अंगालोमा बेरी ,हामी छिट्टै बिहे गरौ ल भनी फेरी ,मैले सान्त बनाउनको लागि हुन्छ भने ,, ,तपाईको पढाई पूरा नहूदै मलाई छोड्नु भो भने ?उस्को संकास्पद प्रस्न ,अब तिमी र मलाई कसैले अलग गर्न सक्दैन तिमी ढुक्क भएर बस मेरी” पुकु” भने उसले फेरी गालैमा जूठो हाली र “आलू” भनी ,उस्को त्यो आलू सब्दमा कति धेरै माया लुकेको थियो,ल अब जाऊ भनेर दुबैजाना उठेऊ बसपार्क नजिकिदै थियो उ र म छूटने समय पनि उतिनै थियो जति बसपार्क सम्मको दूरी थियो ,उ मेरो हात उस्तै जोडले समातीरहेकी थिई ,केही बोल न भने ,के बोल्नु छोडेर जानी संग बोल्दिन केही जानुस भनी ,तर मेरो हात भने छोडेकि थिइन ,काउंटरमा गएर नारायणगढ़ जाने २० मिनेट पछिको बसको टिकट लीगे अब हामी संग जम्मा २० मिनेट मात्र बाकी थियो टिकट काटेर बस खोज्न गएउ दुबै जना, ग ३ ख १५४५ नम्बरको बस परीपट्टी लागिरहेको देखे ,,ल बस त्यहा रैछ एकछिन यै बसौ भने उसलाई ,एक एक मिनेटको हिसाब गर्दै थिई उ ,कति मिनेट छ अब भनेर प्रतेक २-२-मिनेटमा सोधीरहेकी थिई ,मैले ५ मिनेट भने उ फेरि मालिनो मुख बनाउन थाली मैले मेरो रुमाल तयार पारे यत्रो मान्छे को अगाडि आसू चुहाउली भनेर ,उसलाई आफ्नो छातिमा टासे ल मेरो चिनो यो रुमाल लीग अहिले बाटोमा आसू पूछ्न काम लाग्छ भनेर उसलाई रुमाल दीए ,, गाडी स्टार्ट भयो ल राम्रो संग बस है म पुगेर कल गर्छु पीर नगर भने ,उसले त्यही रुमालले आसू पुछि,कता कता नरमाइलो अनुभूति भो एक्कासी ,उसले समातेको हात छुटाएर हिड्न मन थिएन ,बसले हर्न् बजाऊन थाल्यो ,ल नारायणगढ़ जाने सबै चढ्नुस है समय भयो भन्दै चिच्याउदै आयो खलासी दाई ,, जबरजस्ती उसले समातेको हात छुटाएर म बस चढे ,उ मलाई हेरीराकी थिई ,बस हिड्यो झ्यालको सीसा खोलेर टाउको निकालेर आखाले देखूँन्जेल उसलाई हेरीरहे, उ पनि म ओझेल नपुरुन्जेल हेरीराकी थिई ,, बसपार्क छोडेर बस आफ्नो गन्तब्य तर्फ हुइकियो।

समाप्त🙏

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button