प्रेमाग्नि – विशाल आचार्य
प्रेमाग्नि– विशाल आचार्य
टिरिङ टिरिङ
मोबाइलको रिङटोनको अस्पष्ट ध्वनि मेरो कानमा गुञ्जायमान भयो । बन्द आँखा अनि त्यो अधेरो कोठा, मेरा कानका म सँगै लोलाएका अस्पष्ट श्रबण शक्ति !
त्यो मोबाइलको रिंगटोन मेरा निन्द्रा को मलामी बनेर आएको थियो । आलाराम लागेछ क्या हो? आलाराम त राखे जस्तो लाग्या थिएन! को रहेछ यति बिहानै कल गर्ने ? पक्कै केई कामले हुन पर्छ, यति सबेरै कल गर्ने मलाई चिन्नु थियो । मेरा आँखाका परेला एकअर्काका सनिध्यतामा आफ्ना प्रेमरात बिताउँदै थिए, हत्तपत्त छुटिने तरखरमा थिएनन् । मलाई जबरजस्ती तिनीहरूको विछोड गराउँदै आँखा खोल्न पटक्कै मन थिएन । धमिला आँखा सँगै, मेरा हात मोबाईल खोज्दै सल्बलाउन थाले । मेरै ज्युले च्यापेर सुत्दै रहेछु । एक्कसी माथि आएको नं मा आँखा गयो । कुनै नयाँ, अपरिचित नं. थियो । भोलि त भ्यालेन्टाइन डे । आज अञ्जनाले जिस्किन नयाँ नं बाट कल गरी की भन्ने लाग्यो ।
”हेलो!” अर्ध निन्द्रामै भय जसरी मैले फोन उठाउँदै बोले ।
उताबाट पनि ”हेलो”
कुनै अपरिचितको आवाज थिएन तर त्यो परिचित जस्तो आवाज अञ्जनाको चै थिएन, यो चै मैले आधा निन्द्रामै भएपनि थाहा पाइहाले । अन्जनाले साथीलाई बोल्न लगाएकी भन्ने पनि अर्को दिमाख ले सोच्न भ्याइसकेको थियो । यति छोटो समयमा पनि दिमाखले अनेकौं लख काट्न भ्याइसकेको थियो । मन त हो ,जो निराकार छ, दौडिन्छ ,हिँड्छ , हास्छ ,रुन्छ अनेक गर्दछ, न कसैले अधीनमा राख्छु भनेर अधीनमा बस्छ ,यो निराकार मनको आयतको कुनै परिधि छैन ।
”को बोल्नु भाको?” उता बाटै प्रश्न आयो ।
”जसलाई कल गर्नु भो उही बोलेको”, जिस्किने मोडमा थिइन तैपनि यो चै मेरो मुख बाट निस्कि हाल्यो ।
”तपाईंले चै कसलाई खोज्नु भाको?” मैले प्रश्न गरिहाले !
उसले को बोल्नु भएको, साएद उसले पहिलो पटक यो नम्बरमा कल गर्दै थियी, त्यसकारण पनि सोधेकी हुन पर्छ ।
यसै मेरो निन्द्रा खराब गरेकोमा यसै भाउन्न छुटेको थियो । मलाई त्यो संवादलाई औपचारिकता भन्दा पर लानु थिएन । साएद २, ३ दिन राम्रो सँग सुत्न पनि पाएको थिइन । हिजो नाइटमा बल्ल सचिनको घर बाट आएको थिएँ । यसै निन्द्रा नपुगेको त्यहीमाथि मलाई बिहान कसैले कल गरेर मेरो निन्द्रा खराब गरेकोमा भाउन्न नछुट्ने कुरै भएन ।
”तिमी सूचित हो? ”
आधा निन्द्रामा त्यो अर्धपरीचित आवाजले मेरो नाम लिँदा म मा भएको कौतुहलताले निन्द्रामा लिप्त चेतनालाई निम्ता दिइ हाल्यो ।
“हजुर को बोल्नु भयो र? खासै चिने जस्तो लागेन!” मेरो जबाफ थियो ।
खासै ? यो भन्न जरूरत थिएन तै पनि भनीहालेछु ।
“सुन न! सचिनको नम्बर ट्राई गरिराको छु एकहप्ता भयो । आईडी हरू सबै डिएक्टिभ छन् । उसको नंबरहरू सबै सम्पर्क बाहिर छन् । उसलाई भोलि पशुपति पठाइदेउ है!”
सचिन ??
अनि पशुपति!
ऊ चितवन बस्थियो । ऊ काठमाण्डौ काम विशेषले वाहेक मैले आएको थाहा पाएको थिइन । उसले सचिन लाई यसरी पशुपति पठाइदेउ भनेकी थिइ की मानौं सचिन यो समय काठमाण्डौ मै छ भन्ने पूर्ण विश्वासमा थिई ।
यी नामले मेरा अब अवशेष निन्द्रा पनि हराई हाल्यो ।
मलाई यो कुरा बुझ्न समय नै लागेन, की यिनी महिना उनीहरू बीच कुनै संवाद भएको छैन । मलाई मात्र हैन, यो कहानी सुरु हुँदा सबैलाई लाग्न सक्छ तर म यस काहनी को पूर्बाँध र उत्तरार्ध सँग राम्रै अपगत थिए ।
मलाई सेलिनाको जीवनमा के घट्दै थियो त्यो त थाहा थिएन । तर सचिनका हरेक पीडा सँग ढिलै भएपनि अपगत भएको थिए तर दुर्भाग्य उसको चित्कार मैले सुन्न पाइन, महसुस गर्न पाईन, साएद पाएको भए अहिलेमैले बाचेको समय अर्कै हुन्थ्यो । मैले उसका कहानी केबल पढ्न पाएँ कहानि जसरी नै,कुनै पानामा सिमित हुँदै गरेका उसका चित्कार, साएद कसैलाई सुनाउन बाँकी थियो होला । अनि मलाई समयले यसरी मौका दिँदै थियो । मलाई यो समय हातबाट उम्कन दिन मन थिएन ।
पशुपति ? ऊ बोल्दै थिई ।
“पशुपतिको पछाडि वनतिर जाने भरेङ बाट केहि माथि गए पछि बायाँ तर्फ मोडिने ठाउँ आँउछ, त्यहाँ एउटा सानो चिया पसल अनि बस्ने ठाउँ हरु छन् । उसलाई त्यही आउन भन्देउ है !”
उसले दिएको लोकेशन मेरा दिमाखले तिप्नै भ्याएको थिएन । कहाँ रे? भन्न मन थियो ! तर मेरो बोली फुट्न सकेन । सायद ऊ समय सँग अजै अवगत छैन यो चै मैले मेसो पाएँ । मैले केई बोलु यो भन्दा अगाडि नै त्यो परिचित जस्तै लागेको बोली बन्द भइसकेको थियो सायद उसलाई मेरो हुन्छ या हुन्नमा कुनै सरोकार थिएन ।
उसलाई कल गरेर उसले सुन्न नचाहेका शब्द पुनः सुनाउन चाहिन । मलाई समयले संवाहक बन्ने एउटा मौका दिँदै थियो । त्यो संवाहक जसले एउटा यात्रीको अपराजित जीवनको आत्मदाहको कहानी अर्को सहयात्रीलाई सुनाउन थियो ।
उसका केही अनुत्तरित प्रश्नका उत्तर सचीनका तर्फ बाट टक्र्याउन भएपनि उस्लाई यति छिटै फोनबाट सत्यता सँग अवगत गराउन चाहिन ।
उसको त्यो स्वर ले बिथोलेको मेरो निन्द्रा लाई यिनै प्रश्नहरुले भस्म बनाइदियो । के गरौं ? केई आधा अधूरा कामहरू मलाई गर्नु थियो । म माथि समयले केहि दायित्व दिएको थियो, म उसको यस्तो साथी जो अर्को मित्रको प्रेमको अस्ति सेलाउँदै छू, अब आफुलाई के भनौं? भाग्यमानी??
त्यो प्रेम जीवन जसलाई उसले पाउँदा पाउँदै गुमाएको थियो । मलाई उसको बनेर जानु थियो जसको अस्तितव अब यो लोक ले मान्दैन । अब मलाई एउटा अन्तिम कर्तव्य पूरा गर्नु थियो । त्यो एक्कासी अस्त्याएर अन्धकारमा लिप्त हुँदै गरेको क्रन्धन कसैको कानमा पुराइदिन थियो जसलाई ढिलो चाडो, जान्न आवस्यक थियो ।
उसका केई कुरा सेलीनालाई दिनु थियो जसको ऊ हकदार थिई । हकदार थिई भन्दा पनि उसले हकदार बनाइदिएको थियो ।
अब म सँग सचिनको नाममा केबल उसका तितामिठा पलहरुका स्मृति बनेर मानसपटलमा सलबलाई रहेका थिए । आज उसलाई मैले सबै भन्दा ठूलो खुसीको खबर सुनाउनु थियो । तर अप्सोच न ती कुराहरू अब कुनै हाम्रालागि खुसीका कुरा थिए, नत म सँग त्यो कुरा सुन्ने मेरो मित्र थियो । अब मलाई भोलि बिहान पशुपती जान थियो । त्यो दिन मेरा मन सँगै कसरी ढल्यो पत्तो पाइन ।
पशुपति जानु अगाडिको रात मलाई खासै निन्द्रा लागेन । अलि अलि डर । खै के को डर त्यो मलाई थाहा छैन । त्यो रात मलाई निकै बेचहैनी ले सताएको थियो । आँखा बन्द गर्दा, मलाई भोलिलाई सामना कसरी गर्ने डरले सताउँथियो । मलाई त्यो रात निदाउँदा विपनाको डर लाग्थ्यो अनि होसमा हुँदा सपनाको । सचिनले हरेक कुरामा उसको तारिफ गर्थ्यो । तारिफ गर्दा मेरो मानसपटलमा उसको एउटा आकृति बनेको थियो । आज त्यो आकृति मेरो आँखा वरिपरी घुमेको घुमै छ ।
मैले एकपटक जिस्केर “मलाई भाउजु सँग चिनजान कहिले गराउँछस्” भनेको थिएँ ।
उसले जबाफमा निधारमा साना साना मोजा पार्दै मेरो नजिक आएर बिस्तारै “पख्न । जन्ती जलास् नी मेरो एकैपटक भाउजु लिन । किन चिनजान गर्नु परो?” भनेको थियो ।.
“हैन के यसो भाउजुको साथीहरु भए कुरो मिलाउन भन्न हुन्छ नि त !” मैले जिस्केर जवाफ दिएको थिएँ ।
“साला …….” येत्तिकै मा उसले कुरा टारेको थियो ।
मलाई भोलि के हुने हो भन्ने डरले भन्दा बढ्ता अब सचिन सँग सनिध्यतामा गरेका फन्टुस कामहरु मेरा आखा अगाडि चलचित्र जसरी आइरहेका थिए । मेरा आँखामा आँसु, जम्मा भएका तालको बाँध फुटे जसरी आँसुका धारा बग्न लाग्दै थिए ।
खै यस्तै सोच्दै सोच्दै कति बेला निदाएछु पत्तै पाइन ।
अलारम लगाउँछु भन्या थिए । बिर्सेछु, पशुपति जानु पर्ने । यसै अल्छिमान्छे, बिहान अलाराम नलगाए पनि ६ बजे त उठेछु । नाश्ता खान मेरो इच्छा थिएन । उठेर सरासर टाउको पखाले । सचिन ले मलाई बर्थडे मा गिफ्ट दिएको जाकेट थियो । फेब्रअरी १४.., जाडै थियो वाहिर । निलो कलर को टी-सर्ट, कालो जिन्स पेन्ट अनि टि-सर्ट माथि सचिनले दिएको त्यो ज्याकेट अनि तल बूट । मलाई हतार भएको थियो । छिटो छिटो ढोका मा चापी लगाएर साईत गर्ने तरखरमा थिए । मैले यति विहानै बाहिर जान निस्किन लाको देखेर मेरो रूम को अर्को साइड मा बस्ने दिदी ले देखिहाल्नुभो,
“भाइ ले त आज बिहानै को साहित पो गर्न लाग्नु भएछ!” दिदी ले मुस्काउँदै, “भ्यालेन्टाइन डे लाग्यो कि क्या हो भाइलाई? ” भन्नुभो ।
मलाई खासै उत्तर दिने मन थिएन तर अनइच्छा भएपनि जबर्जस्ति गिजिक्क दाँत देखाउँदै भनें “दिदी पनि! हैन सानो काम परेर जान लाको कहाँ भ्यालेन्टाइन लाग्नु हामी जस्तो सोझोलाई!”
दिदी हास्दै किचेन भित्र पस्नु भयो । म सरासर भरेंग तल झरे । कलंकी देखि त्यस्तै १० मिनेटको बाटो छ मेरो रूम जानलाई । बाटोमा कयौं प्रश्न र त्यसका उत्तर मन मनै छिचोल्दै म कलङ्की आइपुगे ।
दाई जाने हो?
चक्रपथ चाबेल गौशाला । ।
चक्रपथ चाबेल गौशाला । ।
त्यो खलासी दाई मानौं पहिलै कयौं पटक बोलचाल भएको होस् । यसरी नै “बसम न दाई आफ्नै गाडी होनी अब हिडी हाल्छ” भन्दै थिए । मैले एउटा जबर्जस्ति हाँसो हाँसिदिए । साएद उसको त्यो अथिथ्यलाई यो आबस्यक पनि थियो ।
पछिल्लो सिट पक्डिँए । लगभग आधा सिट खालिनै थिए । तर खै मलाई कुन शक्तिले पछाडि तानेको थियो । पछि म अन्तिम मा बसेपछि किन अगाडिको सीट छाडेर अन्तिम मा आएको होला मनमनै प्रश्न गर्दै थिएँ । पछाडि भिरेको झोला काख मा राखे । अनि मैले ब्याग खोलेर हेरे । खास, आज म भन्दा पनि यिनी हरु खुसी होलान् हकवाला मान्छे जो पाउँदै छन् यिनीहरु ले । मैले त्यो खैरो डायरी र त्यो अर्ध ओइलाएको गुलावलाई स्पर्श गर्दै मन मनै बात गर्दै थिए । सायद प्रेम दिवस थियो महल हरु सजिएका थिए । ति सुन्दर महलहरू अझै सुन्दर फूलहरु ले गर्दा सुन्दर देखिन्थे ।
झसक्क सचिनलाई सम्झिए । ‘उसको पनि यस्तै सुन्दर त थियो जीवन उसले पनि आफ्नो सुन्दर जीवनलाई सजाउन सुन्दर फूल रोजेको थियो । तर उसको नसिवलाई काँडा प्यारो रहेछ जसले सधैं लाई टाढा बनाइदियो ।’ आफ्नो मन समाल्न खोज्दै थिए । यस्तै चीज देख्यो कि मलाई सचिनको याद दिलाई हाल्थ्यो । कसो आँखा लागेछ । कहाँ पुग्दा निदाएछु ।
‘सचिन र म एकपटक भक्तपुर नयाँथिमी जाँदा दुवै जना निदाएको थियौं । उता सूर्यविनायक गएपछि दुवैको आँखा खुल्यो । पछि हामी दुवै ओर्लेर बाटो मा हासखेल गर्दै हिँड्दै फर्केका थियौ ।’ मलाई त्यो याद आइहाल्यो । यसो आँखा खुल्दा बाहिर हेरिहाले । “कतै गौशाला कटीन नी!” मनमनै लाग्यो ।
“ल है गौशाला आयो । गौशाला झर्ने भाडा मिलाउँदै अगाडि आउनुस् है ।” अगाडि बाट आवाज आयो ।
मेरो मुटुले आफ्नो रफ्तार बढाएको मैले महसुस गर्दै थिएं । म झरे । त्यो सयौ को भीड छिचोल्दै मलाई अगाडि जानु थियो । आज त्यो सयौ को भीड भन्दा पनि मलाई मेरा मनमा उलुझेका हजारौं सवाल, हजारौं तर्कको भीड छिचोलन कठिन पर्दै थियो ।
“दाई सस्तो सस्तो माला पूजा गर्ने फूल । लैजानुस् न । भित्र पाइँदैन क्या ।” मानिसहरू बाटो छेक्दै समान विकाउँदै थिए ।
“दाई शिवजीलाई बेलपत्र मन पर्छ । रुद्राक्ष लैजानुस् ।” आदि इत्यादि । इश्वरलाई के मन पर्छ के मन पर्दैन कसरी थाहा पाउँछन् मानिसहरूले । ईश्वरलाई त आफूले सिर्जेको सबै चिज मन पर्छ । इश्वरलाई सबै बराबर लाग्नुपर्ने । के आफ्ना सिर्जनामा पनि ईश्वर भेदभाव गर्छन् र?
त्यो भीड छिचोल्दै म पशुपति को गेट मा आइपुगे । मानिसहरू बिस्तारै कोई भगवान को दर्शन गर्न छिर्दै थिए । कोई फर्कदै । नांगै पाउ मानिस भित्र छिर्दै थिए ।
मलाई माथि बनजाने बाटोमा बोलाइएको थियो । त्यो बाटो मलाई जान मन पनि थिएन । भनिन्छ नी भगवान् सँग त मागेको सबै चिज पूरा हुन्छ रे । तर मैले भगावनकै अगाडि परम प्रिय चीज गुमाएको थिए । मलाई सबै मिथ्या लाग्न थालिसकेको थियो । मानिस बाँच्न का लागि कतिकुरा को साहारा लिन पर्ने है । आस्था, भरोसा, कसैको विश्वास । यि पनि त बाँच्ने आधार हुन् ।
म सिदै आर्यघाट जाने बाटो तर्फ मोडिए । दायाँ तर्फ विद्युतिय शवदाह गृह जाने बाटो थियो । म सिदै आर्यघाट पुगे । पुल तरे । लासहरु जलिरहेका थिए । कोई जल्ने तरखर मा ।
आज प्रेम दिवस । आखिर प्रेम के होर? खयर जे सुकै होस् प्रेम, तर मलाई यो चै थाहा थियो कि ऐले म उभिएको ठाउँ पनि प्रेमको नै गन्तब्य हो , अन्तिम गन्तव्य । मानिसका आफ्ना आफ्नै विचार छन्, प्रेम यही मर्छ रे प्यारो मान्छे खरानी भए सँगै, अझ कोई भन्छन प्रेमले यही अमरत्व पाउँछ । अब मलाई सचिनका तिरस्कित प्रेमका आगामी यात्राबारे जान्ने ठूलो ईच्छा छ । यहाँ पछिको यात्रा ।
म पनि त कहाँ अछुतो छु । म पनि कसैको प्रेमको मलामी बनेर आएको छु । म आफ्नो बाटो लागे । बस्तारै पुल तरेर माथि हेरे । मानिसका हुलहरु झुण्ड झुण्ड बनाएर कोई आर्यघाट तिर नियाली रहेका थिए कोई पाशुपति क्षेत्रको समग्र अवलोकन गर्दै । सबै आफ्नै आफ्नै काम मा ब्यस्त । म त्यो झुण्ड मा प्रायः जोडीहरु प्रसस्त देख्थे ।
सायद, त्यहाँ मध्यनै कोई हुनु पर्दछ उसकी परम प्रिय सेलिना । तर त्यो झुण्डमा हुने सम्भावना अलि कम थियो ।
को होला यो कौतुहलता ले अब मेरो धैर्यताको परीक्षा लिँदै थियो । अनि आज यो कौतुहलता भन्दा बढी मलाई निकट आउदै गरेको पलको डर लाग्दै थियो । म केई सीडी उक्लिए । अनि उसले भनेझै बायाँ लागे । एउटा बाबा शरीरमा लेप दलेर ध्यानमा बसिरहेका थिए । शिवजीको परम भक्त सायद । ईश्वर एउटै न हुन् । तर मानिसहरुको आफ्नै आफ्नै आडम्बर छ ईश्वर मान्ने । कोई सारा छाडेर इश्वर खोज्दै यहाँ आइपुगेका हुन्छन् । कोई सारा लिएर । आफ्नै परिभाषा, आफ्नै भगवान्, म जान्दिनँ तिम्रा लोकका भगवान् । तिनी तपस्वी मुखबाट निस्केको ॐकार ध्ध्वनी यसरी मेरा कानमा प्रवाहित भयो । मानौं मैले एकछिन आफैलाई बिर्सेको हुम् । सायद मोह माया परको अलौकिक सुख यस्तै लाई भन्छन क्यारे ।
“टिरिङ टिरिङ” मोबाईल बज्यो । म झस्सक्क भएँ । रिङ टोन बज्नासाथ मेरा आँखा माथि रहेका मानिसका झुण्डमा गयो । त्यो झुण्ड भन्दा अलिक वर मैले माथि एकजना गोरी गोरी, लामो केश, आँखामा गाजल लगाएकी, गुलाबी ओठ, पिंक र कालो कलर मिसाएको टाटे रंग को बाक्लो सर्ट लगाएकी, तल जिन्स पेन्ट । उसले कानमा फोन लगेर कसैलाई फोन गर्ने कोसिस गर्दै थी सायद । मेरा हात काप्न लाग्दै थिए । म मा बोल्ने हिम्मत क्षीण हुँदै थियो । उसले सचिनलाई बोलाइएकी थीई । उसको मोबाइल अफ भएको कारण ले यो पटक पनि मलाई नै कल गरेजस्तो लाग्यो ।
मैले फोन उठाएँ, तर म मौन ।
“खै त आएन त ऊ ?” उता बाट आवाज आयो ।
मैले उसले बोलेको सुने । मैले काटेको लख साँच्चै रहेछ । म माथि गए ।
मेरो सबैभन्दा ठूलो परीक्षा हुँदै थियो सायद । मैले उसलाई पछाडि बाट बोलाए । उसले एक सेकेण्ड पनि नलगाई फरक्क फर्की हाली । कालो केस हल्का सूर्य का किरणका स्पर्शले होला, खैरो देखिएको थियो । ठूला त्येजस्बि आँखा, अनि त्यसमा लेपिएको गाजल, गोरो वर्ण, बाहुनी भए पनि खासै चुच्चे नाक चै थिएन । ओठ माथि सानो कोठी । खुल्ला केश उसको रूप साँच्चै वर्णन गर्न लायक थियो । जस्तो सचिनले बयान गरेको थियो त्यो भन्दा सुन्दर । हामी एकअर्कालाई हेरेको हेरै । म उसको सायद सोचाइ भन्दा परको थिएँ ।
जब कुनै अनौठो चीज देख्दा मानिस आश्चर्य मा पर्छ नि, हो… यसरी नै हेरिरहेकी थिई, ऊ मलाई । उसका आँखामा आश्चर्यताको रंग मैले सजिलै देख्न सक्थेँ । अनि म बबुरो ! म, मेरो त्यो अवस्था बयान गर्नै सक्दिन । केई समयका लागि हामी दुवै मौन ।
मैले नै पहिले “हाई!” भन्दै मौनता तोड्ने प्रयास गरे ।
जबाफमा उ बाट “हाई” आयो ।
उसका आँखा अब म बाट हटेर बाहिर कसैलाई खोज्दै थिए सायद । उसले यता उता आँखा डुलाउन थाली ।
“मलाई चिन्यौ ?” मैले एकदम मलिनो स्वर मा भने ।
“अँ….. सचिन ले कुरा गर्थ्यो तिम्रो बारेमा ।”
मलाई चिनेको छू भनेपछि अलि हलुका भयो । सायद मलाई आफ्नो परिचय मा आफ्नो समय खेर फाल्नु पर्ने थिएन ।
मेरो मुटु चरम बिन्दुमा धाडकिदै थियो । यस्तो महसुस हुँदै थियो । अझ उसको यो प्रश्न ले मलाई अधैर्य नै बनायो । उसको आँखामा मैले अब संका उपशंका का रंग हरु देख्न थालेको थिएँ ।
उसले सोधी हाली । “सचिन खै त ? भनेनौ ? की मानेन?”
मेरा इन्द्रिय हरु ले आफ्नो शक्ति गुमाए जस्तो मलाई यस्तो भान हुँदै थियो । डर र पीडा को भेलले मेरो बल्लतल्ल आंशिक समालिरहेको त्यो मनको कमजोर बाँध कतिबेला टुट्ने हो मलाई थाहा थिएन ।
“खै सचिन भन न? किन नआको?”
उसका प्रश्न हरु अब मह तर्फ सोझिए । आफूलाई यसरी समाल्न सक्छु जस्तो लाग्या थिएन । खै कसरी कसरी समाल्हिए ।
“म सबै भन्छु पख न !” यति वाक्य चै मेरा मुख बाट हडबड हडबड गर्दै निस्क्यो ।
उसले नै परको कुर्ची देखाउँदै “त्यहाँ गएर कुरा गरम न त भनी!”
सानोमा बाबा ममी ले खुरुका बस नत्र तँलाई कुट्छु भन्दा यसै नै बच्चा हरु डर ले बस्छन । मपनि त एक किसिमको डरमै थिए । आफुले जिम्मेबारी निभाउन नसक्ने होकी भन्ने डर । म पनि टुपुक्क बसेँ । उ मेरो केहि पर, पशुपति तिर फर्केर बसी । त्यहाँ बाट चितामा जलिरहेका लास हरु तारसै देखिन्थे । माथि कोई भजन गाउँदै थिए । कोई घाटका क्षेत्रको विरुपाक्क्षको मन्दिरको छानामा सिक्का अल्झ्याउन खोज्दै । भगवान लाई खुसी पार्ने मानिसका अनौठा अनौठा क्रिया ।
“हेर न,कोई ,मन्दिर भित्र पूजा गर्न लाईनमा बसिराछन्, कोई यहाँ आएर होम गरिराछन् । कोई भजन गइरहेका छन् । कोई बागमती नुहाई रहेका कोई सिक्का फ्याँकेर आँखा र हात जोड्दै वरदान मागिरहेका ।
उसले मेरा यत्रो प्रश्न भनौं या वाक्यको को उत्तर “अँ…. ” भनेर टारिदिई ।
“मान्छे बाँचुन्जेल ईश्वर सँग कति कुरा माग्छ । हेर त कोई के मागी रहेका छन् कोई के । तर कसैले पनि मागेजस्तो सायद नै पाउँछन् । सायद कर्म ले पाउने कुरा कसैले भगवान् सँग माग्दै माग्दैनन् । उनीहरूले जे माग्छन् त्यो त सायदै पाउँछन्, हेर त तल ।”
उसले तल हेरी ।
“मान्छे ले भगवान् सँग मृत्यु त कहिलै माग्दैन तर यो त सबैको नसिवमा छ । भगवान् खुसी हुन कि दुखी यो त सबैलाई प्राप्त हुन्छ ।”
उसले केई बोलिन । उसको कुनै प्रतिक्रिया नाएपछि म आफै मौन भएँ । अब संवाद उसै बाट सुरु होस् भन्ने थियो । मैले मेरो भिरेको ब्याग काख मा लिए ।
उसले पुरानै प्रश्न दोहोर्याई । “कतिबेला आउँछ के उ? की त ऊ नआउने भएर, तिम्लाई पठाको त हैन?”
उसका हरेक प्रश्न हरुले कुनै न कुनै तरिकाले मलाई पीडा दिई रहेको थियो । उसका हरेक प्रश्न पछि एक प्रकारको सन्नाठा छाउँथ्यो । उसले मलाई नै हेरिरही ।
म झस्किए । अब मेरो मनले धैर्यता को परिधी पार् गरिसकेको थियो । मैले मेरो त्यो काखमा रहेको त्यो ब्यागको चेन फुकालें । उसले यसरी घुरेर हेरी की मानौं उसको सबैभन्दा प्रिय चिज मैले कतै भेटाएर ल्याइदिएको हुम । त्यो खैरो डायरी बाहिर निकाले । अनि उसको अगाडि टक्राइदिए ।
“के हो यो? कसको ? सचिन खै र ?”
उसका प्रश्न यसरी आए की मानौं सचिन लाई मैले लुकाएर राख्या छु ।
अब संवाद यसरी उसका प्रश्न प्रश्न हरुले मात्र टुंग्याउने इच्छा थिएन मलाई । खै कसरी भनौं भन्ने थियो मन मा । मलाई अब हिम्मत जुटाउनु थियो ।
“सचिन ..सचिन ….” मलाई एक्कासी भक्कानो छुटेर आयो तर पनि उसका अगाडि म एकदम समालिएको थिए मेरा जिब्रो ले त्यसबेला सचिनका नाम बाहेक अन्य कुनै शब्द उच्चारण नै गर्न सकेन । मेरो मुख बाट यो भन्दा अर्को शब्द निस्केन । मेरा आँखाका आँसुले, सायद आफूलाई समाल्न सकेनन् क्यारे ।
“के भो? किन आँसु खासालेको? के भो भन न!”
अब यहाँ भन्दा बढीको मौनता साएद ऊ चाहदिन थि । अनि म पनि त यो समय बाट छिटो भाग्न चाहेको थिएँ । यि पल मेरा लागि निकै कठिन हुँदै थिए ।
“सचिन, तिम्रो पछि यति परेको रहेछ की, उसलाई उसको पछि भगवान् लागेको थाहा भएन । उसलाई तिम्रो हुनुभन्दा अगाडि उसलाई कोई अरूले नै आफ्नो बनाइसके ।” मैले यति भन्दै थिएँ ।
उसको अनुहारको रंग एक्कासी रातो भयो । उसका आँखा देख्दा म ठूलो मेघ गर्जन सहितको वर्षा बर्सिदै छ जस्तो लाग्दै थियो, तर उसले अझै यो सत्यता लाई स्वीकार्नै सक्या थिइन या मेरा कुरा बुझेकी थिइन ।
“के भन्दै छौ तिमी? के भो? कसरी?”
म उसका कूनै प्रश्नका जबाफ दिन सक्ने अवस्थमा थिइन,
“तिम्रा प्रश्नका सबै उत्तर यहाँ छन्,” मैले डायरी तिर आँखाले इसारा गरेको बुझी ।
उसले डायरी पल्ट्याउन थाली ।
डायरी । भित्र( सचिन)
सेलिना ।
यो नाम सँग म यति अभ्यस्त हुँदै गएको थिएँ । जिस्किदै साना साना कुरा हरु सेर गर्दै बनेको सम्बन्ध । यस्तो प्रगाढ होला, मेरो कल्पनाको बाहिर को कुरा थियो । केटि साथी हरु निकै नै कम थिए मेरा । औंलामा नै गन्न सक्ने । एकदमै कम सँग बोल्ने मेरो बानी । कोई केटि साथीहरु सँग बोल्यो की मेरो अनुहार रातो हुन्थ्यो । समयसँगै मेरो जीवनमा अतिथि बनेर आएकी थिई, सेलिना । नौलो मानिस सधैं अतिथि त हुन्छ नि । यसरी एकदिन दुईदिन गर्दै सेलिना मेरो दिनचर्या बनेकी थिई । मेरो फ्रेण्ड लिस्ट मा पहिलै थियो त्यो नाम । खै ! कहिले साथी भएका रहेछौँ मैले पत्तो पाउन सकेको थिइन । मैले उसका स्टोरी र पोस्ट मा रियाक्ट गरिराखेको हुन्थे । उसले पनि मेरा पोस्ट मा रियाक्ट गरिरखेकी हुन्थी । नर्मली, हुन त हामी जो सुकै होस् अलि फन्नि मिम छ या कुनै आफुलाई मन पर्ने चिज छ भने रियाक्ट त गरीहल्छौं । हामी बिच कहिलै कुराकानी भएको थिएन । सबैले हाहा गर्ने मा उसले स्याड गर्थि । अरूले स्याड गर्नेमा उसले लव । अझ भन्नु पर्दा उ मेरो आँखामा यसकारण पनि परेकी थिई । खै कस्तो केमेस्ट्री थियो । तर तेहिले सम्म न मैले रिप्लाई गर्ने हिम्मत गरेको थिए नत उसले । यसरी समय चल्दै थियो ।
एकदिन उसले कुश्मा गएको फोटो स्टोरी मा राखेकी थियी । कुश्मा, म सानै देखि मामाघर जाने ठाउँ । त्यसकारण पनि मैले त्यो तस्बिर मा रिप्लाई नगरी बस्न सकिन । हाम्रो बोलचाल यसरी स्टोरी रिप्लाई बाट भएको थियो ।
समयको के भर, कतिबेला को मानिस जीवन मा नजिक बनेर आइदिन्छन अनि आदत नै बनिदिन्छन्, हगि । भाग्य नै भनुँ । उस्लाई पनि त समयले उडाएर ल्याएको थियो । अनि त्यही उडाएको बेला साएद मैले उसलाई भेटाएको थिएँ । म उसको यस्तो नजिक थिए कि, त्यस्तो नजिक सायदै कोई होला । हामीबिच सबै कुरा सेर हुन्थे । उसले कुनै कुरा लुकाउँदिन थी । उसलाई झुट मन पर्थेन, अनि मलाई उसको यो बानी । बानी मात्र हैन । बिस्तारै मलाई उसको सबै कुरा मन पर्दै थियो ।
नयाँ नयाँ उटाङ दिमाखमा आइहाल्थ्यो । उमेरले ठूलै भएपनि केटाकेटी जस्तो रमाइलो गर्न मन लाग्ने । उसले बेला बेला गाली गर्थी, “नगर न यस्तो” भन्दै । उसले हरेक कुराको ख्याल राख्न थालेकी थिई । उसको यो बानी मलाई सबै भन्दा मन पर्थ्यो । उसको लागि म पुरै अज्नबि थिए तर पनि उसले मेरो ख्याल राखेको यस्तो आभास दिलाईदीन्थि की मलाई कोई न कोई भएको आवास भईरहन्थ्यो । सुरु सुरुमा त उसले फेसबुक एकदम नै कम चलाउने, म उसको मेसेज लाई दिन भरी, कहिले काँही त दुईदिन सम्म कुर्न पर्थ्यो ।
उसका हरेक दिनका यादहरु मेरा मानसपटलमा घुमिरहेका छन् । मलाई पहिलो भेटको स्मरण ताजै छ । हामी यसरी, हामी नभनौं म उसमा यसरी अभ्यस्त भएको थिए कि अब उसका मेसेज बिना मलाई दिन कटाउन गारो पर्थ्यो । हामी एकअर्काका एकदमै मिल्ने साथी बन्दै थियौं । मेरो ऊ प्रति आकर्षण बढ्दो । हाम्रा मात्वकाञ्छा बढ्दो थिए, कमसेकम मेरा ।
यसरी हामी बोल्न लागेको ८, ९ महिना हुन लागि सकेको थियो ।
ऊ बिदा को लागि घर जाँदै थिइ, कोहलपुर । उसले ख्याल ख्याल मा जिस्केर मलाई चकलेट ल्याइदिएर ‘भेट्न आउनु है’ भनेकी थियी । उसका ख्याल ठट्टा हकिकतमा परिणत भएको थियो । यसरी ख्याल ख्याल मा भएको पहिलो भेट को सम्झना ताजै छ । त्यो १५ मिनेट को भेट ।
दसैँ बिदामा ऊ घर गएकी थिई । दशैं तिहार बिदा सकिने बेला थियो हामी दुबैको । मैले यतिकै ख्याल ख्यालमा जिस्केर
“म काठमाडौं आउँछु है” भनेको थिए । “तिमी सँग समय बिताउन । ऐले सम्म काठमाण्डौं आकै छैन । म भागेर आएँ भने मलाई घुमाउँदै है ।” मैले यतिकै जिस्केर उसँग भनिरहेको हुन्थे ।
अब बिदा सकिन दुई तीन दिन बाँकी थिए । उसले मेसेज गरी, “ओए सुन त मेरो साथीले टिकेट काट्दी सक्यो, म पर्सि बिहान 12 बजे हिँड्छु । तिमी अर्को दिन आऊ है ।”
मेरा ख्याल ख्याल उसले साचिकै सिरिएसली लिएकी रहिछ । जान सजिलो कहाँ थियो र घरमा थाहा पाए मार्लान भन्ने डर । उता आफ्नो पढाई छुट्ने डर ।
“म खै यार मिल्दैन होला । आउने ठुलो प्लान थियो तर समय नै मिल्दैन होला ।” मेरो जबाफ थियो ।
“केको नभ्याउने खुरुक्क आऊ भाउ नखाउ!” उसले जोड गरी ।
‘खुरुक्क??’ अब त म लुथुरक्क भिजेको बिरालो जस्तो भैहाले उसलाई नाइँ भन्ने मलाई हिम्मत पनि थिएन । म उस्का अगाडि नतमस्तक थिएँ । घुम्न त मन थियो । उसँग यसरी समय बिताउन पाउने पल खेर जान दिने वालामा मेरो मन पनि थिएन ।
“ल है त म बिचार गर्छु है” मैले उसको रिप्लाई पठाएँ ।
उसले “हस् सके सम्म मिलाउ है” मेसेज गरी बिहान ।
हाम्रो खासै दिउँसो msg हुँदैनथ्यो । हामी दुवै घर मा अलि बिजी हुन्थ्यौ ।
मैले एकै चोटी बेलुका “ओए ल म आउने भय है” भनेर माग छाडडिए ।
उसले एकछिनपछि “हाहा होर ! ल कहाँ कहाँ घुम्ने म प्लान बनाउँछु” भनेर गायब भै ।
म सँग घुम्न प्रसस्त समय त थिएन, घर मा नभनीकन म हिड्न लागेको थिए, पैसाको जुगाड पनि आफै गर्नु थियो मलाई ।
अब मलाई निन्द्रामा पनि उसको चेहरा नजर आउन लागेको थियो ।
अर्को दिन बिहान उस्ले मलाई समान प्याक गर्दै गरेको फोटो पठाएकी थिई । मैले पनि अब कपडा धोएर सकिन १घण्टा भन्दै वासिङ मेसिन को टाइमर को फोटो पठाइदिएको थिए । म ढिलो हिड्ने वाला थिए । तैपनि मै छिटो पुग्ने वाला थिए । त्यसकारण म काठमाडौं पुगे पछि उसले गेस्टहाउसमा रूम बुक गरेर रेस्ट गरेर बस्न भनेकी थिई । रात भरी नसुतेको ज्यु बिहान गएर सुत्नु उसले मलाई यस्तो अर्याएकी थी । कति ख्याल राख्थि । अनि म, उसको यही बानी मा त फिदा भएको थिए । कसैले नत्र कसैको ख्याल किन राखोस् । मलाई येत्तिकै उ आउने बेला सम्म बाहिर हिड्ने मन थियो तर उसले मलाई हप्काएर रूममा गएर बस भनेकी थिई । हुन पनि उसको कुरा ठिक थियो । म नै अलि बढी ओभर एकसाइटेड थिए । अनि मेरा लागि उसका कुरा सधैँ मेरै हितमा हुन्थे ।
अर्को दिन उसले बिहान घर बाट हिडेको खबर गरि, मैले पनि आफु हिँड्न साझ कुर्न पर्ने थियो । उ बाटो मा हुँदा हाम्रो खासै कुरा भाको थिएन । बेला बेला मैले नै कहाँ आइपुगेउ भनेर कल गर्थे । मैले घरमा धरान जान्छु भनेर काठमाडौँको टिकेट काटेको थिएँ ।
दिउसो मैले टिकेटको फोटो पठाईदिएँ उसले हेरी हाली । “ल ल राम्रो सँग आऊ” उसले मेसेज छोडेकी थिइ ।
साँझ भयो । त्यो साँझ जुन म धेरै समय देखि प्रतिक्षा गरिरहेको थिएँ ।
गाडी हिड्यो । यो खुसी को खबर उसलाई नसुनाई बस्न सकिन । कल गरे “म हिँडे है” । अनि तिमी कहाँ आइपुगेउ?”
“खै थाहा नै छैन यस्तो अध्यारो छ नी मैले कहा आए थाहा नै पाको छैन ।”
“ल ल म हिढेँ है ।” गाडी मा उसलाई बेसी निन्द्रा लाग्थ्यो । मलाई उसको निन्द्रा खलबलाउनु थिएन । सायद सपनामा मलाइ नै देख्दै पो थिई कि?
मनमनै आफ्नो कुरामा आफैलाइ हासो लाग्यो । धन्न बाहिर त्यो हासो निस्किएन नत्र सँगै बसेको दाइले को एकलै एकलै हास्ने पागल आएछ भन्न्थे होला ।
अलि धेरै नै सोच्छु चाहिने नचाहिने कुरा । उसले बेला बेला सम्झाउने गर्थि तिमि धेरै नसोच तमि धेरै सोच्छौ । उ मेरो प्रकृति संग राम्रै संग अवगत थिई ।
रात भरी निन्द्रा लाग्ने कुरै थिएन । अनगिन्ती विचार हरु मेरा मन मा आइरहेका थिए । मानौं मेरो मन, कुराहरु बग्ने नदी होस् ।
बिहान ५ बजे म काठमाडौं झरे । उ पनि ६:३० बजे तिर काठमाडौँ झरिछ । मलाई खासै काठमाडौँ को बारेमा केही थाहा थिएन । नयाँ नयाँ थिए ।
“तिमी रेस्ट गर्दै गर्नु म काठमाडौँ आए पछि फ्रेश भएर आउछु” उसले मेसेज छाडेकी थिई ।
मैले उसले भनेको जस्तै बिहान सबेरै पुगे पछि एउटा कोठा लिएर फ्रेश भएर, सुति रहेको थिए ।
उसको कल आयो “कहाँ छौ ? तिमी कलंकी चोक नजिकै सिद्धार्थ बैंक छ त्यही तल आऊ है ।”
हतार हतार म उसले दिएको लोकेशनमा पुगिहाँले ।
ऊ आउँदै थिइ । …
पिङ्क र कालो मिक्स गरेको बाक्लो सर्ट, तल जिंस पेन्ट । मैले उसलाई परै बाट चीनी हाले । उसलाई देख्दा त्यो समय, मानौ की एउटा बच्चा ले वर्षौं विच्छेद पछि को आमा भेटाउँदै थियो, मलाई दौडिदै गएर अँगालो मा कस्न मन थियो तर सकिन । मास्क लगाएकी थिई । उसका आँखा मा तेस्तो तेज थियो कि म उसलाई परैबाट आँखा मात्र देखेको भरमा चिन्न सक्थे । उसको खुल्ला, माथि सर्लक्क तल गएर घुम्रियेक्को केस । मलाई देखेर उसको रियाक्सन के थियो मलाई जान्न थियो, तर मास्क लगाएकी भएर मैले त्यो हेर्न पाईन । अनि लाज ले पनि होला सायद । मलाई उसको अनुहार मा एक ट्वाक हेर्न आँट आएन । मानिसको स्वभाव, आफुलाई मन परेको मानिस को आँखामा हेर्न लजाउछन रे सायद । अनि म कसरी यसको अपबाद हुन सक्थेँ? म बिस्तारै उसको नजिक गए ।
“ठिक छौ नि ? आरामै आयौ नी ? घरमा सबै ठीक हुनुहुन्छ??”
यो सोध्न आबस्यक थियो । मलाई उसको स्वर सुन्ने तिब्र इच्य्याले पनि मेरो यो प्रश्नमा हात मिलाएको हुँदो हो । मलाई संवाद सुरु गर्नु थियो । हुन त यो पहिलो भेट थिएन तर पनि उसँगका हरेक पल यस्तो लाग्दै थियो कि म कुनै नुतन समय बाची रहेको छु । उसँग का हरेक क्षण म मेरा अन्तस्करणमा भित्तामा सजाउन चाहन्थे ।
सँगै हिँडेर त्यस्तै २० पाइला जति अगाडि बढे पछि हामी कहाँ जाँदै छौ? मलाई सोध्न मन थियो तर त्यो भन्दा अगाडि नै उसले भनी हाली ।
“पहिला हामि भाटभटेनी जाने है ? ?
“किन ? मलाई सोध्न मन थियो तरपनि सोध्न मन लागेन उसले जहाँ लैजान्छिन् मलाई खुसि खुसि जानु थियो ।
उसलाई जाडो का कपडाहरु किन्न रहेछ । किन्ने बेला ऊ हल्का मेरो नजिक आउँथी अनि भन्थी “बोर लागिराछ होला है? “
केटि हरु कपडा छान्नअलि बढी नै मीहनेत गर्छन् । उसले पनि त तेत्रो भाटभटेनीमा मुश्किल ले बल्ल तल्ल उसलाई मनपर्ने एउटा मात्र भेट्टाएकी थिइ ।
“यो हेर त कस्तो छ? “उसले बेला बेला त्यहाँ टागिएका कपडालाई इशारा गर्दै भन्थी । म फिस्स हास्दिन्थे । खै यार म यस्तो कपडाहरुको बारेमा केई थाहा पाउँदिन ।
सायद म कस्तोमा सजिएको हेर्न चाहन्छौ उसको तात्पर्य हुन सक्थ्यो की ! तर पनि मलाई त्यो बेला तेता तिर दिमाख घुमाई राख्न मन लागेन । म उसका अघिपछि, उसलाई आँखाका नजिक राख्दै हिँड्दै थिए । यसै राम्री, उसको लगाई भन्दा पनि मलाई उ मन परेको थिई ।
तिम्रो साथ मलाई सुनसान घाट पनि रमाइलो लाग्छ अनि यो भाटभटेनी किन बोर लाग्नु भन्न मन थियो भनिन ।
“अब हामी सिद्ध पोखरी जाम है” । उसले भनी
मलाई खासै यताको बारेमा केई थाहा थिएन । खसीबजारबाट हामीले भक्तपुर जाने बस पक्दीयौ । सेकेण्डलास्ट को सिटमा गएर बसि । अनि म उसको छेउमा । सायद उसँगको यो यात्राको उत्साहले मलाई अतितका यात्रा सबैथोक भुलाइदेको हुदो हो । मलाई सबै थोक नया लाग्दै थियो । मलाई यो यात्रा जिन्दगीभर निरन्तर राख्नु थियो । गाडी अगाडि बढ्यो । हाम्रो मौनता तोड्दै मैले सोधी हाले “थकाई लाइरहेको होला है? “
छैन । । । उसको जबाफ थियो ।
हाम्रो यात्राको गन्तव्य एउटै थियो । थाकेकी छौ, निन्द्रा लागे सूत है गारो भय मेरो काध छ, सुत है मनमनै उसलाई भनिरहेको थिए । कति बेला उ निदाउँछिन् अनि उसका लागि मेरा काध उसका थकाई बिसाउने चौतारी बनाउन सकु म प्रतिक्षा गर्दै थिए । त्यो यात्रा भर हामी बिच कहिले पढाई का कहिले घरका कुरा हुन्थें । अनि जब कुरै कुराका रढभुमीमा मौनताले स्थान पाउथ्यो । म उसका काध तिर ढल्केर निद्दाउन लागे जस्तो नाटक गर्थे ।
गर्दागर्दै हाम्रो झर्ने ठाउँ पनि आइपुग्यो । जीवन पनि यस्तै यात्रा न हो । हामी सँगै यात्रा गर्छौ, गन्तव्य एउटै हुनेहरू अन्तिमसम्म सँगै यात्रा गर्छन् । कोहि एउटा गन्तव्य पछि पनि अर्को गन्तव्य बनाएर यात्रालाई निरन्तर गर्छन । कोई गन्तव्य नपुगी घुम्ती मै छुट्छन् । जीवन यात्रा नै त हो कहाँ कतिबेला को आउँछन् को छुट्छन् थाहा हुँदैन । कतिबेला दुर्घटना हुन्छ कसलाई के थाहा !
हामी भक्तपुर बसपार्कभित्र गाडी नजादै बाटोमै ओर्लेउ अलि अगाडि । ” म तिर्छु है गाडी भाडा म संग खुजुरा छ “उसले आफ्नो पर्स देखाएर भनी । मैले इन्कार गरिदिए । उसँग को हरेक यात्राको कीमत मलाई तिर्नु थियो । उसलाई कसरि तिर्न दिन सक्छु मैले । पर्स बाट १०० रुपिया निकालेर मैले उसको हातमा थमाउदै भनें “ल तिर ! ” मैले उसको हातमा जबर्जस्ति नै थमाएको थिए । हामी दुवै गाडी बाट ओर्लेउ अनि लागेउ बायाँ तर्फ ।
साना साना मानिसका झुण्ड कोई आउँदै थिए कोई जाँदै । इटा ले बनेको साना साना भरेँग का खुड्किला हरु चड्दै थियौ । भित्र छिर्ने गेट आइपुग्यौ । गेट बाट भित्र छिर्दा हामी निलो निलो पानी मा माछा हरु पौडि राखेका देख्न सक्थयौं । कोई माछा लाई दाना दिँदै थिए । कोई फोटो खिच्दै थिए । कोई चिच्याउँदै गफ गर्दै थिए । त्यहाँ कसैलाई कसैको सरोकार थिएन तर मलाई खै किन सबैको सरोकार थियो कुन्नि?
सिद्ध पोखरी ओहो खत्रै होला जस्तो लागेको थियो खासै रमाइलो लागेन मलाई । खास उसले भक्तपुर दरबार घुमाउन मलाई त्यहाँ लागेकी रैछ । त्यो भीड मा म प्रायः जोडी हरुमात्रै देखिराको थिए ।
सबै आफ्नै संसार मा रमाउदै थिए, हामी पनि त आफ्नो संसार मा रमाउन आएका थियौं । तर त्यो संसार जुन सिर्जना हुँदै थियो । हामी सर्जनको सुरुबाती खुड्किला नै त चड्दै थियौँ । बाटोमा खासै कुरा भएको थिएन । हुन त ऊपनि मसँग भिज्न पाएकी थिइन ।
“यो त जोडी जोडी आउने ठाउ पो रैछ ” मैले जिस्किदै उसलाई सोधें । मैले यो भन्दै उसको अनुहारमा पनि हेरे । ऊ हासि मात्र । मैले उस्को अलङ्कार बुझिहालें । अब उसका हरेक शब्दलाई मैले नियाल्दै मन मनै विस्लेषण गर्न थालेको थिएँ । मलाई त्यो भिड छलेर कहिँ एकान्त मा बस्नु थियो उसंग । “एकछिन कतै बसम न है “एक फन्का लगाए पछि मैले उसलाई सोधेको थिएँ । उसले जबाफमा हुन्छ भनी । हामी हामी दुई बस्ने एकान्त ठाउँ खोज्दै थिएम् ।
फोटो खिच्ने होलानी? मैले सोधी हाले । आऊ सँगै फोटो खिचम खासमा मनमनै मैले मुख लाई यो भन भनेको थिएँ । डराएछ यो पनि !
“हुन्छ खिच न ! ” उसको जबाफ ।
मैले मोबाइल निकालेर सरर एउटा भिडीयो बनाए ओरिपरीको । मैले उस्तर्फ क्यामेराले देखाउँदै” यता हेर त ! ” । उसले क्यामेरा तिर हेर्दै दुइटा औला देखाई । यो प्राय सबैले गर्छन । फोटो होस् या भिडियो । पोज नै त हो तर पनि मलाई जिस्केर सोध्न मन लागेको थियो । ” मान्छेहरु किन दुइटा औंला देखाउछन कैंची जस्तो? “अनि जबाफमा अरुले किन गर्छन थाहा छैन तर मैले गरेको मिनिङ चै तिमी र म भनेको हो ! एउटा तिमी अनि अर्को म जो सधैं सँगै हुन्छ । तर मलाई थाहा थियो उसले यसको जबाफ या त मौनताले टारदिने वाली थीं या त हासेर त्यसकारण पनि मैले यो प्रश्न गर्नचाहिन ।
*** *** *** ***
“भोक लाग्या छैन ?” उसलाई सोधी हाल्न मन लाग्यो । म उसलाई यसरी सोध्धै थिए कि मानुम उसको भोक र तिर्खा को प्रबाह उसलाई भन्दा ज्यादा मलाई छ ।
“तिमीले त बिहान पनि केई खाएकी छैनौं केई खाम न” मैले उसलाई भने । उसले अलि पर को रेस्टुरेन्ट देखाउदै “त्यहाँ जाम त्यसो भए । त्यो ठाउँ मम को लागि फेमस छ । अस्ति मेरा साथीहरु आउदा पनि उनीहरूले तेही खाएका थिए रे । “
अब बाटो काट्नुपर्ने थियो । उसले मलाई डोहोर्याई । उसका हरेक पाइला पच्याईरहेको थिए । उसले जहाँ भन्छे उही जाने । हामी त्यो होटेल मा पस्येउ । भित्र छिर्ने बित्तिकै दायाँ तिर टेबुल नै टेबुल थिए अनि बायाँ तिर साना साना क्याबिन जस्ता साना साना कोठाहरु । हामी त्यहीँको एउटा सानो क्याबिनमा पस्यौं ।
वेटर आइपुग्यो । ।
‘के लिनु हुन्छ हजुर’? उसले मेनू हातमा पक्दाउँदै सोध्यो ।
पख्नुस् है ! मैले पख्नुस् है यसरी भने कि मलाई सबै मेनू स्क्यान गर्नु छ । अलि समय लगाउने जस्तो ।
”के खाने भन त?”
उसले भनी हाली “मःमः नी ! ” ‘दुइटा मोमो र २ ओटा जुजु धौ ल्याइदिनु न’ उसले भनि । खासमा भक्तपुर जुजु धौ को लागि प्रसिद्ध रहेछ ।
वेटर अडर लिएर गयो । मेरो हातमा वेटर ले थमाएको मेनू थियो ।
“अरु केई? ” मैले त्यो मेनू उसको हात मा टक्र्याउँदै भने ।
“मैले त यति पनि खान सक्दिन” भन्दै थिई । “भरु तिमीलाई चाहिन्छ भने भन है । “
मलाई पनि खासै भोक थिएन ।
“अनि हामी अब कहाँ कहाँ जाने” मैले सोधे ।
“पख न आज पहिला यता सबै घुमुम् । अनि आज त यहाँबाट फर्किदा साँझ पर्छ आज त कतै जान भ्याइदैन । ” उसले भनेकी थिई ।
वेटर ले २ प्लेट मोमो र जुजु धौ ल्याइदियो । प्राय: मलाई कुनै कनभरसेसन सुरु गर्न आउदैन । तर उसँग प्रायः पहिला कनभरसेसन सुरु गर्ने मै थिएँ ।
खाजा खाए पछि अन्तिममा उसले सोधेकी थिई “कस्तो लाग्यो त दहि?”
तिम्रो माया को अगाडी फिक्का मलाई इतरिएर भन्न मन लागिराखेको थियो । “मीठै हुदो रहेछ ।” मेरो जबाफ थियो । वास्तवमा मलाई त्यो दहि अति नै मिठो लाग्या थियो । उसै त म दहि भनेपछि हुरुक्क्कै हुने मान्छे । मलाई दहीले पुगेको थिएन । “अर्को एउटा अजै दही ल्याइदिनुन ।” मैले ओएटरलाई अर्याए ।
“यो चै मिलेर खाउँ है?” मैले उसलाई भनें ।
उसले केही प्रतिक्रिया जनाउन चाहिन । साएद उसको इच्छा पनि यही थियो कि ।
समय नलिई वेटर ले दही ल्याइदीहाल्यो । अनि मेरा अघिल्तिर राख्दीहल्यो । एउटा मात्र चम्चा ल्याइदिएको रहेछ मन मनै खुसी हुँदै थिए आज उसले जूठो खाने भएँ । ” जुठो खाए माया बढ्छ रे नि त? ” भन्न मनलागेको थियो । तर इतरिन मन लागेन । विहेमा वेहुली लाई जुठो खुवाए बापत बेहुलाले पैसो दिन पर्छ रे मैले त फ्रिमा खुवाउने मौका पाएको थिएँ ।
“आऊ आज म खुवाइदिन्छु, ” त्यो दहीले भरिएको चमच उसको मुख अघिल्तिर लगिदिए । उसले मुख खोल्न कुनै विलम्ब गरिन । मख्ख थिई । फेरि दहीले चम्चा भरेर म आफूले खान मुख अगाडि ल्याउँदै थिए उसले हातले आफु तिर तानेर मुख भित्र हाली हाली । म हेरेको हेरै ।
” ल भयो मलाई त अब तिमी खाउँ ” हास्दै भनी ।
उसको त्यो ओठले बन्द गरेर लुकाएको दहिले मेरो ओठलाई लङ्कारी रहेको थियो । उसलाइ तानेर उसका ओठ सँग मेरा ओठले लडेर आफ्नो भागको दही खोस्न चाहन्थे । ऊ सँग अलि झुम्मिएको हुँदो हूँ त, हातले उस्लाई कम्मरको ओरिपरीबेरेर आफूतिर तान्थे, अनि मेरा रिसाएका जिब्रा र ओठ ,उसका जिव्रा र ओठमाथि जाइलाग्थे होला, त्यो युद्ध जस्ले रणभूमिमा प्रेमको झण्डा लहराउँथ्यो । मनमनै सोच्दै थिए….
“किन मक्ख हो? के सोचेको? ” उसको प्रश्न आइहाल्यो ।
“केई हैन यत्तिकै ।” कुरा टारिदिएँ ।
“ल भयो, यति भनेर उ उठ्न खोज्दै थीई,” उसका हात तानेर उस्लाई त्यही बसाली हाले ।
“ल अन्तिम पटक खाएर जाऊ,” मैले उसको मुख अगाडि त्यो दहीको चम्चा पुर्याए, उसले मुख खोली । कतिबेला दही मुखमा पर्छ र बन्द गरम्ला भनेर कुरेर बसेकी थिई, मैले त्यो दही जिस्केर उसका गाला मा दल्दिए,
“छि के गरेको?” उसके मलाई हेरेर अलि रिसाएको स्वरमा भनी । उ रिसाएको जस्तो गर्न थाली हाली ।
अनि मैले हास्दै उसको नजिक कुम जोड्दै “सरी” भनी हालेँ ।
उसको गलामा दही लागेको ठाउँ, उस्लाई मैले इसारा गर्दै सम्जाउन खोज्दै थिए । उसले मेरा इशारा बुजी हाली । सिदै भन्नु भन्दा ईशारामा भन्नुको मज्जा नै बेग्लै । उसले टेबलमा रहेको टीस्यू पपेर ले पन्छाउन खोज्दै थि तर दुई ओठका बीचको साइडमा अलि अलि दही बाँकी थियो । मलाई यस्तो लाग्दै थियो कि म सँगै मेरो प्रिय दहीले मेरो अर्को प्रिय लाई सताउँदै थियो । मैले नै अर्को टिस्यु निकालेर उसका ओठका छेउका दाग पुछि दिएँ ।
मेरो त्यो दहि खाने तृप्ती उसको ओठमा लागेको दहि ले अझ बडाईदेको थियो । मेरो तृप्तिको मनोकांक्षा उत्कर्षमा थियो । उसका ओठ का ती अतिरिक्त दहीका कडहरु ले मेरा ओठ लाइ जिज्याई रहेको जस्तो लाग्थ्यो ।
हामी बाहिर निस्कियौ । मैले पैसा निकाल्न लाग्दै थिए । उसले “खालि तिम्ले मात्र तिर्ने होकी क्या हो मलाई त खर्च गर्ने दिन्नौ त? “
“पख न गरौली के” मैले आस्वासनको स्वरमा भने । अब हामी भक्तपुर दरबार घुम्न गयौं ।
भक्तपुर दरबार सबै घुमी सक्दा साँझ ढल्किन आँटी सकेको थियो ।
“फोटो खिच्दिन्छु आऊ त अगाडि” बेला बेला म उसलाई भन्थेँ ।
सरासर उ मेरा मेरा अगाडी गएर उभिन्थी ।
“तिमी नि खिच्ने भए आऊ म खिच्दिन्छु उसले भन्थी” ।
आऊ हामी संगै खिचम भनेको भए साएद म दौडेर जान्थे । न त त्यो आँट मैले गर्न सकेको थिएँ । हुन त तस्वीर खिचाउनु कुनै ठूलो कुरा त थिएन तापनि खै मनको कुनै किनारमा एकप्रकारको डरले मलाई धम्काउँदै थियो । म प्राय कुरा हरु आफै सँग गर्थे मतलब आफु भित्रै सेलाउन खोज्थे, म भावना हरु जसलाई पस्किनुको परिणाम भोग्न सायद म आफुलाई तयार गरिनसकेको हुन्थे चाहें त्यो परिणाम मेरै पक्षमा किन नहोस् । म आफूभित्रै कुरा गुमगाम गर्थे तर ऊपनि त अब आफ्नै जस्तै थि । तर पनि उसलाई मैले सबै कुरा भन्नै सक्थिन ।
त्यो दिन मस्त घुमियो । साँझ छिप्पिन लागेकाले अब गाडी पाइने अबस्ता थिएन, अब साधनको जुगाड गर्नु थियो हाम्लाई । धन्न एउटा गाडी कसो बिग्रिएर बसेको रहेछ, त्यो बन्न ढिलो हुने भएकाले हाम्ले भेटाई हालेउ । तर त्यो बस कोटेस्वर सम्म मात्र जाने भयो । ‘भक्तपुरबाटै टेक्सीमा आउदा महँगो हुन्छ ‘भन्दै थिइन । अनि त्यहाँ देखी अब ट्याक्सी मा आउन जरूरत पनि थिएन । हामी कोटेश्वरसम्म गाडीमै आइयो ।
माघ को महिना जाडो उत्कर्षमा थियो । विवाहहरु पनि टन्नै भइराखेका थिए । “तिम्लाई जाडो भएन? ” मैले उसलाई सोधेको थिए ।
“मैले त बाक्लो कपडा लगाएकी छु” उसले आफूले लगाएको सर्टतर्फ इशारा गर्दै यस्तो भन्दै थिई । लाग्दै थियो उसलाई जाडोले रत्तिभर छोएको छैन ।
म हरियो लाम्बाउले कपडामा थिय । बाक्लै थियो । खासै जाडो भएको थिएन मलाई, सायद उसको साथको न्यानो पन ले पनि साथ दिएको हुँदो हो ।
मलाई जाडो नभए पनि ज्याकेट नल्याएकोमा अलि अलि पछुतो भने पक्कै लागेको थियो । मैले नलगाउन नै सहि तर उसले नभने पनि उसलाई हल्का हल्का जाडो भाको मैले अनुभव गरेको थिएँ ।
कोटेश्वरबाट टेक्सीमा हामी कलंकी आइपुग्यौ । उसको होस्टेल सितापाइला थियो मलाई उसलाई एक्लै ट्याक्सीमा छोड्नु उचित थिएन । म पनि पहिला सितापाइला नै गए ।
“दाई यही रोक्दिनु न है” उसले सितापाईला एभरेष्ट बैंकको अगाडि ओराल्दिन भनेकी थिई । उसले ओर्लने बेला मलाई जबरजस्ती हातमा भाडा थमायेकी थियी, मलाई उसँग पैसा लिन अप्ठेरो लागिरहेको थियो ।
“तिम्ले यो लिदैनौं भने म भोली देखी आउँदिन है ” । अब चै मलाई उसले बाध्य नै बनाई । मैले सरासर उसले दिएको पैसा पक्डिए । ऊ सरासर माथि लागि । ट्याक्सीले उसलाई ओरालेर पुन कलंकी फर्कियो, उसलाई आँखाले भ्याउन्जेल हेरिरहे । मलाई ट्याक्सीले मकालु पेट्रोल पम्प अगाडि झार्दियो । मैले लिएको कोठा ठीक मकालु पेट्रोल पम्प को बायाँ पट्टीको गेस्ट हाउसमा थियो । दुईसय सात रूम नं ।
छन त मेरो एकदमै मिल्ने साथि सूचितको घर कलंकी नै थियो तर मैले उसलाई नि खबर नगरी आएको थिए । त्यसैले म उसको मा नबसी होटलमा बसेको थिएँ । थाहा पाएको भय मलाई मार्थ्यो नै ।
“पुगे पछि कल गर है” मैले छुटिने बेलामा भनेको थिए ।
“म पुगे है” उसले कल गरेर भनी । अब म ढुक्क भएँ ।
मेरा तिम्ती ऊ जिन्दगिको सानो खुसी बनेर आएकी थियी । त्यो खुसि जुन अब मलाई गुमाउनु नै थिएन । उसलाई मन मनै मेरा बाहुमा च्याप्दै मेरा लागी यो सारा गरिदिएको मा धन्यबाद भने ।
निकै थकाई लागेको थियो । जति थाके पनि उ सँगका दिन भरीका हरेक पल हरुका स्मृतिले मलाई निन्द्राको काखबाट छिन्दै थियो ।
मलाई अब भोलि फर्कनु थियो तर बेलुका । म प्रेमको कृतिम संसारमा बिचरण गर्दै थिए । खै कतिबेला मलाई निन्द्राले काखि च्यापेछ पत्तै पाईन । बिहान उसको याद संगै मेरा आँखा पनि खुले तर बेला भन्दा धेरै अगाडी ।
उसको कल को वेट गरिरहे । ऊ हिजो बेसरी थाकेकी हुँदो हो, बिहान उठ्न ढिलो गरी । मलाई एक्लै त्यो बन्द कोठामा बस्न मनले मानेन । म सबेरै बाहिर निस्के । उसका लागि एउटा फूल किन्दिन मन लागेको थियो । मलाई त्यो फूल पाउने दोकान पनि त खोज्नु थियो । यहाँ हरेक चीजको आफ्नै कीमत छ । मलाई त्यो एउता फूल खोज्न निकै कसरत गर्नु पर्यो ।
म यसो उसको होस्टेल तिर घुम्दै थिए । मलाई खासै टाढा एक्लै जान मन थिएन । उसँग जति सक्दो छिटो भेट्नु थियो त्यसैले पनि म उसैको होस्टेल तिर हिँड्दै थिए । अब एक्लै हिँड्न पनि मलाई अल्छी लाग्न थाल्यो । म प्राय एक्लै हिँड्दिन । म कलेजमा ट्वाइलेट जाँदा त साथी लागेर जान्थे । मलाई त्यो एक्लोपन थियो कि अल्छिपन, खै त्यहाँ नजिकैको होटल तिर डोहोर्यायो ।
“दाई चिया बन्छ होला नि?”
“बन्छ भाइ । बस न ।” उसले अगाडिको टेबल देखाउँदै बस्न आग्रह गरे । म खोल्ती बाट मोबाइल निकालेर भित्ताका आड लगाएर बसे मानौं बुदो मानिस कसैको साहारा खोज्दै थियो । मलाई बस्दा भित्तको त्यस्तो साहारा लिन मन लाग्ने । उसको कल आउँछ कि भनेर मेरा आँखा एक पल पनि मोबाइल बाट टाढा थिएनन् । दुईजना अंक्कल हरु खै राजनीतिको कुरा गर्दै थिए । मानौं ती दुईजना वादविवाद प्रतियोगिता गर्दै छन् । एउटा राजा पक्षको थियो अनि अर्को गणतन्त्रबादी । त्यो चै मैले कत्ति ध्यान नदिए पनि उनीहरूको संवाद बाट प्रष्ट भएको थिए ।
एक कप त मोबाइलमा फेसबुक न्युजफीड हेर्दा हेर्दै सकाएछु । अब बाहिर निस्केर फेरि यता उता डुल्न मलाई जागर थिएन । ऊ नआउन्जेल मैले चिया मगाई रहे । ३ ओटा चिया सकिए पछि उसको कल आयो ।
“ओए म बाहिर छु । कहाँ छौ ?”
“पख है त म आइहाले ” मैले यति भनेर कल काटिदिए ।
म पैसा तिरेर बाहिर निस्किए ऊ त्यसको ४ ओटा घर अगाडि मलाई कुरेर बसेकी थिई । हामी हिजो छुटिएको ठाउ मा भेटेउँ ।
“आज कहाँ जाने ? ” मैले सोधेँ ।
“पशु पति जाने ? ” उसले भनि
“नाई, हाम्रो को नातेदार मर्या छन् रे ! मन्दिर न जाम भो । मलाई ठूलो रहर थियो तर पनि यो बेला नजाम ! “
उसले कुनै प्रतिक्रया दिइन ।
“म फाल्गुन मा फेरी आउछु । फाल्गुन १ गते आउछु सायद हाम्रो माघ २५ गते देखि बिदा हुन्छ १० दिन, त्यो बेला म घरमा सोधेर आउँछु । अनि त्यो बेला म साथीको मा बस्छु अनि त्यसै बेला जम्ला पशुपति हुन्न र? “
“हुन्छ!”
उसको जबाफ थियो तर पनि म यो हुन्छमा उसका केही प्रश्नचिन्न हरु लुकेका छन् कि संका लागेको थियो । उसले कुनै इन्कार त गरिन तर पनि म फेरि आउनेमा ऊ खुसी छैन की भन्ने चिसो मेरो मनमा पसी सकेको थियो ।
“ल त्यसो भय पख है त, आज जाउलाखेल चिडियाखाना जाम त्यसपछि काठमाडौँ दरबार गएर अनि साझ पख यसो फनपार्क गएर फर्कीमला” उसले भनेकी थिई ।
हामी दिउसो २ बजे सम्म जवालाखेल घुमेँउ । अनि काठमाडौँ दरबार आइपुग्दा त्यस्तै साढे २ बजेको हुँदो हो । मलाई हिड्दा हिड्दा थकाई लागेको थियो, उसलाई पनि गारो भएको थियो तर पनि मैले उसको अनुहारमा थकान कहिलै महसुस गर्न पाईन । अब बेलुका हुन लागेको थियो मलाई गाडी पनि चड्नु थियो हामी फनपार्क छिरेऊ । साँझ पर्न लागेकोले हामी खासै भित्र घुम्न पाएनौं । त्यो रोटेपिङ खेलाउने सम्म पुगेका थियौं ।
“खेल्ने भए भन है!” मैले उसलाई सोधें । पछि पश्चाताप लाग्यो । मैले आऊ जाम सँगै भन्न पर्ने रहेछ ।
“मलाई त डर लाग्छ । यसै हिजो को गाडीले गर्दा आजै टाउको घुमाइरहेको छ” उसले जबाफ दिएकी थिई ।
मलाई उस्लाई जितेर उसका इच्छा विरुद्ध जानु थिएन । मलाई उसको हरेक चिज प्रेम ले जित्नु थियो । उसको त्यो अनिइच्छा लाई पनि इच्छामा परिमार्जन गर्नु थियो तर मह सँग न समय थियो न उसको हालत ठीक । समय घरकिदै थियो ।
जति जति समय ढल्किदै थियो, अनि मलाई तिमी सँग छुट्टीने पिरले सताउँदै थियो । साएद कुनै यन्त्र हुन्थियो भने मैले उसलाई पनि त्यसतो लागेको थियो कि नाइँ जान्थेहोला । तर मलाई एकदमै खल्लो लाग्दै थियो किनकी उ म संग २ दिन मा धेरै नै नजिक भएकी थिई ।
ऐले चै हामी दुवै कलङ्की गयौं, मैले सामानहरु बिहानै प्याक गरेर राखेको थिए । उसले गेस्ट हाउस बाहिर कुरी रही, मैले ब्याग बोकेर तल झरे अनि चेकआउट गरे । मलाई उसको अनुहारमा एक्ट्वाक हेर्न मन थियो । उसका आँखा के भन्दै थिए मलाई पढ्न मन थियो तर त्यो हिम्मत कहाँ ! उसलाई छुटिने बेला अँगालो हालेर आफ्नो आत्मिएता पस्किन मन थियो । मेरा लागि उ कति महत्वपूर्ण छे, उसलाई भन्नु थियो तर पनि खै उसले के सोच्ने हो त्यो डर ले मलाई एउटा अनिश्चितातर्फ धकेल्थ्यो अनि, आफ्ना भावनाहरू दबाउँदै बस्न बाध्य हुन्थें म ।
गाडी बाटो मै तयारी अबस्थामा थियो ।
“कहाँ जाने दाई?” गाडी को स्टाफके सोध्यो मलाई ।
अझै केही समय उसँग बिताउन पाइदिए नि हुन्थियो, मलाई एस्तो लाग्दै थियो । त्यो छुटिने पल, उफ्फ़…. ।
मैले ब्याग गाडी भित्र राखेर एकछिन भए पनि उ संग बस्न बाहिर आए
“आफ्नो ख्याल गर्नु, राम्रो संग पढ्नु ।” त्यो अन्तिम क्षण हाम्रालागि कमसेकम मेरा लागि निकै कठिन हुँदै थियो । म मा एक प्रकार को सुन्यता छाहेको थियो ।
“दाई गाडी हिड्न लाग्यो है छिटो भित्र पस्नु ।” गाडीको ले स्टाफले अवाज दियो ।
अब उसलाई बिदा गर्नु पर्ने थियो । जस्लाई हरपल आँखाले देख्न तर्सी रहन्थ्यो अब उसँग एउटा समय सम्म टाढा भएर बिताउनु पर्ने थियो ।
“ल आफ्नो ख्याल गर” उसका कानमा गएर भने उसका काधमा मेरो शिर पुगेछ, मेरा हात उस्लाई च्यापेर छातीमा टाँस्न खोज्दै थिए । कति हतार थियो यिनलाई आत्मीयता जताउन । उसको सनिध्यताबाट मलाई समयले तान्दै थियो ।
“आफ्नो ख्याल गर्नु है, बाई….” हात हल्लाए ।
उसले पनि जबाफमा हात हल्लाई ।
म गाडी चडे ।
“ज्याकेट लगाऊ है जाडो हुन्छ ।” उसले छुटिनु भन्दा अगाडि भनेकी थिइ ।
कति प्यारी थिई ऊ, अनि त्यस्तै प्यारो उसका स्वभाव अनि म प्रतिका उसका भावनाहरु । उसका खुसीमा म आफ्ना गम यत्तिकै भुल्न सक्थेँ । मलाई त्यति प्रिय लाग्न थालेकी थिई उ । ऊ मेरा लागि एउटा वहार बनेर आएकी थिइ अब मलाई यै वहारमा जिन्दगी कटाउने ईच्छा बढ्दो थियो ।
थानकोट काटेपछि मैले उसलाई मेसेज गरेर निदाएछु । उसले राम्रो सँग जाऊ भनेर मेसेज छोडेकी रैछ । म अर्को दिन बिहान ७ बजे रूम पुगेँ । उस्लाई कल गर्ने कोसिस गरें उसको मोबाइल अफ रहेछ । उस्लाई “म आएँ है । आफ्नो ख्याल राख”, मेसेज छोडेको थिए । दिन भरी कलेजमा काम थियो उतै ब्यस्त भएछु, दिनभरि कलेज अनि अघिल्लो रात निन्द्रा नपुगेकाले त्यो रात मज्जाले निदाएछु । भोलि पल्ट कलेज थियो । कलेज बाट आएपछि मेसेज चेक गरें, उसले सिन् गरेकी थिइन ।
त्यो दिन कल गर्ने कोसिस गरे । उसको मोबाइल अफ थियो ।
अर्को दिन मेसेज गरे कुनै रिप्लाई नै आएन । ऊ कता हराएकी थिई? मलाई जान्ने इच्छा थियो । उसले बेला बेला , साथी हरु झगडा गर्ने र मिल्ने गरिरहेका हुन्छन्, भन्दै थिई । फेरि झगडा परेछ कि क्या हो, जस्तो लाग्दै थियो । म हिँडे देखि एकपटक वाहेक उसँग सम्पर्क भाको थिएन । उसले मोबाईल नै अफ गरेर राख्देकी थिई ।
मैले उसको कुनै कुरामा चित्त दुखाए जस्तो त लागेको थिएन । तेइ पनि कहिले काहीँ आफूले नचहाँदा नचहाँदै कसैको चित्त दुखेको हुन्छ आफुले थाहै पाइँदैन । ‘कतै मेरो कारण ले चित्त दुख्या छ कि?’ सोधे, तर दुइ दिन उसको रिप्लाई आएन । उसले किन नभनिकन आफै हराएकी थिई? साएद भनेर गएकी भए पनि मलाई उसको तेती याद आउँथेन । एक्कासी हराए जस्तो लाग्न थालीसकेको थियो । मेरा अब हर प्रयास उसलाई खोज्न उसँग कुरा गर्न तल्लीन थिए ।
अर्को दिन, दिन भरी मैले फोन गर्ने कोसिस गरे । उठेन ! धन्नयो पटक उसको मोबाईल अफ थिएन । साएद त्यो दिन मैले ७ ८ पटक कल गरेको हुदो हूँ, कुनै कल को पनि रिप्लाई आएन । नलागेको भय थाहा नपाएर कल ब्याक नगरेकी हुन सक्थी । तर मैले 7 8 कल पूरै घण्टी हानेको थिए । मलाई यस्तो लाग्दै थियो, ऊ मलाई पूरै पराई जसरी बेवास्ता गर्दै थिई । हुन त उसै पनि उसले कल को कल ब्याक एकदम नै कम दिन्थी । मैले फेसवुकमा मेसेज लेखेर पठाएँ, गाली गर्न मन लाग्या थियो, फेरी यसै हाम्रा बीच फाटो पैदा हुँदै थियो । त्यसकारण मैले भाबना वा आवेगमा आएर खै के के भनें सबै मेसेज डिलिट हन्दिए । यसरी २ ३ देखिका मेसेज र डिलेट गरिएका मेसेजका अवसेस हरु उसका मेसेज बक्समा थुप्रिएका थिए ।
कुनै मेसेजको रिप्लाई आएको थिएन फेसबुकमा डेलीभर्र्डको सिग्नल देखाएको थियो । उसले ममीसंग WhatsApp मा बोल्छू भन्थी । WhatsApp साएद उसले मेसेज देखेर रिप्लाई गर्छे की, मलाई यो आशा ले WhatsApp इन्सस्टल गर्न बाध्य बनायो । WhatsApp मा मेसेज गरें । तेस्मा कल गर्ने पनि कोसिस गरे घण्टी निरन्तर गैरह्यो तर उसको फोन उठेन । अब मोबाइलको सिम मा नै मेसेज गरे उसको रिप्लाई नै आएन ।
अब मेरा आशाका दीप निभिसकेका हुँदा हुन । म कुनै अन्धकारमा छु जस्तो लाग्दै थियो । अब मलाई कूनै अवस्थामा पनि उसले मेसेज गर्ने वाली छैन भन्ने लाग्यो । अब मेरा मुटुमा रिस र त्रासका आवेगहरू ज्वालामुखी बिस्पोटनका लाभा जसरी शरीरका प्रत्येक अङ्गमा सञ्चारित हुँदै थिए । शरीरमा एकप्रकारको भुइँचालो आएको महसुस हुँदै थियो ।
उसलाई त्यो दिन म कतिबेला आइपुगे, कसरि आइपुगे, पुगे की पुगिन त्यो पनि जान्ने ईच्छा रहेनछ, म मा यस्तै घट्दै थियो । तेत्रो ख्याल राख्ने ऊ, किन म गाडी चड्ना साथ हराएकी थिई? उसका लागि त म काठमाडौं आएको थिएँ, उसका अलावा कसैलाई पनि म आएको सुइँकोपनि थिएन । अनि बाटोमा मलाई केई भएको भए ? मेरा मनले हजार तिर सोच्न भ्याइसकेको थियो ।
मेसेन्जरमा घन्टी बज्यो “तिमीले किन यस्तो गर्दै छौं? मलाई डर लागि रहेको छ । म ऐले साथीहरु संग बाहिर छु ।” ऊ यति मेसेज छोडेर पुनः ओझेल भएकी थिई ।
म छक परे । किन यस्तो गर्दै छौं? ?
मलाई उसका प्रश्न र जबाफमा आपत्ती थियो तर मेरो आपत्तिभन्दा बढी म खुसी थिएँ । कमसेकम मेसेज त गरेकी थिई । उसको गालि नै सहि तर केही हदसम्म भएपनि मलाई आराम महसुस भयो । संका उपशंकाका घटामा लापत्ता भएको मन केई छिन् सही तर केही छिन् भएपनि काबुमा आएको थियो ।
साथी हरु संग? ? ? ?
उसले सधै आफ्नो हरेक कदमको खबर दिन्थी’ आज यहाँ जादै छु, यो गर्दै छु ‘ । तर यो हप्ता उसले न मेसेज गर्न आवश्यक ठानेकी थियी न त कल ब्याक गर्न । म हरेक पटक उसँग उस्का समस्या सोध्थे ।
“तिमी मलाई मात्र एक मिनेट त देऊ, मलाई तिम्रो एकमिनेट काफी छ” भनेको थिएँ । उसका लागि साएद एक मीनेट म भन्दा महत्त्वपूर्ण थियो । मेरा लागि दिने एक मिनेट उ सँग थिएन । ऊ सँग गुनासोको ठूलै पोको थियो कि मेरा निम्ति तर त्यो कस्तो गुनासोको पोको थियो जुन उसले मेरा सामुन्ने खोल्न चाहन्न थिई?
म केहि प्रश्न, केही गुनासा, कुण्ठा, प्रेम र घृणाका बादलका वायुमण्डलमा अन्धधुन्ध सयर गर्दै थिएँ, कति बेला दुर्घटनामा पर्छु पत्तो थिएन ।
उसले १ मिनेट पनि कल गर्दे हुन्थियो । उसले म संग १ मिनेट पनि राम्रोसंग बोल्दे हुन्थियो, म कसै सँग करुण पुकार गर्दै थिएँ । हाम्रो प्रेमशिप ना सहि फ्रेन्डशिप नै भनुम, उसले एस सम्बन्धका लागि भए पनि १ मिनेट पनि दिन जरुरि ठानेकी थिइन ।
नजिक भएको भय उसलाई दुवई हातले अंगालोमा कसेर सोध्थे होला । किन एस्तो गर्दै छौ? ? मेरा आँसु सायदै रोकिन्थे होला त्यसबेला ।
म हरदिन उसका मेसेजमा प्रतिक्षामा हुन्थे ।
अब उसले मलाई औषधि जस्तो १ १ दिन २ २ ओटा मेसेज गर्थी तर विरलै । तर उसका मेसेजमा ऊ मेरा ब्यबाहर प्रति लक्षित हुन्थी । मेरा आधा प्रश्नका जवाफ हुन्थे, त्यै पनि चित्त नबुझ्ने गरी । जसरि क्यान्सर बिरामी लाई क्यान्सरका कोस मार्न केमो दिईन्छ, उसले पनि मेरा सबाल मार्न मात्र जबाफ दिन्थी अझ अतिरिक्त सबाल का जबाफ दिन आबस्यक ठान्थिन ऊ ।
एकै चोटी, उसको अर्को दिन राति मेसेज आयो ।
म त उसको प्रेममा यसै क्यान्सरको बिरामी थिए हजारौ प्रस्नहरुका कर्कट कोसहरु म मा बढ्दै थिए जसलाई उसको २ ४ ओटा मेसेजका डोजले मार्नेवाला थिएन ।
उसले भनेकी थिई । मलाई लास्टै गारो भइरहेको छ यो हप्ता । ममी संग पनि म २, ४ मिनेट बोल्छु र राखी हाल्छू । मलाई ऐले एकलै बस्नु छ, मलाई ऐले मेरो ओरिपरी कोहि चाहिएको छैन ।
उसका उत्तरले मेरा प्रश्न भन्दा बेसी उसको मौनता ले मलाई मार्न आँटेको थयो । ऊ ठुलै प्रोब्लेम मा छे । यो चै आभास पाइसकेको थिए । तर कस्तो प्रोब्लम जून ऊ म सँग लुकाउन चाहन्थी । त्यो समस्या जसका कारण हाम्रा सम्बन्धमा सन्नठा छाएको थियो । मलाई उसले केही खुलाउन चाहेकी थिइन । । मैले उसलाई त्यो रात पनि ४ ओटा जति मेसेज गरेँ । मलाई ऊ विस्तारै टाढिन खोजेको आभास हुँदै थियो । मेरा इन्द्रिय हरु उसका नाम जप्न थालेका थिए । कान उसका बोलीको श्रवण गर्न, आँखा उस्लाई देख्न , नाक उसका सुगन्ध पाउन, मेरा छाला उसका स्पर्श चाहन्थे । मेरा इन्द्रिय म सँगै हतोत्साहित हुँदै थिए ।
होला उ ठुलै प्रोब्लेम मा थिई । उलाई मसँग लड्ने थुप्रै कुरा होलान ।
मलाई पनि उसंग झगडा गर्ने थुप्रै कारणहरु छन् होला । तर पनि उसको मन दुखाउनु थिएन मलाई । उसको त्यो पिडा छिटो हटोस् र मेरी सेलिना छिटो म संग नर्मलली बोलोस भन्ने चाहाना थियो ।
मैले अफ्नो गल्ति मान्दै “सरी” भनेको थिए । उसका भाबना नबुजिदिएकोमा । अब उसका कमसेकम उसका लागि भए पनि अब मौनताको विकल्प थिएन । साएद उसलाई मेरो मौनताले पनि केहि सुकुन दिन्थ्यो होला । तैपनि मनै त हो ! कोई नजिकको व्यक्ति अब यत्तिकै टाढा हुने होकी, यो डरले मलाई मेसेज गर्न बाट रोक्न सकेन ।
उसलाई सान्त पार्नु थियो मलाई । छन त आफ्ना गुनासा का चाङ्ग लागेका थिए तर पनि मलाई उसका गुनासा प्रिय थिए । अति बिचलित थिए । मेरा अधैर्यताले परिधि पार गर्दै थियो । उसको रिप्लाईको आस सेलाउँदै थियो ।
अर्को दिन भरी उसको मेसेज आएन । अर्को दिनको राती ११ बजे तुङ्ग उसको मेसेजको नोटीफिकेशन आयो ।
उसको एउटा मेसेज आउदा लाग्थ्यो कि उसले यता मृत्युको मुखमा छट्पटाई रहेको अर्धमृत शरीरमा प्राणवायु थपिदीदै थिई । त्यस्तो वायु जसले न मृत्यु को मुख बाट फर्काउन सक्थ्यो न मर्न दिन छुट । मेरो जीवन दियोको बत्ती जस्तै बनेको थियो, उसले आशाका तेल थपिदिन्थी म त्यही आशामा सपनाका किरण बुन्दै जलिरहेको हुन्थेँ ।
उसले मलाई मेसेजमा जे भने पनि मेरा लागि उसका मेसेज त्यो समय मुर्छा परेका लक्ष्मणका लागि संजिबनी बुटी भन्दा आबस्यकता थियो । उसले धन्न बेला बेला आफु मेरा लागि त्यही भहेको आवास दिलाउन एकदम छोटो मेसेज गर्थी । बेला बेला भन्दा पनि मैले गुनासो गरेका बेला तर प्रायः उसले मेरा गुनासा नै बेवास्ता गर्दिथि । “म येही त छु म कहाँ गएकी छु र ! म तिमीलाई चाहिएको दिन यही छु ।” उसको मेसेज ।
म उसको मेसेज मा के बोलु ?
“मलाई ऐले सबैभन्दा धेरै तिमि चाहिएको थियो तर आज तिमी छैनौं मेरा लागि” उसलाई भन्न मन लागेको थियो तर पनि मलाई अझै उसको मन दुःखाउन थिएन ।
उसले म संग दुरी चाहेकी थिई । एस्तोमा के म उसको पछि दौडिदै जाने ? उसले मलाई बाँकी जस्तै अभारा सम्झिने हो की, मलाई अर्को डर थियो । बाँकी भन्नाले, त्यो मानसिकता भएका व्यक्ति, जस्लाई अर्को व्यक्तिका भावनाको कदर हुँदैन । उनी हरू हरेक क्षण मौका को प्रतीक्षामा हुन्छन् । अझ भनौं अस्वस्थ मानसिकता, उनीहरू जो नजिक हुँदा अफुसबै भन्दा नजिक रहेको आवास दिलाउँथे अनि जब उनीहरूको ईच्छा विपरीत समय घरकिन्थियो तब उनीहरू आफ्नो असली रूपमा आउँथे । मानौं उनीहरूलाई कुनै असामन्य बहिर्गमण को आवश्यक्ताको विकल्प हुँदैनथ्यो । मलाई उसका अगाडी त्यसको बन्नु थिएन । उसले मलाई पहिला यस्तो भएको कहानी सुनाएकी थिई ।
अब मलाई उसको दोस्रो कहानी हुनु थिएन । उसले आफु हुनुको आभास दिलाए पनि मैले उस्लाई त्यहाँ पाउँथिन। जहाँ मैंले उसलाई सधैं भएको देख्न चाहन्थें । मलाई उसंग को हरेक च्याट समुन्द्र मन्थन जस्तै लाग्दै थिए । मैले मेरा सम्पूर्ण श्री लगाएको थिए उसको साथ को अमृत पाउन तर मैले मेरा भागमा कालकुट बिस पाउँदै छू । जसले मलाई पल पल मार्दै छ । म समयले दिएको कालकुट बिसको पोलाई सहजै सहन सक्थेँ तर मेरा लागि सितल छाहारी ओझेलमा थिई ।
“कहाँ गएकी ? पहिले त मलाई भनेर जान्थेउ, आजकल के भायो? ? ठिक त छौ? ” मेसेज गरे ।
त्यो दिन सीन भएन । साएद उसले देख्नेवित्तिकै उत्तर दिनु जरुरि नाठानेकी होला । की त उसलाई संवाद अझै जटिल बनाउँन मन थिएन ।
अर्को दिन मैले ६ ७ पटक कल गर्न कोसिस गरे त्यो पनि उठेन उसले साएद मेरो कल व्याक गर्नु पनि आवस्यक ठानिन । उसँगका मेरा संवादका हरेक पहल विफल हुँदै थिए ।
मैले त्यो दिन पनि उसले चलाउने सबै सोसियल मीडिया टेलिग्राम, स्न्याप, फेसबुक, भाईबर, इनिष्टाग्राममा कल र मेसेज गर्ने कोसिस गरे, तर कहिँ रिप्लाई आएन । मन आतिदै थियो मलाई उसँगका भेट मा भएका हरेक कुराहरुको याद आउदै थिए । छुट्टिनेवेला ऊ मेरा सबैभन्दा नजिक मेरा बाहुमा थिई । मलाई लाग्दै थियो समय मेरा लागि समुन्द्रि छाल बनेर आएको रहेछ, केई वोकेर ल्याएको थियो तर मेरा सबै चिज सोरेर लागेको थियो । आज ऊ नजिक हुन्थी त उस्लाई कसेर अंगालो मा आफ्ना सबै भावना आसुका साथ बगाइदिन्थे होला ।
म हरबखत उसका यादहरु पल्टाएर मेरा आँखाका पर्दा लगाउने कोसिस गर्छु । अनि निन्द्रा लाई गुहार्छु तर यो पटक ऊ म जस्तै लाचार छ मलाई अँगाल्न मान्दैन । मलाई उसका कल्पनाको लोकबाट आफुलाई टाढा गर्नु थियो केई क्षणलाई सही ! ऊ धागो चुँडिएको चङ्गा जसरी उड्न चाहन्थी साएद, उसको उचाईमा सबै भन्दा खुसी मै हुन्थे होला तर ऊ कतै गुम हुने होकी यो डरले मलाई सताउथ्यो ।
निदाउन सक्दिन अनि फेरी उठ्छु ।
उठेर मोबाइलमा एकट्वाक हेरिरहेको थिए । मेंसेंजेर को घन्टी बज्यो
कतै उसले मेसेज गर्छे र मैले नदेखम्ला भनेर मैले मोबाईलबाट आँखा हटाएकै थिईन ।
म तर्सिए । तर्सिए भन्दा पनि आज त उसको रिस सान्त भएको होला भन्ने लागेको थियो । मेसेन्जर खोले उसले लामै मेसेज पठाएकी रैछ ।
“हेर सचिन हामि एकदमै मिल्ने साथी थियौँ । तिमि संग मैले कुनै एक्सपेक्टेसन नराखी सबै कुरा शेयर हुन्थ्यो । खै तिमि किन एस्तो गरी राखेको छौ मलाई डर लागि रहेको छ । म ठिक छु, पिलिज तिमि एस्तो नगर ।”
म कस्तो गर्दै थिए?
हुन त मैले बढी नै गरे जस्तो पनि लाग्दै थियो । उसका हरेक मौनतामा साएद मैले धैर्यता देखाउन जरूरत थियो कि । उसका मौनता मलाई केई त भन्दै थिए, तर मेरो यो सहनशीलता, म मा सहनशीलता क्षीण भएको हुँदो हो साएद ।
तर पनि एकप्रकार को त्रास जसले मलाई यो सब गराएको थियो
अब म उसलाई सजिलो बनाइदिने वाहेक केई गर्ने आवश्यक्ता देखिरहेको थिएन, मैले नै उसंग माफी माग्नु थियो । उसको अबस्थामा हात दिनु थियो । साएद म प्रेम गर्न लागेको थिएँ उस्लाई । प्रेम र आकर्षण बेग्लै कुरा हो । आकर्षण कसैको केही चीजलाई गरिन्छ, कसैलाई कसैको शरीर सँग आकर्षण हुन्छ, कसैलाई स्वर अनि कसैलाई कसैका कुनै अङ्गसँग । जस्लाई जो सँग पनि हुन्छ । यहाँ आकर्षण ले हैन प्रेमले जन्म लिएको थियो । किनकि हामी एकअर्कामा आफ्ना भावना, भोगाईका कारण नजिकिएका थियौँ । ऊ मेरा सुन्दर प्रेम कहानीको सुन्दर पात्र थिई ।
म हरेक सुन्दरतामा तिमीलाई पाउन थालेकी छु, सबै सुन्दर चिज तिमी जस्तै लाग्छ । मलाई बिर्सन अब म संसारका हरेक सुन्दर चीज अगाडि अन्धो हुनु थियो, जसले तिम्रा याद दिलाई दिन्थ्यो ।
“साएद म तिमिलाइ प्रेम गर्छु । म तिमिबाट केहि आस गर्दिन, जुन प्रेम ले मलाई तिमीलाई कहिलै एकलै छाड्न मान्दैन तेस्तो प्रेम जहाँ म तिम्रो हात समाएर जिन्दगीभर साथ रहन सकू । तिमि दुखि छौ होला । तिम्रा दुःखका कारण धेरै होलान् । मेरो पनि त हिस्सा होलान् तिम्रा दुःखका कारणहरुमा । मेरा यिनी असामन्य व्यबाहर, यो सब तिमी मलाई एकलै छाडेर कतै जान्छेऊ कि भन्ने डर ले हो । तिमि आफ्नू समय लेउ । तिम्रा लागि म महिना, वर्ष कुर्न सक्छु तर तिमि मेरो साथ कहिलै छाड्दिनौ, मलाई विश्वास दिलाउ । ठिक छ, तिमीलाई मेरी प्रेमिका बन्न यत्रास छ होला तर एउटा असल मित्र बन्न त सक्छेउ । “
लामो मेसेज लेखेर पठाएँ ।
अब केई हलुका हुँदै थिए । मानौं कसैले मेरा शरीरमा गाडेका विषालु काँडा निकालिदिएको थियो । उसले मेसेज हेरेर साएद उसको रिस कम होला, हाम्रा सम्बन्धले सास फेर्नेछ, आज एक हप्ता भएको छ । अब लाग्दै थियो ऊ साच्चै म सँग टाढिएकी छ । उसले मैले पठाएको मेसेज हेरेकी छैन । मलाई तिम्रा स्मृतिहरुका नदीले असैह्य पीडाको सागर दोहोराउँदै थियो, मलाई थाहा थियो म त्यहाँ डुब्छु भनेर तैपनि यी सब तिम्रा उपहार न थिए ।
यिनी समय मलाई म सँग आफूलाई दिने समय हुन छाडेको छ ।
म एक्लै अन्धकारमा तिम्रो प्रेमको भारी वोकेर हिँडेको भरिया न हूँ थाहा छैन बिसौनी चौतारी कहाँ छ । यो नी थाहा छैन मेरो गन्तव्य के हो? लाग्दै थियो मलाई कुनै बखत आफ्नै भारीले च्याप्ने छ, कहिलै उठ्न नसक्ने गरी । मलाई यसै केही कुरा धेरै सोच्यो भने छाती दुख्ने गर्थ्यो, अनि यो समय प्राय म यसैको दुनियाँमा त बाँचिरहेको थिए । यी दुई हप्तामा मेरो स्वस्थ पनि बिग्रँदै छ ।
तिमि र यो मेरो दुखाइ सौता जस्तै छन् है मिलेर बस्दै सक्दैनौ तिमि नहुदा एसको सहारा मिल्छ अनि तिमि हुदा खै कता हराएर जान्छ । तिमि म संग यसरी नै टाढा भएको बेला कतै यसले मलाई सधैका लागि आफ्नो त बनाउँने हैन? अनि म चाहेर पनि तिम्रो हुन नसकुला । मलाई भन्न मन लागेको थियो, तर कसरी भनुँ? । भन्न साएद महत्त्वपूर्ण थियो कि नाई? अब म जति बोले पनि मेरा कुरा हरु औचित्यहीन हुदै थिए । ऊ मेरो अभिभाबक जस्तै थिए मैले हरेक कदम बढाउनु अगाडी उसलाई सोध्थे । उसले मलाई सधै सधै अगाडी देख्न चाहेकी हुन्थी । अब उसको साथको मलाई चरम अभाब खडकिरहेका बेला उता मलाई अर्को पिडा ले आफ्नो बनाउँदै थियो । मानौ मेरो मक्सत उ नै थिई तर मक्सत त मेरो म बाट गुम हुदै थियो । अब म आफुले चाहेको बेला उ सँग बोल्न्न सक्दिन । उसलाई देख्न सक्दिन । अब मलाई समय लिनु थियो । तर समय कति? ? समय ले त मृत्यु लाई नि देखाउछ जुन कसैको मकसत हुदैँन अनि मलाई यो भन्दा अगाडी उसलाई पाउनु थियो । म पहिला अलि अलि छाती दुख्दा उसलाई सुनाउथे ऐले एसैले मलाई मुर्छा पार्दै थियो तर सुनिदिने ऊ खै कता गई? ? मेरा लागि तिमी जाँड रक्सी जस्तै रहिछौ, साथमा हुँदा चरम आनन्द नहुँदा अभाबमा तड्पिएको पागल ।
पिडा चरम भए पछि मैले डाक्टरको सहारा लिनुपर्ने भयो । उसले जाऊ जाऊ भन्दा मानेको थिइन । मानेको थिईन भन्दा पनि मैले सामान्य नै लिएको थिए, अब मलाई यसरी यन्जाइटी पालेर बाँच्नु थिएन । दुई हाप्ता भन्दा बढी भएको थियो म आफु सुत्न सकेको थिइनँ । डाक्टर ले कारण सोध्दै थिए इञ्जाइटी को । मैले बाहाना बनाइदिए । मलाई सुनाउनु नै थिएन कसैलाई मेरो पराजय को कहानी, मेरो भन्दा पनि हाम्रो पराजय को । हार तिम्रो नि भएको थियो तर हामी हरुवा हरुवा मध्ये चै उसले जितेकी थिई । साएद नसुतेको भएर होला आँखा वरीपरि गाजल लगाएर लतपतिएको जस्तै काला भएका थिए ।
मलाई निन्द्रा लाग्ने औसधि दियिएको छ । मन मनै सोच्थेँ यो निन्द्रा लगाउने ले मलाई सधैलाई सुतायो भने ? हुन त एसले निश्चित समय का लागि मात्र मलाई सुताउँथ्यो होला । तर मलाई तिमि नआउञ्जेल सुत्नु थियो । मलाई यो संसार संग सरोकार नै राख्नु थिएन । यो जुनीमा नासही कम्सेकम अर्को जुनीसम्म मलाई निदाउनु थियो ।
मलाइ लाग्दै थियो मेरा निन्द्रा हरु तिमि लाइ कुरेर बसेका छन् । यिनी हरु तिम्रो आगमन लाई कुर्दै थिए साएद तिम्रो काख !
मेरा हरेक रात हरु तिमी संग बिगतमा बितायका पलहरु सम्झिदै गुजारेको थिए । मेरा आँखाहरु तिम्रा याद आउन्जेल बन्द हुन मान्थदैनन् । अनि जब अलि अलि आँखा जोडिदा, अनि सपनाकि तिमिले मेरा आँखा लाई फेरी तरस्याउँछन् । अनि फेरी मेरा आँखा खुल्छ । उसका दृश्य मेरा सपनामा आइदिन्छन् जो मेरो बिपना देखि टाढिँदै थिई ।
आफुले रोजेको साथ पाइँदैन भन्छन । हो रहेछ जस्तै लाग्दै थियो । मैले तिम्रो साहारा खोजेको थिए तर बदलामा मलाई औसधि को साहारा मिलेको थियो । मलाइ यो सबै तिमलाई भन्नु मन थियो । तर तिमि लाई मेरा मेसेजहरु को रिप्लाई दिन पनि आवश्यक ठानेकी छैनौ । ऊ सामाजिक सञ्जाल बाट टाढा भएकी छ यो भनुँ भने पनि उसका अरु पोष्टहरुमा लाइक रीयाक्त देखि रा को हुन्थेँ । मेरा पठाइएका मेसेजहरु साएद तिम्रा इग्नोर मेसेज बक्समा थन्किएका थिए होलान् । बिना रिप्लाई । उस्लाई पठाएका अन्सिन मेसेज भन्दापनि मलाई उसका अरु पोष्टका रियाक्तले बढी प्रताडित गरिदिन्थ्यो ।
तर मलाई तिमीले केही आस पनि त देखाएकी थियौ ।
म सधै तिम्रो लागि यहि त छु भनेकी थिइ तर कहाँ?
उ मेरा लागि भगवान जस्तै त थियी । मैले उसंग सीधै कुरा गर्न पाएको छैन । मन मनै प्रार्थना गर्नु पर्ने जुन उ संग पुग्दैन । अब भगवान् साएद मेरा नजिकिँदै थिए । त्यति टाढा पुग्दै थियौं तिमी म बाट ।
मलाई सबै सुनाउनु छ तर तिमि लाइ मेरो गुनासो सुन्ने समय छैन । कि त मैले गुनासो सुनाउने हक गुमाएको थिए । यो पनि मलाई मनमा लाग्दै थिय । म अझै तिम्रा आसहरु माझ बसिरहेको छु । एकदिन त आउलि म सङ्ग फेरी त्यसरी नै पहिले जसरी मेरा सबै कुरा सुन्देउलि । मलाई गालि गरौली । येई आसमा त ऐले मेरा घडी पोला औसधि को साहारा बिताउँदै छु नत्र मलाइ तड्पाई तड्पाई मार्न यिनै तिम्र याद हरु नै काफी छन् ।
पाना सकियो ।
——————————–
अन्तिम पेज सेलिनलाई पढ्न गारो परेको थियो । त्यहाँ शब्द हरु अस्पष्ट थिए । पाना कच्याककुचुक परेको थियो । मैले पनि दुईपटक पढेर बल्ल बुझेको थिए ।
“खै त अरु कुरा?” सेलिना त्यो डाईरीको अंतिम पाना देखाउँदै मलाई सोधि । “अनि के भो त्यसपछि?” उसको प्रश्न ।
उसको डायरी को अर्को पाना खाली थियो । सलिनाले पछाडि केही लेख्या छ कि भनेर होला साएद, डायरीका हरेक पाना केलाउन थालि । अब डायरीका सफेद पाना केई बोल्न खोज्दै थिए । यी सफेद पानाका मौनता ले सेलिना तड्पिदै छे, समयले पात्रलाई मात्र परिवर्तन गरेको थियो । पहिले सचिनाका ठाउँमा सेलिना अनि सेलिनाका ठाउँमा सफेद पाना ।
मलाई उसको धेरै समय लिनु थिएन । उसको जिज्ञासालाई पूर्णविरामको आबस्यक थियो ।
“सेलिना । तिमी त्यो सचिनको खोजि गर्न छाडिदेऊ । तिम्रा सधैं समीप चाहने उस्लाई अब तिमी आफै सँग खोज्नु । अब ऊ पानी बनेर तिम्रो तृष्णा मेटाउने छ, घटा बनेर तिमी माथि बर्सिने छ, माटो बनेर तिम्रा पाउको स्पर्श गर्ने छ, हावा बनेर तिमी भित्र बहने छ, अनि एकदिन आगो बनेर तिमीलाई अँगाल्ने छ । “
“के भनेको ?” हँ ! बुझिनँ ।
“तिमिले पढेको अन्तिम पेज उसका जिन्दगीका अन्तिम लेखाइ थिए । जुन पेज तिमी हम्मे हम्मे गरेर पढ्दै थियौं उसले मातको तालमा लेखेको थियो ।”
“मात? उसले त कहिलै पिउँथेन त !” सेलिना बोली ।
“साएद तिमीसँगका साथको यादहरुको गम भुलाउन रक्सी सँग नजिकिएछ क्यारे मैले पनि थाहा पाएको थिइन । उसले नयाँ मित्र छानेको रहेछ यो बीचमा मलाई पनि केही थाहा थिएन । उस्लाई डाक्टरले औषधि खान्जेल नपिउन भनेको, मनेनछ क्यारे ।”
“त्यो रात उसले औषधि सँगै पिएर सुतेको रहेछ । निदाउन नसकेर खाएको उसको त्यो औषधि रक्सी सँग मिलेर गद्दारी गरेछ । उस्लाई सधैका लागि सुताइदियो । उसको १३ दिन सकेर म अस्ति राति नाइटमा घर आएको । मलाई धरान जानै मन लागेन, पर्सि सम्म भएपनि घर नै आएँ । “
सेलिना काप्न थाली । उसका आँखा रसाए ।
उस्लाई समाल्न मलाई हम्मे पर्छ होला सोचेको थिएँ । तर ऊस्ले त्यो पीडा बाहिर देखाउन चाहिन । म मात्रै हैन उसका आँखामा त्यो पीडा महशुस जसले नी गर्न सक्थ्यो । ब्यागमा त्यो अर्ध ओइलाएको गुलाब थियो । अलि अलि बास्ना आउँदै थियो । उसका हातमा तक्राईदिए ।
“लौ ! तिम्रोलागि सचिनको अन्तिम कोसेली, केही ओइलाएको छ “!
“अब बिस्तारै यो गुलाब जसरी सचिनका यादहरू पनि बिस्तारै सबै ओइलाउँदै जान्छन् । उसले सधैं तिम्रो खुसी चाहन्थ्यो, अब उसका लागि भएपनि तिमी हास्नु ।”
प्रेमका आफ्नै आफ्नै आफ्नै परिभाषा छन् !
तपस्या हो रे प्रेम !
त्याग हो रे प्रेम !
चरम सुखको धरातन होरे प्रेम !
जिन्दगी होरे प्रेम !
बिछोड पनि त प्रेम हो !
“तर सचिनका लागि तिमी नै प्रेम थीयौ । तिमी नै त थियौ उसका तपस्या, उसका त्याग, उसका चरम सुखको धरातन, तिमी नै त थियौ उसको जिन्दगी, अनि विछोडको पीडा पनि “! यति भन्दै थिएँ ।
एकोहोरो शंखनाद को आवाज आयो । फेरि नयाँ लास आएछ आर्यघाटमा जल्न, यो पटक मलाई त्यो लास सचिनाका पीडाहरुको लास लाग्दै थियो । अब यिनी आफ्ना समय बाँचेर प्रेमाग्निमा जल्ने तयारीमा थिए ।