देब्रे हातको कथा

बिहे गरेको ६ बर्ष पछि घरमा छोरो जन्मियो , हजूरबाहजूरामा घरमा नाती जन्मियो भनेर खुसी देखिन्थे, बा आमा को धेरै बर्षको प्रतीक्षा पछि र प्रयास पछि बल्ल एउटा सन्तान भको खुसी नहुने कुरै भएन ,बाझी हुनी भै भनेर कुरा काट्ने गाउलेको मुखमा बूझो लायो ,,
सबै गाउलेलाई बोलाएर छोरो जन्मेको खुसियाली मनाए , न्वारन मा गाउमै नभाको नाम राखे, बल्ल तल्ल जन्मेको नातीको स्यारसुसार हजूर बा हजूरामाले एकछिन नछोडी गरे ,बा आमाको पालो बिरलै आऊथ्यो, आमाले दूध चुसाऊने बेला र बा ले राति सुत्ने बेला मात्र देख्न पाउथे ,हजूर बा हजूरआमाको काखमा दिनभरी छोडेर बा आमा मेलापात जान्थे ,भनिन्छ नि” सावा भन्दा ब्याज प्यारो” भनेर हो त्यस्तै थियो हजूरबा हजूरामाका लागि त्यो नाती ,आफ्नो छोरालाई भन्दा बढी माया नातीलाई गर्थे ,,
जब उ ठूलो हुदै गयो हात खुट्टा चलाउन थाल्यो , उभिन थाल्यो ताते ताते हिडन थाल्यो ,घरमा खुसिको माहोल थपीदै गयो , जब आफै खान कोसिस गर्छ देब्रे हात अगाडि बडाउछ घरका सबैलाई पीर पर्न थाल्यो ,घरकाले दाहिने हातलाई बानी पार्न धेरै कोसिस गरे तर घरकाको त्यो प्रयास बिफल भयो , खानलाई दाहिने हात कहिल्यै अघि सारेन ,जब ४ बर्सीको भयो अब कलम समात्न सिकाऊन परो भनेर जब कापी र पेन्सील अगाडि राख्दीन्थे फेरि उहि देब्रेहातले पेन्सिल समात्न थाल्यो ,हैन लेख्न त दाहिने ले नै सिकाऊन पर्छ भनेर हर दिनरात आफ्नै अगाडि राखेर दाहिने हातमा कलम राख्दिन थाले ,उस्ले दाहिने हातले कलम समात्नै सकेन , उस्को त्यो हातमा कलम टीक्नै सकेन, धेरै प्रयास पछि पनि दाहिने हातले कलम नसमाते पछि, बल्ल तल्ल जन्मेको नाती देब्रे जन्मिएछ भनेर हजूरबा हजूरामाले आमालाई गाली गर्न थाले देब्रे जन्माई छे भनेर , आमा जस्तो छोरो त्यस्तै जन्मियो भन्दै आमालाई हप्काई रहन्थे घरमा , गाऊ घरमा उखानै थियो बाऊ गोत गकी छोरी भाग्यमानि आमा गोत गको छोरो भाग्यमानि हुन्छ भन्ने,तर उसका हजूरबाले बुझ्न सकेनन, नाती भाग्यमानि छ भन्ने , , घरमा सकीएन भनेर उसलाई स्कूल भर्ना गर्दीन्छन बाल शिक्षीकाले धेरै कोसिस गर्छिन अह उनीबाट पनि दाहिने हात चलाउन सीक्दैन उसले हात देब्रे भए पनि पढाई भने राम्रो गर्दै जान्छ ,बालबिकास बाट राम्रो पढेर उ कक्षा १ मा जान्छ , १ बाट पहिलो भएर २ मा जान्छ , हात देब्रे भएर के भो त पढाई राम्रो छ भनेर आमालाई गर्ब थियो, घरमा त ठिकै हो काही आफन्तीको मा जादा,कोही आफन्ती आफ्नो मा आउदा देब्रे हातले खाको देख्दा अरुले के सोच्छन भनेर अलि चिन्तीत हुन्थीन उस्कि आमा ,हजूर बा ले दिनकै गाली गर्थे उसलाई ,बा ले दाहिने खा भनेर सम्झाउथे ,दाहिने हातले भात समाथ्यो,तर मुख सम्म नपूग्दै, बिचमै हातबाट खसेर भुईभरी हुन्थ्यो,उ आफैले पनि धेरै कोसिस गर्यो ,अरुको अगाडि दाहिने ले खाए जस्तो गर्थ्यो तर उसका दुबै हात जूठा हुन्थे ,आसपास देख्ने कोही छैन भनी देब्रे हात हालिहाल्थ्यो, देब्रे हातले फटाफट खाएर थाल राख्न भन्दा पहिला देब्रे हात धुन्थियो कोही आईहाल्छ की भनेर ,कोही आसपास छ भने बिचरा भोकै हुन्थियो, मुखमा भन्दा धेरै भात भुईमा हुनथियो,दाहिने हातले खादाकोदिन बढो मुस्किलले खान्थियो,
बिस्तारै उ ठूलो हुदै गयो ,कसैको बिहे, ब्रतबंध, कसैको भोजभतेर,काही पूजाआजा मा जादा देब्रे हातले खाको देखेर सबैले खिसि गर्थे , उ आफैलाई लाज हुन थाल्यो ,बढो चिन्तित थियो , हैन भएन अब मैले खाना खान चाही दाहिनेले सिक्छु अब भनेर उसले दिन रात कोशीश गर्यो, महिनौ को मीहेनत पछि उसले दाहिने हातले खान सिक्यो ,खान त सिक्यो अब अरु बाकी सबै काम देब्रेले गर्थ्यो , घरमा केही काम बिगारे देब्रे हातले गरेको काम पनि कहिल्यै ठीक हुन्थ्यो भनेर बेला बेला हजूरबा हजूरामाको को गाली खाइरहन्थ्यो, कसैलाई केही दीदा दाहिने हातले दिनु पर्छ ,केही लीदा दाहिने हात थाप्नु पर्छ ,भनेर पाठ पढाई रहन्थे हजूरबा हजूरामा ,आमालाई भने कुनै चिन्ता थिएन छोरो देब्रे भो भनेर, उसकी आमा पनि देब्रे थिइन, बिहे गरेर घरमा आउदा देब्रे बुहारी भनेर सासू ससुराको दिनहू गाली खान्थीन, उ जन्मे पछि उसले पनि धेरै पटक सुन्यो आमालाई देब्रे भनेर गाली गरेको ,देब्रे हातले हरेक काम छिटो गर्थ्यो, साथीभाईहरु खेल्न जादा ,फुटबल खेल्दा देब्रे खुट्टाले हान्थ्यो ,कृकेट खेल्दा देब्रे हातले बोलीङ्ग् गर्थ्यो ,गुच्चा हान्दा देब्रेले हान्थ्यो ,चुंगी खेल्दा देब्रेखुट्टाले अरुले भन्दा धेरै लगाउथ्यो , गुदेली चलाउदा ,ढूँगा हान्दा देब्रे हातको निसाना चूक्दैनथ्यो , खान बाहेक उस्को हरेक काम देब्रे थियो ,लेख्दा अरुले भन्दा राम्रो अक्षर लेख्थियो देब्रेहातले ।।

प्लस टू मा पनि राम्रो नम्बर ल्याएर पास भो अब गाउमा बाकी पढाई को लागि स्कूल थिएन, उ काठमाडौ छिर्यो, देब्रे हातले बनाएको उस्को त्यो नाम काठमाडौ मा पनि चिनाउन सफल भयो,

पढ्दै गयो कक्षा चढ्दै गयो , पाच कक्षा सम्म पढेको स्कूल को हेडमास्टर देब्रे थिए, सबैले देब्रे सर भन्थे ,उ आफैले पनि सरका पछाडि कुरा काटदा, गाली गर्दा देब्रे सर भन्थ्यो , कति साथिले उसलाई पनि गाली गर्दा देब्रे भन्थे , पाच बाट फर्स्ट भएर अर्को स्कूल भर्ना भयो त्यहा पनि देब्रे हातले लेख्ने ३-४ जना सर देख्यो, र त्यहाको हेडमास्टर पनि देब्रे निक्लिए , देब्रे हातले लखेर S.L.C मा स्कूलकै टप नम्बर ल्याएर पास भयो , उसका अगाडि देब्रे हाते उदाहरणहरु थुप्रै थिए, जो केही न केही सफलता उच्च स्थान मा थिए , कोही जिल्लाका हाकिम त कोही ठूला ठूला कम्पनिका मालिक , कोही नाम चलेका पण्डित थिए भने कोही शिक्षक,कोही डाक्टर त कोही नेता, बिध्यालय देखि सांसद भवन सम्मका नाम कमाएका ब्यक्ति देब्रे नै धेरै थिए, म पनि केही भएर देखाऊछु भन्ने उस्मा हौसला जाग्यो , स्कलरसिपमा नाम निकालेर ११ -१२ निसुल्क पढ्यो ,झन मीहेनत गर्दै गयो, अब उसका सँगैपढेका साथीहरुले डाहा गर्न थाले,, कति पढ्छस् यार पढेर हात्ती ठूलो भको हो र भनेर जीस्क्याउथे उसलाई ,, साथिको साथ पनि चाहिएको थियो अनि पढाई पनि,, दुबै लाई समय दिन थाल्यो उसले , दिन भरी साथीहरूसँगै हुन्थियो रात भरी पढ्थ्यो, बिहान ६ बजे कलेज ,अनि १० बजे घर , कलेज छुट्न साथ साथीहरू उसलाई लिन घरमै आईपूग्थे ,कुन बार काहा हाटबाजार लाग्छ भन्ने कण्ठ थियो , बिना पैसाको हाटबाजार सामान लिन भन्दा पनि अरुनै कामले जान्थे , भक्खर जुगाका रेखी बसेका सोह्र सत्रमा लाग्दै थिए , सायद उमेरले पनि होला ,बिपरित लिङ्ग प्रतीको चासो अलि बढि नै हुन्थ्यो त्यो उमेरमा, आइतबार एउटीको गाउमा बाजार लाग्थियो ,सोमबार आर्कीको गाउमा ,मंगलबार अर्कीको,यसरी नै बार पीच्छे उनीहरुले मन पराउने केटिहरु थिए ,सोमबारे बाजार लाग्ने गाउमाचाही उसकी थिई तर भन्न सकेको थिएन ,पढाई बीग्रिन्छ भन्ने पीरले खाईरहन्थ्यो उसलाई ,अरुदिन आनेकानी गरेर जान्थियो भने सोमबार हसीलो अनुहार मा छुट्टै चमक लिएर हाटबाजार जान्थ्यो,,त्यो अल्लारे माया भन्दा पढाई ठूलो भो उस्को लागि ।
प्लस टू मा पनि राम्रो नम्बर ल्याएर पास भो अब गाउमा बाकी पढाई को लागि स्कूल थिएन, उ काठमाडौ छिर्यो, देब्रे हातले बनाएको उस्को त्यो नाम काठमाडौ मा पनि चिनाउन सफल भयो, काठमाडौ को टप कलेजमा नाम निकाल्यो पढ्नको लागि, भर्ना भयो अनि पढ्न सुरू गर्यो, ,माया प्रेममा नपरेको पनि हैन धेरै पटक धेरैको मायामा पर्यो तर उस्को त्यो पढाई प्रतीको चासोले गर्दा कुनै पनि सम्बन्ध २-३ महिना भन्दा बढी टीक्न सकेनन ,जे जस्तो भए पनि पढाईलाई निरन्तरता दीईरह्यो ,ब्याचलर मा पनि कलेजको भीत्तामा नाम र फोटो टास्न सफल भयो ,
देब्रे हात असुभ हुन्छ भन्थे तर उस्को लागि बरदान साबित भो ,,,,।।
बाकी प्रगति पछि फेरी लेख्ने छु ।

– बिसाल गैह्रे  ✍️✍️ lefty❤️❤️✍️

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button